Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी न्यूज फेस्टिबल १६ बुंदे निष्कर्ष प्रस्तुत गर्दै समापन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी न्यूज फेस्टिबल १६ बुंदे निष्कर्ष प्रस्तुत गर्दै समापन

संसारपोस्ट संवाददाता · ३ मंसिर २०७६ · 0
लुम्बिनी न्यूज फेस्टिबल १६ बुंदे निष्कर्ष प्रस्तुत गर्दै समापन
90
SHARES
ShareTweet


लुम्बिनी ३ मंसिर
लुम्बिनी न्यूज फेस्टिबल १६ बुंदे निष्कर्ष प्रस्तुत गर्दै समापन भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार डा.तिलकराम आचार्यको संयोजकत्वमा गठित निष्कर्ष लेखन समितिले उक्त निष्कर्ष निकालेको हो । समितिको सदस्यहरुमा राष्टिय समाचार समितिका प्रधानसम्पादक श्यामलाल रिमाल, नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, पत्रकार महासंघ प्रदेश–५ का अध्यक्ष मौसम रोका, लुम्बिनी प्रेस क्लबका महासचिव सम्झना शर्मा र पत्रकार महासंघ कर्णाली प्रदेशका अध्यक्ष दुर्गा थापा रहेका थिए । फेस्टिबलले नेपालको राष्टियता, भौगोलिक अखण्डता तथा सार्वभौमिकताप्रति सदैव सहमति कायम राख्न गर्न सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, प्राज्ञिक वर्ग, बुद्धिजीवि, पत्रकार, गैरसरकारी संस्था एवं सर्वसाधारणलाई आह्वान गरेको छ । त्यस्तै समृद्धिका लागि सञ्चार क्षेत्रको पुर्नसंरचना गरी सूचना तथा ज्ञानयुक्त समाजको सिर्जना गरी नेपालको जीवनस्तर उकास्ने, आर्थिक समृद्धि र विकास प्राप्ती गर्ने, विश्वमा नेपालको छवि उँचो बनाउने र गणतन्त्रलाई सुदृढ बनाउन सञ्चार क्षेत्रको तर्फबाट आवश्यक भुमिका निर्वाह गर्ने महोत्सवले प्रण गरेको छ ।
त्यस्तै न्यूज फेस्टिबलले स्थानीय, सामुदायिक तथा जनताद्वारा सञ्चालित मिडियाहरुलाई संरक्षण र प्रोत्साहन गर्ने नीति अवलम्बन गर्न संघ, प्रदेश र स्थानीय तहका सरकारसमक्ष माग गरेको छ । नेपाली मिडियामा व्याप्त केन्द्र र मोसफल भन्ने अवधारणा समाप्त पार्दै आफू कार्यरत संघ, हरेक प्रदेश र स्थानीय तहलाई नै केन्द्र मान्दै आ–आफ्ना क्षेत्रका समाचार र विचार जनता, सरकार र सम्बन्धित निकायमा व्यापक रुपले पु¥याउने महोत्सवले प्रतिबद्धता व्यक्त गरेको छ ।
त्यसै गरी पत्रकार आचारसंहिता दृढतापूर्व पालना गर्दै व्यवसायिक पत्रकारिताप्रति प्रतिबद्ध रहने, राजनीतिक दलसंगको आबद्धता र सरकार निकट बन्ने सोचाइबाट मुक्त हुने, पत्रकारिताको पेशाप्रति पूर्ण निष्ठावान भइ आफुलाई सबै प्रकारका प्रविधि एवं सिपबाट सुसज्जित हुँदै न्यू मिडिया न्यू मिडियम, ट्रेडिशनल मिडियम आदिको व्यापक प्रयोग गरी नेपाली पत्रकारितालाई स्मार्ट जर्नालिज्म उन्मुख गराउने, राष्ट्रको समृद्धिका साथसाथै राष्ट्रियता, जनजीविका, स्वाधिनतता र जनताको सक्रियतामा सञ्चालित न्यायपूर्ण आन्दोलनमा जनता केन्द्रीत मिडियाको रुपमा सक्रियतापूर्वक सहभागि हुने महोत्सवले अठोट गरेको छ ।
