दैनिक २ सय लिटर बढि दुधको कारोवार
बुटवल, ७ मंसिर । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्वर ३ शान्तिनगरमा रहेको डिङ्गरनगर दुग्ध उत्पादक सहकारी संस्था लि. ले शनिवार २२ औं साधारणसभा सम्पन्न भएको छ ।
साधारण सभामा सहकारी संस्थाका अध्यक्ष बलराम न्यौपानेले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै दिगो विकास लक्ष प्राप्तिका लागि यस क्षेत्रमा छरिएर रहेका विभिन्न जात, वर्ग, समुदाय र किसान वर्गलाई समेटेर संस्थालाई दुग्ध उत्पादकमा मात्र सिमित नगराई फराकिलो दृष्टिकोण सहित दुध उपभोग गर्नेहरुलाई समेत संस्थाको शेयर सदस्य वनाउने नीति अवलम्वन गरिएको बताउनु भयो ।
अध्यक्ष न्यौपानेले सहकारीमा १९२ जना शेयर सदस्य मध्ये १५३ जना पुरुष र ३८ जना महिला शेयर सदस्य रहेको र २०७६ अषाढ मसान्त सम्म संस्थाले ३ लाख ३८ हजार ९९४ रुपैयाँ बचत गर्न सफल रहेको वताउनु भयो ।
साधारण सभामा समाजसेवी तथा संस्थाका सदस्य खरिलाल बगालेले सानो आकारवाट शुरु भएको सहकारी संस्थाले ठूलो आकार लिन सफल हुनुका साथै आफ्नै जमिनमा सुविधा सम्पन्न सभाहल सहितको भवन निर्माण गर्न सफल भएकोमा खुशी ब्यक्त गर्नुभयो । उहांले विगतमा ठूला डेरीहरुले किसानहरुलाई मिल्क होलि डे जस्ता समस्यामा पारेको भन्दै अव दुध संगै दुघ्ध जन्य पदार्थ आफै तयार गरेर उपभोक्ताई उपलब्ध गराउन सहकारी संस्थालाई सुझाव दिनुभयो ।
सो अवसरमा सहकारी संस्थाको भवन, मन्दिर निर्माण लगायत भौतिक संरचना निर्माण तथा अन्य विकासका काममा महत्वपुर्ण योगदान पु¥याएको भन्दै सहकारी संस्थाले आफ्ना शेयर सदस्य कलाकार तथा बुद्ध टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीलाई सम्मान गरेको छ ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष गुरुदत्त पौडेलले आर्थिक प्रतिवेदन र लेखा समिति संयोजक विकाश शर्मा पौडेलले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।
साधारण शँकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद तिवारी, राम बहादुर थापा, बेल प्रसाद शर्मा, संस्थाका उपाध्यक्ष टोपलाल खनाल, सचिव नेत्र बहादुर अधिकारी, सम्मानित सदस्य ओम ज्ञवाली, घनश्याम तिवारीलगायतले शुभकामना ब्यक्त गर्नु भएको थियो । डिङ्गरनगर दुग्ध उत्पादक सहकारी संस्थाले दैनिक २ सय लिटर बढि दुधको कारोवार गर्दै आएको ।
