Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ अन्तर कलेजस्तरीय क्रिकेट सुरु
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अन्तर कलेजस्तरीय क्रिकेट सुरु

संसारपोस्ट संवाददाता · ७ मंसिर २०७६ · 0
अन्तर कलेजस्तरीय क्रिकेट सुरु
40
SHARES
ShareTweet

साई ग्लोबल र सेन्टजोसेफ विजयी



प्रकाश न्यौपाने
भैरहवा, ७ मंसिर
रुपन्देही क्रिकेट संघको आयोजनामा भैरहवामा शनिबारबाट शेरबहादुर सेन्चुरी अन्तरकलेज जिल्ला स्तरीय टी–ट्वन्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । शनिबार भएको पहिलो खेलमा साई ग्लोबल कलेजले शान्ति नमूना माविलाई ४८ रनले पराजित गरेको छ । सिद्धार्थ रंगशालामा भएको खेलमा टस जितेर ब्याटिङ गरेको साई ग्लोबलले निर्धारित २० ओभरको खेलमा ५ विकेटको क्षतिमा १३३ रनको योगफल बनायो ।
उसका लागि साहव आलमले नटआउट ३६ र इमरान खानले ३१ रन बनाए । बलिङमा शान्तिका रञ्जित खड्काले २ विकेट लिए । जवाफी ब्याटिङ गरेको शान्तिले ८ विकेट गुमाउँदै ८५ रन मात्रै बनायो । उसका लागि रञ्जित खड्काले १६ र जय गोदारले १३ रन बनाए । बलिङमा खेलका म्यान अफ द म्याच समेत रहेका साई ग्लोबलका इमरान खानले ३ विकेट लिए ।
दोस्रो खेलमा सेन्टोजोसेफ कलेजले तिनाउ टेक्निकल कलेजलाई ११७ रनको भारी रन अन्तरले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको सेन्टोजोसेफले ८ विकेट गुमाउँदै १४२ रनको योगफल बनाएको थियो । उसका लागि निश्चल चौधरीले ४८ र लालबहादुर अधिकारीले ४२ रनको योगदान गरे । बलिङमा तिनाउका सुरज पाण्डे, निशान्त पुरी र शम्भु पाण्डेले २÷२ विकेट लिए ।
जवाफमा तिनाउ ८.१ ओभरमा सबै विकेट गुमाई २५ रनमै समेटियो । उसका लागि आकाश खत्रीले ६ रन बनाए । उसलाई सस्तैमा समेट्न सेन्टोजोसेफका लालबहादुर अधिकारीले २ रन खर्चेर ह्याट्रिकसहित ५ विकेट लिए । उनी म्यान अफ द म्याच समेत भए । यस्तै, आशिष घिमिरेले ३ विकेट लिए । आइतबार दीप बोर्डिङ उच्च मावि र नवज्योति उच्च मावि तथा रुपन्देही लीलाराम न्यौपाने उच्च मावि र लुम्बिनी बाणिज्य क्याम्पसबीच प्रतिस्पर्धा हुने संघका सचिव संजय गुरुङले जानकारी दिए ।
जिल्लाका १६ वटा कलेज सहभागी प्रतियोगिता मंसिर १४ गतेसम्म चल्नेछ । प्रतियोगितामा विजेता टिमले ४० हजार र उपविजेताले २० हजार तथा उत्कृष्ट खेलाडीले ५ हजार नगदसहित ट्रफी प्राप्त गर्नेछन् । संघका सदस्यसमेत रहेका युवा व्यवसायी विमल सेन्चुरीले आफ्ना स्वर्गीय हजुर बुवा शेरबहादुरको स्मृतिमा प्रतियोगिताको मुख्य प्रायोजन गरेका छन् ।
यसअघि खेलको उद्घाटन गर्दै सिद्धार्थनगर वडा नम्बर ३ का अध्यक्ष थानेश्वर पौडेलले मुलुकलाई चिनाउन खेलकुदको अहम् भूमिका रहेको बताए । उनले स्थानीय तथा जिल्ला स्तरमा हुने प्रतियोगिताहरुले नयाँ खेलाडी उत्पादनमा टेवा पुग्नुका साथै खेल क्षेत्रको विकास हुने जनाए । संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले क्रिकेट क्षेत्रको विकासका लागि आफूहरु निरन्तर लाग्ने बताए । उनले राष्ट्रियस्तरमै रुपन्देहीले सबैभन्दा बढी क्रिकेट खेलाउने गरेको जनाए ।

≪ Previous Post

मृगौला पीडित अमरलाई लायन्स क्लबद्धारा सहयोग

Next Post ≫

चुनावको बेला गरिएका बाचा पुरा गर्ने अवसर : मन्त्री भुसाल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क