त्यस्तै भूमण्डलीय तथा नाफामुखी मिडियाको दुष्प्रभावबाट जनतालाई जोगाउन र जनताको सञ्चार अधिकार सुरक्षित गर्न साना तथा सामुदायिक मिडियाको प्रवद्र्धन प्रोत्साहन गर्न, विदेशी मिडियाको प्रभाव घटाउन पनि आफ्नै ग्लोबल प्रसारणको लागि महोत्सवले आह्वान गरेको छ । डिजिटल र इलेक्ट्रोनिक मिडियासम्बन्धि प्रतिकूल कानूनहरुमा तत्काल परिमार्जन गरी समयसापेक्ष बनाउनुपर्ने, छापामाध्यम, एफएम रेडियो र टेलिभिजन जस्ता सञ्चारमाध्यम स्थापनापूर्व सम्भाव्यता अध्ययन गरी आवश्यक महसुस भएको खण्डमा मात्र स्थापना गर्न सम्बन्धित निकायहरुसमक्ष महोत्सवले अपिल गरेको छ ।
संघीयतामा सञ्चार, समृद्धिका लागि मोफसल नै मूलधार भन्ने मूल नाराका साथ लुम्बिनी प्रेस क्लब सिद्धार्थनगर, रुपन्देहीको आयोजनामा भएको लुम्बिनी न्यूज फेस्टिबल मंगलबार समापन भएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीनदिने फेस्टिबलमा देशभरीका ३ सय बढी पत्रकारको सहभागिता रहेको क्लबका अध्यक्ष दिपेश पछाईले बताउनु भयो ।
न्यूज फेस्टिबलमा तीनै दिन विभिन्न विषयमा विभिन्न सेसनमा छलफल तथा अन्तरक्रिया भएको छ, कार्यक्रमले पत्रकारिता क्षेत्रमा नयाँ तरंग ल्याएको तथा मोफसल र केन्द्र जोड्ने काम गरेको कुरामा हामी विश्वस्त छौं, क्लबका अनुशासन समिति समेत रहेका कार्यक्रम संयोजक दिपेन्द्र बडुवालले बताउनु भयो ।
४२ वर्ष अघि निर्मित लुम्बिनी गुरुयोजना यथासक्य कार्यान्यवन गर्न संघीय सरकार र लुम्बिनी विकास कोषलाई महोत्सवले आग्रह गरेको छ भने शाक्यमुनी गौतमबुद्ध तथा कनकमुनि एवं क्रकुच्छन्द बुद्ध जन्मसंग सम्बन्धित सबै स्थल लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह लगायत स्थलको संरक्षण, प्रबद्र्धन र पर्यटकीय विकास गर्न सम्बन्धित सरोकारवालालाई आग्रह गर्दै यस विषयलाई निरन्तर रुपमा मिडियामार्फत उजागर गर्न महोत्सवले प्रतिबद्धता व्यक्त गरेको छ ।
नेपालमा नयाँ शासकीय अभ्यासका रुपमा रहेको संघीयतालाई सफल पार्नका लागि पत्रकारिताका नयाँ माध्यमबाट संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गराउन, देखिएका कमीकमजोरीलाई निरन्तर औल्याउन र आवश्यक सुझाव दिन महोत्सवले आग्रह गरेको छ । साथै नेपाल भ्रमण वर्ष २०२० र लुम्बिनी भ्रमण वर्ष २०७६ लाई प्रबद्र्धन गर्न आ–आफ्नो मिडियाबाट सहयोग गर्ने महोत्सवले प्रतिबद्धता व्यक्त गर्दै सरकारी सञ्चारमाध्यम एवं निजी सञ्चारमाध्यमलाई जनशक्तिको व्यवस्था र विषयगत हिसाबले समावेशी सम्बन्धित पक्षलाई आह्वान गरेको छ ।

≪ Previous Post

पश्चिमाञ्चल समितिद्धारा व्यवसायीलाई १२ लाख सहयोग रकम प्रदान

Next Post ≫

पर्यटन प्रवद्र्धनका कार्ययोजना बनाउन सिद्धार्थ नगरपालिकालाई सुझाव

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क