Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आज उप–निर्वाचन :५२ रिक्त पदकालागि विहान ७ वजेदेखि मतदान शुरु
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आज उप–निर्वाचन :५२ रिक्त पदकालागि विहान ७ वजेदेखि मतदान शुरु

संसारपोस्ट संवाददाता · १४ मंसिर २०७६ · 0
आज उप–निर्वाचन :५२ रिक्त पदकालागि विहान ७ वजेदेखि मतदान शुरु
100
SHARES
ShareTweet

ढुक्कसँग मतदान गर्न निर्वाचन आयोगको आग्रह



बुटवल, १४ मंसिर । आज विभिन्न तहको रिक्त पदका लागि उपनिर्वाचन हुंदैछ । प्रतिनिधिसभा, प्रदेश सभा र स्थानीय तहमा गरी ५२ रिक्त पदको उपनिर्वाचनका लागि शनिवार विहान ७ वजे देखि मतदान शुरु भएको छ ।
कास्की २ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर १ (क), बागलुङ २ (ख ) र दाङ ३ को (ख) मा प्रदेशसभा सदस्य तथा स्थानीय तहअन्तर्गत उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, गाउँपालिका उपाध्यक्ष एक र ४३ वडाध्यक्ष चयनका लागि मतदान शुरु भएको हो ।
निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदातालाई मतदान गर्न पाउने अधिकार छ भने मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएका छन् ।
मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएकोले कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन आयोगले सम्पूर्ण मतदातालाई आह्वान गरेको छ । आयोगका अनुसार उपनिर्वाचनमा १६ वटा नयाँ दल सहित १ सय १ दलले भाग लिएकामा प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा ९५ दल र स्थानीय तहमा ७८ दलले भाग लिएका छन् ।
उपनिर्वाचन हुने क्षेत्रहरु मध्ये कास्की निर्वाचन क्षेत्र नम्वर –२ मा सबैको ध्यान केन्द्रित भएको छ । तत्कालीन पर्यटनमन्त्री तथा यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रविन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । यहाँ सत्तारुढ दलबाट अधिकारीकी पत्नी विद्या भट्टराईको उम्मेदवारी परेको छ भने काँंग्रेसबाट खेमराज पौडेले उम्मेदवारी दिनुभएको छ ।
भक्तपुरमा प्रदेशसभा सदस्य हरिशरण लामिछानेको निधनपछि भक्तपुर प्रदेश –१ (क)मा पनि निर्वाचन हुँदैछ । यहाँ नेकपाबाट देवीप्रसाद ढकालले उम्मेदवारी दिनुभएको छ भने काँंग्रेसबाट कृष्ण भडेलको उम्मेदवारी परेको छ ।
यस्तै दुई पदका लागि उपनिर्वाचन हुने दाङमा प्रदेशसभातर्फ क्षेत्र –३ (ख) र घोरही उपमहानगरपालिका –१६ को वडाध्यक्षका लागि उपनिर्वाचन हुन लागेको हो । प्रदेसभा सदस्य उत्तरकुमार ओली र वडाअध्यक्ष लछिनप्रसाद बुढामगरको निधन भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । प्रदेशसभामा नेकपाबाट ओलीकै श्रीमती विमला ओलीले उम्मेदवार हुनुहुन्छ भने काँंग्रेसबाट केशव आचार्य उम्मेदवार बन्नुभएको छ ।
बागलुङको निर्वाचन क्षेत्र २ (ख) मा सो क्षेत्रबाट निर्वाचित राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो । यहां नेकपाको समर्थनमा जनमोर्चाका खिमविक्रम शाही उम्मेदवार बन्नुभएको छ भने काँग्रेसले अघिल्लो निर्वाचनका उम्मेदवार जितबहादुर शेरचनलाई यस पटक पनि उम्मेदवार बनाएको छ ।
स्थानीय तह अन्तर्गत एक उपमहानगरपालिका प्रमुख, तीन गाउँपालिका अध्यक्ष, एक उपाध्यक्ष र ४३ वडाध्यक्ष पदका लागि पनि आजै शनिबार उपनिर्वाचन हुँदैछ । जसमा ५ नम्वर प्रदेशका नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को बौदीकाली गाउँपालिका –५, गुल्मीको रुरु क्षेत्र गाउँपालिका –६, अर्घाखाँचीको मालारानी गाउँपालिका–३, प्यूठानको प्यूठान नगरपालिका –२, रोल्पाको थवाङ गाउँपालिका –१, दाङको घोराही उपमहानगरपालिका –१६ र बाँकेको कोहलपुर नगरपालिका– ६ मा उपनिर्वाचन हुँदैछ ।

≪ Previous Post

माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त घोषणा गरिने

Next Post ≫

सहकारीको क्षेत्रमा नयाँ कानुन जरुरी ः मन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क