श्यामलाल पोखरेल
बुटवल, १८ मंसिर । प्रगतिशिल लेखक संघ नेपाल, रुपन्देहीले बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी गर्ने भएको छ । यहि मंसिर २० गतेदेखि २२ गतेसम्म बुटवलमा साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनी गर्न लागिएको हो ।
तिन दिनसम्म चल्ने प्रदर्शनीमा साहित्य क्षेत्रका पुस्तकहरु प्रदर्शन गरिने प्रलेस रुपन्देहीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पुस्तक प्रदर्शनीमा पाठ्यक्रमका पुस्तकहरु नराखिने प्रलेसका अध्यक्ष दलबहादुर गुरुङले जानकारी गराउनुभयो । पठन संस्कृति हराउंदै र कमजोर हुंदै गएकाले नयाँ पुस्तामा पठन संस्कृतिको विकास गराउने उद्वेश्यले पुस्तक प्रदर्शनी आयोजना गरिएको सचिव श्यामलाल पोखरेलले बताउनुभयो ।
पुस्तक प्रदर्शनीमा यस क्षेत्रका लेखक तथा साहित्यकारहरुको सहभागिता रहने छ । यस क्षेत्रको साहित्य, कला, संस्कृति र संङ्गीतको वर्तमान र भविश्यबारे छलफल गरिने छ ।
साहित्य महोत्सव तथा पुस्तक प्रदर्शनीमा दशहजार दर्शकले अवलोकन गर्ने र करिव ५ लाखको पुस्तक विक्री हुने आयोजकहरुले अपेक्षा गरेका छन् ।
पुस्तक प्रदर्शनी सफल बनाउन विभिन्न उपसमितिहरु गठन गरी तयारी पुरा गरिएको छ । प्रदर्शनीको पहिलो दिन साहित्य, कला, संस्कृतिबारे प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले धारणा राख्नुहुने छ । संस्कृति र साहित्यको अन्तरसम्बन्धबारे घनश्याम कोइराला, साहित्यमा जनस्वास्थ्य विषयमा डाक्टर राजेन्द्र खनाल र पठन संस्कृतिको विषयमा जंगबहादुर शाहको प्रस्तुति रहने छ ।
दोस्रो दिन सहरको सभ्यता, समकालिन साहित्यमा प्रगतिशिलता, श्रष्टा, साधना, सिर्जनात्मक उत्तरदायित्व र बुटवलको ऐतिहासिकताबारे लेखक साहित्यकारहरुको प्स्तुति रहने छ । त्यस्तै तेश्रो दिनको कार्यक्रम अन्तर्गत रुपन्देहीको कला साहित्य यात्रा, बालसाहित्य र अभिभावक, लोकगीतमा नारी चेतना, बुटवलको कला साहित्य, कला र संस्कृतिको उन्नयनमा बुटवल लगायतका विषयमा पनि साहित्यक बहस तथा अन्तरक्रिया गरिने छ ।
‘औद्योगिक व्यापार मेलाका लागि ५० प्रशित स्टल बुकिङ्ग’
प्रबेश टिकटको डेढ रुपैयाँ सामाजिक क्षेत्रलाई बुटवल, १८ मंसिर । बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गर्न लागेको २० औं संस्करणको ‘औद्योगिक व्यापार मेला बुटवल–२०७६’ मा प्रत्येक प्रबेश टिकटबाट १ रुपैयाँ ५० पैसा संकलन गरी सामाजिक क्षेत्रमा लगानी गर्ने भएको छ ।
मेलामा आउने दर्शकहरुले मेला प्रबेशकालागि लिने प्रत्येक टिकटबाट शिक्षा, स्वास्थ्य तथा पर्यटन प्रवद्र्धन र खेलकुदको बिकासकालागि १ रुपैयाँ छ० पैसा छुट्याईएको बुटवल उद्योग बाणिज्य संघका कार्यवाहक अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका सहसंयोजक उज्जल कसजुले जानकारी दिनुभयो ।
