रामकुमार श्रेष्ठ
नवलपरासी, १४ मंसिर । पूर्वी नवलपरासीको बुंदीकाली गाउँपालिका ५ मा वडाअध्यक्षको पदका लागि भएको उपनिर्वाचनमा नेकपाका खिमबहादुर थापा खरु मगर विजयी हुनुभएको छ ।
नेकपाका खिमबहादुर थापा खरु मगरले ३ सय ६७ मत प्राप्त गरी विजयी हुनुभएको हो । त्यस्तै निकट्तम प्रतिद्धन्दी नेपाली काँग्रेसका तुलबहादुर राना मगरले २ सय ३१ मत र समाजवादी पार्टीका पितमबहादुर राना मगरले ७ मत प्राप्त गर्नुभएको छ ।
खसेको मत मध्य १० मत बदर भएको छ । यहाँ ८ सय ५३ मतदाता रहेकोमा ६ सय १५ मत खसेको थियो ।