Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज सुरु हुँदै
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज सुरु हुँदै

संसारपोस्ट संवाददाता · १५ मंसिर २०७६ · 0
दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज सुरु हुँदै
110
SHARES
ShareTweet

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नुहुने



काठमाडौं, १५ मंसिर । दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण आज (आइतबार) सुरु हुँदै छ । काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्नुहुने छ ।
दक्षिण एसियाका सात राष्ट्रको खेलकुद जमघट रहने सागलाई दक्षिण एसियाली क्षेत्रको ‘मिनी ओलम्पिक’ का रूपमा हेरिन्छ । यसपटक प्रतियोगितामा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान गरी सात राष्ट्र सहभागी छन् । यसअघि सागमा आठ राष्ट्रको सहभागिता रहने गरेकोमा यो संस्करणदेखि अफगानिस्तानले सागमा भाग नलिने निर्णय गरे पछि सात राष्ट्र मात्र सहभागि भएका छन् ।
दक्षिण एसियाली खेलकुद (साग)को १३औँ संस्करण नेपालको काठमाडौँ, पोखरा र जनकपुरमा सुरु हुँदै छ । तीन सहरमा हुने खेल मध्ये एक खेल जनकपुरमा, आठवटा खेल पोखरामा र अन्य खेल काठमाडौं र ललितपुरका विभिन्न स्थानमा खेलाइनेछ ।
नेपालमा तेस्रो पटक आयोजना हुँदै गरेको सागको उद्घाटन समारोहमा १५ हजार कलाकारले विभिन्न प्रस्तुति दिने बताइएको छ । सागको पहिलो संस्करण सन् १९८४ को सेप्टेम्बर १७ देखि २३ तारिखसम्म र सन् १९९९ को सेप्टेम्बर २५ देखि अक्टोबर ४ तारिखसम्म आठौं संस्करण नेपालमा आयोजना भएको थियो ।
प्रतियोगितामा तीन सय १७ स्वर्ण, सोही संख्यामा रजत र चार सय ८१ कांस्य गरी कुल एक हजार एक सय १५ वटा पदकका लागि प्रतिस्पर्धा हुनेछ । खेलसंख्या र पदकसंख्याका आधारमा यो हालसम्मकै सबैभन्दा बृहत् साग भएको खेल अधिकारीहरुले बताएका छन् ।
१३ औं सागका लागि सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । सागका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागसहितको सुरक्षा टोली खडा गरिएको छ । यस्तै सागमा खेलाडी, रेफ्री र अफिसियल तथा अन्य प्रतिनिधि गरी पाँच हजारको सहभागिता रहने बताइएको छ ।
नेपालले यसपटक सागमा ऐतिहासिक सफलता हासिल गर्ने लक्ष्य राखेको छ राष्«िटय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार सिलवालले १३ औं सागमा २६ वटै खेलमा सहभागिता जनाएको नेपालले कम्तीमा ५० वटा स्वर्ण पदक जित्ने दाबी गर्नुभएको छ ।
प्रतियोगितामा नेपालले पाँच सय ९४, श्रीलंकाले पाँच सय ५६, भारतले पाँच सय ३५, बंगलादेशले चार सय ७८, पाकिस्तानले तीन सय ७८, माल्दिभ्सले दुई सय ५२ र भुटानले सबैभन्दा एक सय १७ सदस्यीय टोली सहभागी गराउँदै छ । प्रतियोगिता समापन समारोह मंसिर २४ गते साँझ दशरथ रंगशालामा हुनेछ ।

≪ Previous Post

आज विवाह पञ्चमी : राम सीताको पूजा आराधना मनाइँदै

Next Post ≫

सहकारीको पुँजीलाइ उत्पादनशील क्षेत्रमा लगानी गर्न माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क