आगामी पुस ९ गतेदेखि सञ्चालन हुने १५ दिने मेलामा आउने सर्वसाधारण दर्शकका लागि ६० रुपैयाँ टिकट निर्धारण गरिएको छ । त्यस्तै परिचय पत्रका आधारमा जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिलाई निःशुल्क प्रवेशको व्यबस्था मिलाईएको प्रचारप्रसार समितिका संयोजक मुक्ति अधिकारीले जानकारी दिनुभयो । संयोजक अधिकारीका अनुसार पुसको २३ गतेसम्म सञ्चालन गरिने मेलामा ५ सय स्टल राखिने र ८ देखि १० लाख दर्शक भित्र्याउने लक्ष्य राखिएको छ ।
स्टल व्यबस्थापन उपसमितिका संयोजक तथा संघका कार्यसमिति सदस्य अनुपमान सैंजुका अनुसार मेला स्थल नयाँ ठाउँमा भएपनि मेलाकालागि ५० प्रतिशत स्टल बुकिङ् भईसकेको र अन्य स्टलका लागि सम्पर्क र ब्यवस्थापनको काम भैरहेको छ ।
मेला स्थल विगतका ठाउं भन्दा फरक र नयाँ भएकाले ठाउँको प्रचारप्रसार संगै मेला सचिवालयलाई आकर्षक र ब्यवस्थित वनाउन संघको सचिवालय आकुतिको मेला सचिवालय र आधुनिक मोडलको स्टेज निर्माणको कामलाई संघले अगाडी बढाएको छ ।
त्यस्तै पर्यटन प्रवद्र्धनकालागि यस क्षेत्रको महत्वपूर्ण पर्यटकीय क्षेत्र ऐतिहासिक जीतगढी किल्लाको आकृतिमा प्रवेशद्वार निर्माण गरिने स्टल पूर्वाधार निर्माण उपसमितिका संयोजक प्रकाश श्रेष्ठले जानकारी दिनुभयो ।
मेलामा गार्मेन्ट ७६, होटल तथा रेष्टुरेन्ट २५, मदिराजन्य ५, पपकर्न, पिनट्स, आइर्सक्रिमका ५, अटोमोवाईल १८, ई–रिक्सा तथा ई–साईकल सोरुमका ५, ईलोक्ट्रोनिक्स तथा आईटीका ४०, फर्म तथा कर्पोरेट हाउसका २०, जुत्ता चप्पल ३८, स्टेशनरी तथा खेलकुदका ९, बैंक तथा बित्तिय संस्था ५, फर्निसिङ, किचन तथा प्लाष्टिकका ३६, शैक्षिक संस्था २, एनजिओ आईएनजिओ ३, साना हस्तकलाका १०, नीजि स्वास्थ्य संस्था २, घरजग्गा कारोवार कम्पनीका १, मेडिकल कलेजको १, कस्मेटिक लगायतका २०, पस्मिना तथा ढाका ५ लगायतका ५०० सय स्टल राखिने छ ।
संघले विषयगत परामर्श दाताहरुको सुझाव र परामर्स अनुसार तयारीका कामहरु अंगाडी बढाईरहेको छ ।
अपाङ्गता दिवसको अवसरमा रोहिणीमा कार्यक्रम
भैरहवा, १७ मंसिर । २८ औं अपाङ्गता दिवसको अवसरमा रोहिणी गाउँपालिकाको आयोजनामा “दिगो विकासको लक्ष्य, अपाङ्गमैत्री भविष्य” भन्ने मूल नारा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले रोहिणी गाउँपालिकाले यस अघि अपाङ्गमैत्री विभिन्न काम गरेको र आगामी दिनमा समेत यस्तो कामलाई निरन्तरता दिईने बताउनु भयो । उहांले गाउँपालिकाले आफै घर घरमा खटेर अपाङ्गता परिचय पत्र वितरण गरेको र सोही आधारमा बिभिन्न सुविधाहरु समेत उपलब्ध गराउंदै आएको जानकारी दिनुभयो ।
रोहिणी गाउँपालिका उपाध्यक्ष शिवकान्ती चमारको अध्यक्षतामा भएको कार्यक्रममा रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु सरोज कुमार पाण्डे, बिर बहादुर क्षेत्री, घनश्याम सिंह क्षेत्री लगायतले आआफ्ना धारणा राख्नुभएको थियो । शान्ति यादवको ंचालनमा कार्यक्रम भएको थियो ।
दिवसकै अवसर पारेर गाउँपालिकाको आयोजनामा ¥यालीको समेत आयोजना गरिएको थियो । गाउँपालिकाबाट शुरु भएको ¥याली धकधई बजार परिक्रमा गरि राम नरेश आदर्श माध्यमिक बिद्यालयमा पुगेर कार्यक्रम सहित समापन भएको थियो ।
(((((((((((((((((
