Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जिल्लास्तरीय क्रिकेटको फाइनलमा साईग्लोबल र सगरमाथा भिड्दै
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

जिल्लास्तरीय क्रिकेटको फाइनलमा साईग्लोबल र सगरमाथा भिड्दै

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0
जिल्लास्तरीय क्रिकेटको फाइनलमा साईग्लोबल र सगरमाथा भिड्दै
70
SHARES
ShareTweet


भैरहवा, १३ मंसिर । रुपन्देहीको भैरहवामा जारी शेरबहादुर सेञ्चुरी अन्तरकलेज जिल्लास्तरीय टी–ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनल खेलमा साई ग्लोबल एकेडमी भैरहवा र सगरमाथा हाइयर सेकेण्डरी स्कूल देवदह विजयी भएका छन् ।
रुपन्देही क्रिकेट संघको आयोजनामा सिद्धार्थ रंगशालामा जारी प्रतियोगितामा साई ग्लोबलले काशी नोबल एकेडमीलाई ४० रनले पराजित ग¥यो ने सगरमाथाले रुपन्देही लीलारामलाई १ रनले पराजित ग¥यो ।
पहिला व्याटिङ गरेको साई ग्लोबलले ९ विकेटको क्षतिमा १६२ रनको योगफल बनायो । उसका लागि साहब आलमले ५३, मिरनाल गुरुङले ३७, रुपेश बास्तोलाले २५ र मोहम्मद हुसेनले १७ रनको योगदान गरे । बलिङमा काशीका अजय कुमार लोहनीले ३, सन्देश जिसी तथा सन्दिप क्षेत्रीले २–२ र दुर्गेश गुप्ताले १ विकेट लिए ।
टस जितेर फिल्डिङ रोजेको कांशीले जवाफमा ९ विकेटको क्षतिमा १२२ रन बनायो । उसका लागि दुर्गेश गुप्ताले ४३, शंकर रानाले २६ र सन्दिप क्षेत्रीले १४ रनको योगदान गरे । बलिङमा साई ग्लोबलका सामोद पौडेलले ३, मोहम्मद हुसेन तथा मिरनाल गुरुङले २–२ र साहब आलमले १ विकेट लिए । खेलमा साई ग्लोबलका साहब आलम म्यान अफ द म्याच घोषित भए ।
यस्तै दोस्रो खेलमा टस जितेर व्याटिङ गरेको सगरमाथाले १० विकेटको क्षतिमा ७८ रनको योगफल बनायो । उसका लागि अर्जुन रायमाझीले १८, खुम पाण्डेले १७ र सुरज दराईले १२ रनको योगदान गरे । बलिङमा रुपन्देही लिलारामका रमेश कुर्मीले ५ तथा तुल बहादुर थापा, सन्तोष यादव र रोशन थामीले १–१ विकेट लिए । जवाफमा रुपन्देही लिलारामले १० विकेटको क्षतिमा ७७ रन बनायो । उसका लागि रामचरन धवलले १३, रमेश कुर्मी र पुरुषोत्तम भट्टराईले ११–११ रन बनाए ।
बलिङमा सगरमाथाका सरोज पाण्डेले ३, विराट क्षेत्रीले २ र सुरज दराईले १ विकेट लिए । खेलमा सगरमाथाका सरोज पाण्डे म्यान अफ द म्याच घोषित भएको आयोजक संस्थाका सचिव संजय गुरुङले जानकारी दिनुभयो ।
आयोजकका अनुसार शनिबार हुने फाइनल प्रतियोगिता साई ग्लोबल र सगरमाथा बिच हुने छ ।
रुपन्देही जिल्लाका १६ वटा कलेज सहभागि प्रतियोगिता मंसिर १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेता टिमले ४० हजार र उपविजेताले २० हजार तथा उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित ट्रफि प्राप्त गर्नेछन् । संघका सदस्य समेत रहेका युवा व्यवसायी विमल सेञ्चुरीले आफ्ना स्वर्गीय हजुर बुवा शेरबहादुरको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गर्नुभएको छ ।

≪ Previous Post

किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएको गुनासो

Next Post ≫

माघ १० गते तिलोत्तमा नगरपालिकालाई पोलिथिन मुक्त घोषणा गरिने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क