Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएको गुनासो
करिव २५ लाख बराबरको अबैध सामान रुपन्देही प्रहरीद्वारा बरामद

करिव २५ लाख बराबरको अबैध...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र ३ लाख धरौटीमा रिहा

राप्रपाका बरिस्ठ उपाध्यक्ष रवीन्द्र मिश्र...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
सवारी ज्यान मुद्धाका फरार प्रतिवादी २७ बर्ष पछी पक्राउ

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी...

अपराध प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएको गुनासो

संसारपोस्ट संवाददाता · १३ मंसिर २०७६ · 0
किसानले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएको गुनासो
70
SHARES
ShareTweet

सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड



भैरहवा, १३ मंसिर । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले सरकार बाट किसानहरुले पाउनुपर्ने अनुदान वास्तविक किसानले नपाएर पहुँचवालाले पाएको गुनासो गरेका छन् । उनीहरुले किसानको परिश्रमको उचित मुल्यांकन हुनुपर्ने माग गर्दै सरकारले कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिएका छन् ।
उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भैरहवामा जारी पाँचौ लुम्बिनी पर्यटन, प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ अन्तर्गत शुक्रबार मेला सचिवालयमा भएको कृषि सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले किसानले परिश्रम गरेर उत्पादन गरेको वस्तुको मूल्य कम पाउने र उपभोक्ताले बढी मूल्य तिर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रममा प्रदेश ५ सरकारका कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव तेज बहादुर सुवेदीले मुलुकको सक्रिय जनशक्तिमध्ये ६६ प्रतिशत नागरिक कृषि पेशामा निर्भर भए पनि आयात नियन्त्रण गर्ने कुरा गर्ने र सीमापारी गएर वस्तु किन्ने प्रवृत्ति ठिक नभएको बताउनु भयो ।
उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले कृषि क्षेत्रमा मुलुक आत्मनिर्भर बन्ने सम्भावना धेरै रहेको बताउनु भयो । युवालाई कृषि क्षेत्रमा आकर्षित गर्न महोत्सवमा सहुलियत दरमा कृषि स्टलहरु राखिएको बताउदै कृषकले उत्पादन गरेका वस्तुको उचित बजार दिने ग्यारेण्टी दिन सकेमा कृषि पेशाप्रति आकर्षण बढ्ने अध्यक्ष भण्डारीले बताउनु भयो ।
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख तुल्सीराम भण्डारीले नीजि क्षेत्रले कृषिको विकासको लागि कार्यक्रम अगाडी बढाउनु प्रशंसनीय रहेको बताउनुभयो । उहांले प्रदेश ५ कृषिको प्रचुर सम्भावना रहेको प्रदेश भएको बताउनु भयो ।
कृषि विकास रणनीति एडिएस विज्ञ डिलाराम भण्डारीले कृषिको विकासको लागि शुशासन बलियो हुनुपर्ने बताउनु भयो । वरिष्ठ कृषि विकास अधिकृत श्रीधर ज्ञवालीले अनुदानसम्बन्धि आएका गुनासो अनुगमन गर्दा गुनासो भए जस्तो नभेट्टिएको बताउनु भयो ।
मत्स्य शुद्ध नस्ल तथा प्रवद्र्धन केन्द्रका प्रमुख महेशचन्द गुप्ताले माछा पालनमा धेरै काम गर्न बाँकी रहेको बताउनु भयो ।
उद्योग व्यापार संगठनका उद्योग उपाध्यक्ष एवं मेला मूल आयोजक समिति सह–संयोजक रामचन्द्र रेग्मीले वास्तविक किसानसम्म अनुदान पुग्न नसकेको उल्लेख गर्दै कृषि क्षेत्रको विकासका लागि नयाँ प्रविधि भित्र्याउनु पर्ने बताउनु भयो । संगठनका वाणिज्य उपाध्यक्ष एवं मेला मूल आयोजक समितिका सह–संयोजक दर्पण श्रेष्ठले किसानलाई कृषिमा आकर्षित गर्न सरकारले कृषिमा लगानी वढाउनुपर्ने बताउनु भयो ।
स्टल दर्ता तथा बांडफांड उपसमिति सह–संयोजक राम प्रसाद भण्डारीले किसानले प्रयोग गर्ने औषधी तथा बिउबिजन मंहगो भएकोले त्यसलाई सहुलियत दरमा उपलब्ध गराउन माग गर्नुभयो ।
पत्रकार माधव ढुंगानाले किसानले उचित मुल्य नपाउने र उपभोक्ताले बढी मुल्य तिर्नुपर्ने स्थितिको अन्त्य हुनुपर्ने बताउनु भयो । पक्लिहवा कृषि क्याम्पसका प्राध्यापक डा. भगवानदास मानन्धरले विचौलियाका कारण किसान समस्यामा परेको बताउनु भयो ।
नेपाल बहुमुखी सहकारी संस्था लिमिटेड सिद्धार्थनगरका निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले कृषिमा परिवर्तन ल्याउन ऐन र निर्देशिकालाई परिमार्जन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा बहुमुखी सहकारीका कृषि उपसमिति सदस्य विष्णु प्रसाद आचार्य, माछापालक कृषक भुवन पौडेल, मौरीपालक कृषक धुव्रराज ज्ञवाली, व्यवसायी सुमन न्यौपाने, कृषक राजेश हरिजनलगायतले बोल्दै कृषि क्षेत्रको विकास र कृषकका समस्या प्रति राज्य उदासिन रहेकाले किसानको जीवनस्तर माथि उठ्न नसकेको धारणा राख्नु भयो ।
सो वसरमा उद्योग व्यापार संगठन रुपन्देहीका सह–कोषाध्यक्ष राम मिलन यादव, निवर्तमान अध्यक्ष खिम बहादुर खत्री र महासचिव अनिल कुमार ज्ञवालीले पनि आआफ्ना भनाई राख्नु भएको थियो ।

≪ Previous Post

रारा कृषि सहकारीमा ७१ पोका रगत संकलन

Next Post ≫

जिल्लास्तरीय क्रिकेटको फाइनलमा साईग्लोबल र सगरमाथा भिड्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क