बर पिपलपथ महिला समूह मानविय कार्यमा क्रियाशिल क्यान्सर पीडित र अनाथ आश्रमलाई आर्थिक सहयोग
श्यामलाल पोखरेल
बुटवल, १७ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर २ जानकीनगरका महिलाहरुले अनाथ वालवालिकाहरुको लागि अक्षयकोष स्थापना गरेका छन् । बर पिपलपथ महिला समूहमा आवद्व महिलाहरुले तिलोत्तमा ६ मणिग्राममा रहेको आत्मशान्ति अनाथ आश्रममा आश्रित वालवालिकाको लागि अक्षयकोष स्थापना गरेका हुन् ।
सामाजिक क्षेत्रमा क्रियाशिल महिला समूहले देउसी भैलोबाट संकलन भएको पैसाबाट अक्षयकोष स्थापना गर्नुका साथै क्यान्सर पींडित महिलालाई आर्थिक सहयोग गरेका छन् ।
अनाथ वालवालिकाको लागि २५ हजारको अक्षयकोष र क्यान्स पीडित तिलोत्तमा नगरपालिका वडानम्वर २ की दुर्गा चौधरीलाई बर पिपलपथ महिला समूहद्वारा १० हजार नगद सहयोग गरिएको छ ।
आर्थिक अभावका कारण पढ्नबाट बन्चित भएका र बिरामी भएर उपचार गर्न नसकेकालाई मानविय सहयोग स्वरुप सहयोग गरिएको बर पिपलपथ महिला समूहकी अध्यक्ष कमला आचार्य पोखरेलले बताउनु भयो ।
अनाथ वालवालिकालाई पढाईका लागि अक्ष्यकोष र पाठेघरको क्यानन्सरबाट पीडित विपन्न परिवारकी दुर्गा चौधरीलाई आर्थिक सहयोग गरिएको हो । गरिवीका कारण पाठेघरको क्यान्सर हुंदापनि किमोको खर्च जुटाउन नसकेर पीडा सहेर घरमै बसेकी दुर्गा चौधरीलाई महिला समूहले घरमै गएर १० हजार सहयोग गरेको हो ।
त्यस्तै एक कार्यक्रमको आयोजना गरी महिला समूहले अनाथ वालवालिकाको अक्षयकोषको रकम पनि आत्मशान्ति अनाथ आश्रमकी सञ्चालक मैनादेवी भण्डारीलाई हस्तान्तरण गरेको छ ।
यस्तै क्यान्सर पीडित दुर्गा चौधरीलाई आर्थिक अभाव हुन नदिनका लागि सहयोग जुटाउन पहल गरिने र अनाथ वालवालिकाहरुको लागि पनि प्रत्येक बर्ष सहयोग गरिने महिला समूहकी सचिव राधिका बस्यालले जानकारी दिनुभयो ।
बर पिपलपथ महिला समूहले छिमेकमा मर्दापर्दा र सामाजिक भवनका लागि पनि आर्थिक सहयोग गर्दै आएको छ भने वडाको सरसफाईमा समेत सक्रिय सहभागिता जनाउदै आएको छ । भैलोबाट संकलन भएको पैसा सामाजिक कार्यमा खर्च गरिने र फजुल खर्च नगर्ने महिला समूहमा आवद्ध पदाधिकारी तथा सदस्यहरुले प्रतिबद्वता जनाएका छन् ।
पूर्वराजा शाहलाई रुपन्देहीमा भव्य स्वागत
रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पाका शक्तिपीठहरुको दर्शन गर्ने
बुटवल, १५ मंसिर । प्रदेश पाँचका विभिन्न जिल्लाको भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र शाह (आज) आइतबार रुपन्देही आउनुभएको छ । आज साँझ भैरहवा आईपुग्नुभएका पूर्व राजा शाहलाई उहांका समर्थकहरुले विमानस्थलमा भव्य स्वागत गरेका थिए । उहां आज तिलोत्तमा नगरपालिका स्थित टाईगर रिसोर्टमा बस्नु भएको छ ।
पूर्वराजा शाहले मंसिर १६ गते देखि देखि २२ गतेसम्म प्रदेश पाँचका रुपन्देही, नवलपरासी, कपिलबस्तु र पाल्पा जिल्लाका धार्मिक शक्तिपीठहरुको दर्शन गर्ने कार्यक्रम रहेको सवारी ब्यवस्थापन समितिका संयोजक शक्तिप्रसाद सापकोटाले जानकारी दिनुभयो । पूर्व राजाको भ्रमण कार्यक्रम यस अघि नै सार्वजनिक गरिएको थियो ।
