Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ समस्या मात्र राखे त्यसले नकारात्मक वातावरण सिर्जना हुने : मन्त्री गिरी
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समस्या मात्र राखे त्यसले नकारात्मक वातावरण सिर्जना हुने : मन्त्री गिरी

संसारपोस्ट संवाददाता · १२ मंसिर २०७६ · 0
समस्या मात्र राखे त्यसले नकारात्मक वातावरण सिर्जना हुने : मन्त्री गिरी
110
SHARES
ShareTweet

बुटवल १२ मंसिर ।
प्रदेश ५ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले उद्योगी व्यवसायीले समस्या भन्दा पनि आजसम्म भएका उपलब्धीको बारेमा पनि कुरा उठाउनुपर्ने बताएका छन् । उनले अहिलेसम्म प्राप्त भएको उपलब्धीहरुको व्याख्या गरी त्यसको जगमा उभिएर कमीकमजोरीलाई सच्याउनुपर्ने बताए ।
उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्स काठमाण्डौको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा जारी लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृृषि महोत्सव –२०७६ अन्तर्गत बिहीबार मेला सचिवालयमा भएको उद्योग, पर्यटन प्रबद्र्धन सम्बन्धि छलफल तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री गिरीले समस्या मात्र राखे त्यसले नकारात्मक वातावरण सिर्जना हुने बताए ।
उनले भने, “उद्योग व्यवसाय सम्बन्धि प्रदेश सरकारले बनाएको ऐन कानून अध्ययन गर्न म आग्रह गर्दछु, कानून आफ्नो अनुकुल र हितमा बनाउने हो, सबैले एकनास भएर परिमार्जित भएर अगाडी बढौं भन्ने अर्थमा हामीलाई कानून चाहिएको हो, नदीजन्य पदार्थलाई उपयोग गर्ने सन्दर्भमा बनाइएको कार्यविधिमा सुझाव आएपछि त्यसलाई सच्याउँदैछौं ।” उनले ऐन कानूनमा भएका बाधा अड्चनलाई सच्याउन सरकार तयार भएको बताए ।
मन्त्री गिरीले भन्सार सम्बन्धि रहेको समस्या समाधान गर्ने कुरामा आफ्नो सहमति रहेको बताए । “भारतीय बजारमा सामान सस्तो छ भन्दैमा त्यहाँ पुगेर किन्ने प्रवृत्ति रोक्नुपर्ने उनले बताए । थोरै दुःख गरेर भए पनि मुलुकको अर्थतन्त्रलाई माथि उठाउनपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
नाइट मार्केटिङको अवधारणमा आफ्नो सहमति रहेको भन्दै मन्त्री गिरीले भैरहवाको बैंकरोड, मिलनचोक, नारायणपथ लगायत अन्य उपयुक्त स्थानमा पनि २४ घण्टे रात्री बजार सञ्चालन गर्न सकिने बताए ।
मन्त्री गिरीले भने, “हामीले परिणाम धेरै खोजेका छौं, तर त्यो परिणाम तत्काल प्राप्त नभएका कारण निराश छौं, विकासका सन्दर्भमा समयमा गुणस्तरीय काम सम्पन्न गर्न कसैले रोकेको छैन् ।
यस क्षेत्रमा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजनाहरुको प्रगतिबारे प्रदेश सरकारले विशेष चासो दिदैं समयसमयमा आयोजना प्रमुखहरुलाई बोलाएर आयोजनाको प्रगतिविवरण र समस्याबारे जानकारी लिएको उनले बताए ।
लुम्बिनी विकास कोषको सन्दर्भमा कानूनी रुपमा प्रदेश सरकारको प्रत्यक्ष संलग्नता नरहे पनि सरकारले १२ करोड खर्चिएर लुम्बिनी वरपरका सडक निर्माण गरिरहेको बताए । स्वदेशी र विदेशी पर्यटकलाई हवाइजहाजमा अलगअलग भाडा लिनुहुँदैन भन्ने कुरा आफुले उठाउँदै आएको उनले बताए । पर्यटनको विकासको लागि आएका पर्यटकबाट बढी भाडादर उठाउन नहुने उनले बताए ।
कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले महोत्सवमार्फत स्थानीय उत्पादन तथा पर्यटनको प्रबद्र्धन भइरहेको बताए । उनले मेलालाई प्रदर्शनीस्थलको रुपमा परिणत गर्नुपर्ने बताए । भैरहवामा स्थायी मण्डप नहुँदा महोत्सवको आयोजना गर्न वर्षेनी अस्थायी संरचनामा करोडौं खर्चिनुपरेको भण्डारीले बताए ।
