Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त घोषणा गरिने
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त घोषणा गरिने

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0
माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त  घोषणा गरिने
100
SHARES
ShareTweet

गिनिज वल्ड रेकर्ड्समा दर्ता भएर विश्व किर्तिमान कायम गर्ने अपेक्षा



तिलोत्तमा, १३ मंसिर । जुटौं सारा गाउँ र शहर, शुन्य पोलिथिन तिलोत्तमा नगर, भन्ने नारा सहित आगामी माघ १० गते रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त क्षेत्र घोषणा गरिने भएको छ ।
पोलिथिन मुक्त क्षेत्र घोषणा हुनु अघि सोहि दिन शान्ति नमुना माध्यमिक विद्यालय मणिग्रामको मैदानमा तिलोत्तमा नगर क्षेत्रमा रहेका ८५ वटा सामुदायिक तथा निजि विद्यालयमा कक्षा ९, १०, ११ र १२ मा अध्ययनरत करिव १५ हजार विद्यार्थीहरुलाई वातावरण सम्वन्धि कक्षा संचालन गरिने छ ।
करिव दुई घण्टासम्म संचालन हुने कार्यक्रममा नगर क्षेत्रका ५ हजार बुद्धिजिवी वर्ग र १५ हजार विद्यार्थी सहित २० हजार जनालाई विश्वको बढ्दो चिन्तन जलवायु परिवर्तन सम्बन्धि परिक्षण दिईने छ ।


यो कार्यक्रम हुनुभन्दा करिव २ महिना अघिदेखि नगर क्षेत्रका हरेक समुदायका अभिभावक विद्यार्थीहरुले सीम नेपालको संयोजन र २०० स्वयमसेवकको रोहवरमा संकलन गरिएको पोलिथिनजन्य फोहोर एक एक झोला लिएर विद्यार्थीह सो कार्यक्रममा सहभागि हुने छन् ।
यस्तो फोहोर कृषि भूमि, खोला, नदि, बाटो, गल्ली, वनजंगल, खोल्सा, पोखरी, नाला लगायतका ठाउंवाट संकलन गरिने छ ।
वातावरण सम्बन्धि आम मानिसमा चेतना फैलाउन र विश्व किर्तिमान राख्न आयोजना गरिएको यस कार्यक्रमलाई “विश्व किर्तिमानी कार्यक्रम” भनिएको छ ।
ग्रीनरी नेपालको अभियान अन्तर्गत ग्रीन हाउस क्रियशन प्रा. लि.को ब्यवस्थापन तथा सीम नेपाल र तिलोत्तमा नगरपालिकाको समन्वयमा यो अभियान मार्फत तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त क्षेत्र घोषणा गर्न लागिएको हो ।


यो अभियानको नेतृत्व वातावरण विद् विश्व किर्तिमानी कार्यक्रमका अभियन्ता निपेश ढाकाले गर्नुभएको छ । करिव ७ वर्ष अगाडी जर्मनीको विश्वविद्यालयबाट वातावरण विज्ञानमा स्नातकोत्तर गरेर नेपाल पलर्किनु भएका अभियन्ता ढकालले देशका अधिकाँश भूभागको सांस्कृतिक, सामाजिक र पर्यावरणीय अध्ययन र अनुसन्धानबाट बनेको बृत्तचित्र र ३६५ जना राष्ट्रिय कलाकारहरुवाट गीत रेकर्डिङ गराएर गिनिज वल्र्ड रेकर्डस्मा दर्ता गराई सक्नुभएको छ ।
अभियानका विषयमा जानकारी गराउने उद्देश्यले शुक्रवार तिलोत्तमा नगरपालिकामा आयोजित पत्रकार सम्मेलनमा अभियन्ता ढाकाले यो कार्यक्रम व्यवस्थित, मर्यादित र राष्ट्रिय गौरवको बन्ने वताउनु भयो ।
यो अभियानलाई सफल वनाउन नगरका हरेक वडाका टोल विकास समितिहरुसंग समन्वय गरी प्रत्येक विहान सरसफाई कार्यक्रम र वडाका २–२ ठाउँका सभाहलमा अभिभावकहरुलाई कार्यक्रम गरिने अभियन्ता ढाकाले वताउनु भयो । यस्तै वातावरण सम्वन्धि मिलानकोली वृत्तचित्र प्रदर्शन, हरेक साँझ सरसफाई कार्यक्रम गरिने छ भने विभिन्न चार समूहमा विभाजित स्वयमसेवकहरुले हरेक दिन ४ स्थानमा कार्यक्रम गर्नेछन् ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले तिलोत्तमा नगरपालिका क्षेत्रलाई राष्ट्रिय स्तरबाटै पोलिथिन मुक्त क्षेत्र घोषणा गरिने दृढ संकल्प सहित कार्यक्रम शुरु गरिएको बताउनु भयो । उहांले क्लिन नगरपालिका, ग्रीन नगरपालिका वनाउने अभियान अन्तर्गत सरसफाई कार्यक्रम सहित नगरलाई प्लाष्टिक झोला, ग्लास र प्लेट मुक्त वनाउने अभियान यस अगाडि देखिनै संचालन गरिएको बताउनु भयो ।
नगरपालिकाले संचालन गरेका यस्तै कार्यक्रम देखेर सीम नेपालले सहकार्य गर्न खोजेको हुन सक्ने भन्दै नगरप्रमुख घिमिरेले यो अभियानले नगरपालिकालाई देशकै नमुना वनाउने विश्वास ब्यक्त गर्नुभयो । उहांले फोहोर ब्यवस्थापन तथा प्रशोधनका लागि तिलोत्तमा ८ मा एकिकृत फोहोरमैला ब्यवस्थापनको काम अगाडी बढेको र सडकमा हुने फोहोर ब्यवस्थापनका लागि राजमार्ग र भित्रि सडकमा २५–३० किलो क्षमताका १ हजार थान डष्टविन राख्ने काम समेत अगाडी बढाईएको जानकारी गराउनु भयो ।


केन्द्र सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत, प्रदेश ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी, प्रदेश ५ का सांसद, नगरपालिका तथा गाउँपालिकाका प्रमुख, शिक्षक, विज्ञ, भाषविद्, संस्कृतविद् र समाजसेवीहरुको उपस्थितिमा माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त क्षेत्र घोषणा गरिने छ ।
यो कार्यक्रम नेपालमा मात्र नभएर विश्वमा समेत एक उदाहरणीय र प्रेरणा मुलक हुने र गिनिज वल्र्ड रेकर्ड्समा समेत दर्ता भएर विश्व किर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ ।

≪ Previous Post

जिल्लास्तरीय क्रिकेटको फाइनलमा साईग्लोबल र सगरमाथा भिड्दै

Next Post ≫

आज उप–निर्वाचन :५२ रिक्त पदकालागि विहान ७ वजेदेखि मतदान शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क