भ्रमण कार्यक्रम अनुसार पूर्व राजा शाहले मंसिर १६ गते सोमवार रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बोलबम धामको भ्रमण तथा दर्शन गर्ने गर्ने कार्यक्रम तय भएको छ ।
सवारी व्यबस्थापन समितिका संयोजक सापकोटाका अनुसार १७ गते रुपन्देहीको मर्चवार स्थित मर्चवारीमाई मन्दिर, १९ गते पाल्पा तानसेनको भगवती मन्दिर, २० गते कपिलबस्तु गोरुसिंगे स्थित पशुपति मन्दिर र २१ गते नवलपरासीको पाल्ही स्थित पाल्ही भगवती मन्दिरमा दर्शन गर्ने कार्यक्रम तय भएको छ ।
संयोजक सापकोटाले पूर्वराजा शाहको विशुद्ध व्यक्तिगत र धार्मिक भ्रमण भएको बताए पनि उहांको राजनीतिक भेटघाट समेत हुने आँकलन गरिएको छ ।
काठमाडौं, १५ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज (आइतबार) सुरु हुँदै छ । काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उदघाटन गर्नुहुने छ ।
दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ । यसपटक प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसअघि सागमा आठ राष्ट्रको सहभागिता रहने गरेकोमा यो संस्करणदेखि अफगानिस्तानले सागमा भाग नलिने निर्णय गरे पछि सात राष्ट्र मात्र सहभागि भएका छन् ।
दक्षिण एसियाली खेलकुद (साग)को १३औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा सुरु हुँदै छ । तीन सहरमा हुने खेल मध्ये एक खेल जनकपुरमा, आठवटा खेल पोखरामा र अन्य खेल काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खेलाइनेछ ।
नेपालमा तेस्रो पटक आयोजना हुँदै गरेको सागको उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ । प्रतियोगितामा तीन सय १७ स्वर्ण, सोही संख्यामा रजत र चार सय ८१ कांस्य गरी कुल एक हजार एक सय १५ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ । खेलसंख्या र पदकसंख्याका आधारमा यो हालसम्मकै सबैभन्दा बृहत् साग भएको खेल अधिकारीहरुले बताएका छन् ।
तर अङ्क तालिकामा दोस्रो स्थानको आशामा नेपालले सागमा सबभन्दा बढी ५९६ खेलाडीलाई समावेश गरेको छ। नेपालपछि सबभन्दा ठूलो टिम श्रीलङ्का रहेको छ । यसैगरी भारतले ४८७, बङ्गलादेशले ४७०, पाकिस्तानले २६६ र माल्दिभ्सले २१६ जना खेलाडी नेपाल पठाएका छन्। खेलाडीको सबभन्दा सानो टोली भुटान ११६ को छ। नेपालले समावेश सबै २८ (बिच भलिबल र थ्री बाई थ्री बास्केटबलसहित) खेलमा प्रतिस्पर्धा गर्ने छन्। राष्ट्रिय टिम तयार समितिका सचिव महेन्द्र राईले ३२४ स्वर्ण, ३२४ रजत र ४८७ कांस्य पदक गरी ११३५ पदकका लागि प्रतिस्पर्धा हुने बताए। सन् २०१६ मा भारतको गुवाहाटी–सिलोङबाट आयोजनाको झण्डा बोकेको नेपाल तीन पटक मिति सारेपछि प्रतियोगिता गर्न तयार भएको हो। यस प्रतियोगिताका लागि नेपालले करिब साढे चार अर्ब रुपियाँ खर्च गरेको छ। ठूला खेलकुद मेलालाई सफल र आकर्षक बनाउन लोगो र मस्कटले पनि ठूलो भूमिका खेल्ने गर्छ। १३औँ सागमा कृष्णसारलाई मस्कटका रूपमा प्रयोग गरिएको छ। यसैगरी लोगोमा राखिएको परेवाको आकृति एवं त्यसमा प्रयुक्त रङले शान्ति दर्शाउँछ। साथै