उद्योग, वाणिज्य उपभोक्ता हित संरक्षण निर्देशनालयका प्रमुख यम बहादुर कुंवरले पर्यटन क्षेत्रको विकासको लागि पर्यटन प्रबद्र्धन जोन बनाउन आवश्यक रहेकोमा जोड दिए । औद्योगिक व्यवसाय विकास प्रतिष्ठान प्रादेशिक कार्यालय बुटवलका प्रमुख मुकुन्द ज्ञवालीले लुम्बिनी भित्र मात्र नभइ स्थानवासीीयको विकासमा पनि उत्तिकै ध्यान दिन आवश्यक रहेको बताए ।
संस्कृतिविद् प्रा.डा.गितु गिरीले लुम्बिनीमा आउने पर्यटकको बसाइ लम्ब्याउन सरकारको मात्र मुख ताकेर नहुने बताए । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष कुल प्रसाद न्यौपानेले सरकार राजस्वमुखी हुँदा उद्योगी व्यवसायीले कर तिरे पनि सेवासुविधा नपाएको बताए ।
नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) प्रदेश ५ का महासचिव चन्द्र थापाले पर्यटन प्रबद्र्धनको लागि पूर्वाधार र शुसासन आवश्यक रहेको बताए । होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन रुपन्देहीका अध्यक्ष गणेश प्रसाद बेल्बासेले पर्यटक आगमनलाई व्यवस्थित गर्न नाका तथा अध्यागमनलाई व्यवस्थित गर्नुपर्ने बताए ।
उद्योग व्यापार संघ देवदहका अध्यक्ष गणेश कुमार खातीले महोत्सवको हुने कारोबारमध्ये केही रकम पर्यटनमा लगानी गर्नुपर्ने बताए । नेपाल रोडा ढुंगा व्यवसायी संघ रुपन्देहीका कोषाध्यक्ष गणेश उपाध्यायले कुनै पनि राष्ट्रिय गौरवको आयोजना निर्माणको लागि सामाग्रीको अभाव नहुने बताए ।
गैरसरकारी संस्था महासंघ प्रदेश ५ का सचिव गोविन्द प्रसाद रेग्मीले स्थायी सरकार बनेको अवस्थामा उद्योग व्यापार फस्टाउने अवस्था सिर्जना भएकोले त्यसमा ध्यान दिनुपर्ने बताए ।
नेपाल भारत बोर्डर सरसफाई कार्यक्रम संयोजक अर्जुन गिरीले पर्यटकको सुरक्षामा ध्यान दिनुपर्ने बताए । सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि.का महासचिव मोहन भट्टराईले पर्यटन क्षेत्रको विकासको लागि यातायात पनि महत्वपूर्ण पूर्वाधार भएकोले यातायातमा रहेको समस्या समाधान गर्नुपर्ने बताए ।
उद्योग व्यापार संगठन रुपन्देहीका सल्लाहकार डा. ऋषिराम शर्माले निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा कतै अवरोध भए त्यसतर्फ पर्यटन मन्त्रालयले कदम चाल्नुपर्ने बताए । रुपन्देही उद्योग संघका कार्यसमिति सदस्य मञ्जु भुसालले उद्योग व्यवसायी मैत्री नीति बनाउनुपर्ने बताइन् ।
उद्योग व्यापार संगठनका वरिष्ठ उपाध्यक्ष एवं मेला मूल आयोजक समितिका सह–संयोजक गिरिषचन्द्र त्रिपाठीको स्वागत, निवर्तमान अध्यक्ष एवं अनुगमन तथा मूल्यांकन उपसमिति संयोजक खिम बहादुर खत्रीको धन्यवाद ज्ञापन तथा महासचिव एवं सचिवालय व्यवस्थापन उपसमिति संयोजक अनिल कुमार ज्ञवालीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
“राष्ट्रिय उत्पादन वृद्धि गरी पर्यटन प्रवद्र्धन गरौं, राष्ट्रिय उत्पादनको प्रयोग गरी राष्ट्रिय अर्थतन्त्रमा आत्मनिर्भर बनौं” भन्ने मुल नाराका साथ मंसिर ३ गतेदेखि सुरु भएको महोत्सव मंसिर १६ गतेसम्म चल्नेछ ।

≪ Previous Post

युवाहरु ब्यवसायिक पंक्षी पालनमा आकर्षित

Next Post ≫

दुई लाख नगदको रोटरी सेवा पदक साधना महिला बिद्यालय बुटवललाई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क