त्यसको पृष्ठभूमिका रहेको सोही रङको रेखाले स्वच्छन्द रूपमा उँभोतर्फ उडिरहेको परेवाको पखेटा र हाम्रो देशको प्रतिनिधित्व गराउने हिमालको अर्थ दिन्छ। देब्रेतर्फ राखिएको प्वाँखाकृतिले परेवारूपी आकृतिलाई माथि उड्न गति प्रदान गरेको छ। प्वाँखरूपी सात आकृतिले सात सदस्यराष्ट्रको प्रतिनिधित्व गरेका छन्। सात प्वाँखले रङ्गशालाको ट्र्याकलाई समेत दर्शाउने र त्यसको प्रयुक्त रङले सम्बन्धित राष्ट्रको झन्डाको समेत प्रतिनिधित्व गर्ने बताइएको छ। यसैगरी लोगोमा राखिएका अक्षर र अङ्कले सागको १३औँ संस्करण, सागको पूर्व नाम, वर्ष र स्थान जनाएका छन। साग खेलकुदको सुरक्षा व्यवस्थापनका लागि करिब २२ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। नेपाल प्रहरी १४ हजार, सशस्त्र प्रहरी छ हजार, विशेष प्रहरी करिब दुई हजार र सेना गरी यतिको सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन्। पोखरा र जनकपुरमा स्थानीय सुरक्षा निकायबाट थप सुरक्षाकर्मी परिचालन हुने छन् । राष्ट्रिय खेलकुद परिषद्ले हजारौँको सङ्ख्यामा स्वयंसेवक खटाएको छ।
च्भबम mयचभ बतस् जततउस्ररतजबजबपजबदबच.अयmरलभधकरडछद्दद्दण्
१३औं सागका लागि गठित प्राविधिक समितिका संयोजक गंगाबहादुर थापामगरले सागका लागि आवश्यक प्रशिक्षक, रेफ्री, निर्णायक, पदक, खेलस्थल, खेल सञ्चालनको समय, उच्चस्तरीय प्राविधिक डेलिगेट्सको व्यवस्थापन, खेल तालिकालगायत सम्पूर्ण तयारी पूरा भएको बताए। उनले सागमा राष्ट्रिय र अन्तर्रा्ष्ट्रिय गरी दुई हजार ३५ जना प्राविधिक जनशक्ति सक्रिय रहने जानकारी दिए।
१३ औं सागका लागि सुरक्षा व्यवस्था पनि कडा पारिने भएको छ । सागका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहित ८ हजारभन्दा बढीको सुरक्षा टोली खडा गरिएको छ । यस्तै सागमा खेलाडी, रेफ्री र अफिसियल तथा अन्य प्रतिनिधि गरी पाँच हजारको सहभागिता रहने बताइएको छ ।
नेपालले यसपटक सागमा ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्य राखेको छ राष्«िटय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले १३ औं सागमा २६ वटै खेलमा सहभागिता जनाएको नेपालले कम्तीमा ५० वटा स्वर्ण पदक जित्ने दाबी गर्नुभएको छ ।
प्रतियोगितामा नेपालले मात्रैे छ। भलिबल खेल भने बुधबार नै सुरु भइसकेको छ।
प्रतियोगिताका लागि काठमाडौंलाई झकिझकाउ पारिएको छ। सहरका विभिन्न भागमा स्वागतद्वार बनाइएको छ। यसैगरी सहरका मुख्यमुख्य चोकमा साग सफलताको कामना गर्दै डिजिटल डिसप्ले बोर्ड, फ्लेक्स र ब्यानर राखिएका छन्।
सागका लागि गठित प्रचारप्रसार तथा प्रकाशन समितिका संयोजक शिव कोइराला साग सफलताको सन्देश प्रवाह गर्न आफूहरू तयार रहेको बताउँछन्। ‘प्रतियोगिता प्रचारप्रसारका लागि कुनै कसर बाँकी राखिएको छैन। स्वदेशी तथा विदेशी सञ्चारकर्मीलाई छिटोछरितो रुपमा प्रतियोगिताका गतिविधि उपलब्ध गराउन पनि हामी तम्तयार अवस्थामा छौं’, उनी भन्छन्।प्रतियोगितामा नेपालले सबैभन्दा ठूलो पाँच सय ९४ र भुटानले सबैभन्दा सानो एक सय १७ सदस्यीय टोली सहभागी गराउँदै छ। यसैगरी श्रीलंकाले पाँच सय ५६, भारतले पाँच सय ३५, बंगलादेशले चार सय ७८, पाकिस्तानले तीन सय ७८ र माल्दिभ्सले दुई सय ५२ सदस्यीय टोली सहभागी गराउने भएको छ।
नेपालले दक्षिण एसियाली खेलकुद आयोजना गर्न लागेको यो तेस्रो पटक हो। सन् १९८४ को सेप्टेम्बर १७ देखि २३ तारिखसम्म नेपालमा साफ खेलकुदको पहिलो संस्करण आयोजना भएको थियो। त्यसपछि सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ तारिखसम्म आठौं संस्करण पनि नेपालमै आयोजना भएको थियो। आठौं संस्करणमा नेपाल ३२ स्वर्ण, १० रजत र २४ कांस्य पदक जित्दै तालिकामा दोस्रो भएको थियो। सागको इतिहासमा नेपालको यो सबैभन्दा ठूलो उपलब्धि हो।
दक्षिण एसियाली खेलकुदको योजनाकार पनि नेपाल हो। पहिले यो प्रतियोगिता दक्षिण एसियाली महासंघीय खेलकुद (साफ) का रूपमा सुरु भएको थियो। सन् २००४ पछि यो प्रतियोगिताको नाम परिवर्तन गरेर दक्षिण एसियाली खेलकुद (साग) राख्ने निर्णय गरियो। सम्पूर्ण खेलकुद गतिविधि ओलम्पिक अभियानअन्तर्गत सञ्चालन हुने भएकाले सागको नाम परिवर्तन गरी साग र महासंघको नाम दक्षिण एसियाली ओलम्पिक काउन्सिल राख्ने निर्णय गरिएको थियो। यो निर्णय दक्षिण एसियाली खेलकुद महासंघको सन् २००४ मा बसेको ३२औं बैठकले गरेको थियो।
शंकरनगर सामुदायिक बनको १९ औं साधारण सभा
बुटवल, १४ मंसिर । रुपन्देहीको शंकरनगर सामुदायिक बन उपभोक्ता समूह तिलोत्तमा १–४ को १९ औं साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभाको प्रदेश नं. ५ का उद्योग, पर्यटन, बन तथा बातावरण मन्त्री लिला गिरीले उद्घाटन गर्नुभयो ।
साधारण सभाको उदघाटन गर्दै मन्त्री गिरीले समुदायिक बनको संरक्षण र विकास गर्दै बनलाइ आयश्रोतको बलियो माध्यम बनाउनु पर्ने बताउनुभयो । बन जस्तो प्राकृतिक सम्पदाबाट प्राप्त हुने आयश्रोतलाइ बर्गीय हिसावले तल परेका समुदायको आर्थिक समुन्नतिकालागि प्रयोग गर्नुपर्नेमा मन्त्री गिरीले जोड दिनुभयो ।
बनलाइ पर्यापर्यटन संग जोड्दै अन्य आयआर्जनका कार्यक्रमहरु गर्न सकिने बताउदै मन्त्री गिरीले बनको विकास र यसबाट हुने आयश्रोतको सहि सदुपयोग गर्ने सम्बन्धमा पछिल्लो समय जुंगाको लडाइ देखिएको भन्दै मन्त्री गीरीले सरकार,सम्बन्धित निकाय तथा उपभोक्ताहरु सबैले बिधि बिधानमा टेकेर अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।
शँकरनगर सामुदायिक बन र बन भित्र संचालन भइरहेको बनबाटिका बिच केही समस्याहरु सतहमा देखिएको र ती समस्या जुंगाको लडाइकै कारण निम्तिएको मन्त्री गीरीको भनाइ थियो । सामुदायिक बन भित्र निर्माण गरिने पर्यटकीय या अन्य संरचनाहरु तथा तिनको संचालनकालागि बन्ने समितिहरु बन समिति अन्तर्गत नै रहनुपर्नेमा मन्त्री गरीले जोड दिनुभयो ।
तिलोत्तमा नगरपालिकाले बन क्षेत्रमा बनाइरहेको भ्यु टावर निर्माणलाइ कसैले रेख नलगाउन भन्नकालागि कानुनी हिसावले नियमन गर्दै अगाडी बढ्नुपर्ने बताउनु भयो । सामुदायिक बनमा पर्या पर्यटनको प्रचुर सम्भावना रहेकाले चिडियाखाना र बनस्पति उद्यान निर्माण गर्न सकिने भन्दै मन्त्री गिरीले प्रदेश सरकारले बजेटमा कुनै कमि हुन नदिने प्रतिबद्धता व्यक्त गरे।
त्यसअघि बन उपभोक्ता समितिका पदाधिकारी तथा सल्लाहकारहरुले समुदायिक बन भित्र निर्माण गरीएको बन बाटिकालाइ स्थानीय सरकारले स्वायत्त निकायको रुपमा अगाडी बढाउन खोजेको र बन संगको समन्वय बिनै भौतिक संरचना निर्माण गरिरहेको भन्दै असहमति प्रकट गरेका थिए । त्यसको जवाफमा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले नगर सरकार आफ्नो अधिकार क्षेत्रबारे जानकार रहेको र बिधि बिधानमै टेकेर बनबाटिकाको विकाससंगै भ्युटावर निर्माणलाइ गति दिइएको जवाफ दिनुभयो । अन्यत्र पनि सामुदायिक बन भित्र पर्यटकीय संरचना निर्माण गरी छुट्टै समिति मार्फत संचालन भइरहेको दृष्टान्त प्रस्तुत गर्दै नगरप्रमुख घिमिरेले उपभोक्ता समितिका केही व्यक्तिहरुले नगर सरकारलाइ नटेरेको भन्दै आक्रोस ब्यक्त गर्नुभयो । नगरपालिकाले गरेका विकासका काममा कसैले अवरोध सृजना गर्न नसक्ने भन्दै उहांले कुनै एउटा काम रोकेर हेर्न चुनौती समेत दिनुभयो । नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रै रहेरै भ्युटावर तथा बनबाटिका संचालनकालागि खुल्ला टेण्डर मार्फत लिज करार गर्ने तयारी पनि भइरहेको मेयर घिमिरेले जानकारी दिनुभयो ।
बन उपभोक्ता समितिका अध्यक्ष राम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला बन कार्यलयका प्रमुख इन्द्र पछाई,कानुनी सल्लाहकार खुमाकान्त पौडयाल,काँग्रेस महासमिति सदस्य यमबहादुर खत्री, समूहका वरिष्ठ सल्लाहकार प्रेमनारायण खरेल, सामुदायिक वन महासंघका अध्यक्ष दिनानाथ आचार्य, समूहका पूर्व अध्यक्ष प्रेमबहादुर भण्डारी, तिलोत्तमा चेम्वर अफ कमर्सका जेपि कँडेल, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, तिलोत्तमा ४ का वडाध्यक्ष दिवाकर ढकाल, प्रथम सहिद लखन थापा मगर समितिका संयोजक माथवर सिंह सलामी, जनजागृति माविका प्रधानाध्यापक टंक पौडेल, नेपाल विद्युत प्राधिकरणका विश्वरञ्जन मिश्र, शंकरनगर खानेपानी संस्थाका अध्यक्ष हरि प्रसाद तिवारी, आनन्दवन मधुवन सामुदायिक वनका अध्यक्ष ध्रुव धिताल, समूहका उपाध्यक्ष रबिन्द्र बस्नेत, सचिव इन्दु थापा, कोषाध्यक्ष कांशिराम काफ्ले, लेखा संयोजक ठाकुर प्रसाद ढकाल, पार्षद तोलाकान्त डुम्रे, महिला पार्षद देवि सापकोटा लगायतले बोल्दै पोथ्रा पोथ्रा भएको बनलाइ हराबरा बनाउदै नमुना सामुदायिक बनको रुपमा विकास गर्न समुदायको महत्वपुर्ण भूमिका रहेको बताउनु भयो । वक्ताहरुले संघियता कार्यान्वयन सगै बनेका ऐन नियमहरु पनि समुदायिक बन मैत्री नभएको भन्दै सुधारकालागि सरकारसंग उहांहरुले आग्रह गर्नुभयो । कार्यक्रममा शंकरनगरमा रहेका ८ वटा सामुदायिक विद्यालय वाट एसईई मा उत्कृष्ट अंक ल्याउने एक जना छात्र र एक छात्रा गरी दुई जनालाई नगद र प्रशंसा पत्र प्रदान गरिएको थियो भने विद्युत प्राधिकरणका विश्वरन्जन मिश्रलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।