Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ विश्व मधुमेह दिवसमा लायन्स क्लव युथको निशुल्क स्वास्थ्य परिक्षण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

विश्व मधुमेह दिवसमा लायन्स क्लव युथको निशुल्क स्वास्थ्य परिक्षण

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
विश्व मधुमेह दिवसमा लायन्स क्लव युथको निशुल्क स्वास्थ्य परिक्षण
90
SHARES
ShareTweet

१८ महिनामा १ सय ६० हजार मानिसको मधुमेह रोग परिक्षण गर्ने लक्ष



बुटवल, २ मंसिर । विश्व मधुमेह दिवसको अवसर पारेर लायन्स क्लव अफ बुटवल युथले मधुमेह परिक्षण सप्ताह संचालन गरेको छ । विश्व मधुमेह दिवस १४ नोवेम्भर वाट मधुमेह परिक्षण सप्ताह शुरु गरेको क्लवले सप्ताहको पांचौ दिन बुटवल उपमहानगरपालिका वडा नम्वर ९ को वडा कार्यालयमा निशुल्क मधुमेह परिक्षण क्याम्प संचालन गरेको छ ।


लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपक प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा ४ सय ५८ जनाको मधुमेह तथा स्वास्थ्य परिक्षण गरिएको थियो । स्वास्थ्य शिविरमा सिद्धार्थ वाल तथा महिला अस्पतालका चिकित्सक तथा प्राविधिकहरुले स्वास्थ्य परिक्षण गरेका थिए ।
कार्यक्रममा मल्टिपल डिष्ट्रिकका काउन्सिल चियरपर्सन लायन सुनिल ओझाले सामाजिक सेवा भावले स्थापना भएको लायन्स क्लवले स्वास्थ्यको पहुच नपुगेको, स्वास्थ्यको पहुच पुगेर पनि स्वास्थ्य सेवा लिनबाट वन्चित जनतालाई स्वास्थ्य सेवा प्रदान गर्नुका साथै अन्य सामाजिक उत्तरदायित्वका कार्यक्रम गर्दै आईरहेको वताउनु भयो । उहांले मधुमेह रोग नियन्त्रण तथा यस रोगका बिषयमा प्रचार प्रसार र जनचेतना मुलक कार्यक्रमका लागि लायन्स ईण्टरनेशनलबाट ८० हजार डलर सहयोग प्राप्त भएको र क्लवले १८ महिनामा १ सय ६० हजार मानिसको मधुमेह रोग परिक्षण गर्ने लक्ष राखेको बताउनु भयो ।


उहांले लायन्स क्लव अफ बुटवल युथले पनि महामारीको रुपमा रहेको मधुमेह रोग बारे जनचेतना जगाउने र सो सम्वन्धि परिक्षण क्याम्प संचालन गरेर दाहरणिय काम गरेको भन्दै क्लवको प्रशंसा गर्नुभयो ।
सो कार्यक्रममा बुटवल ९ का कार्य बाहक अध्यक्ष विजय गुरुङ्, वडा सदस्य बिमला श्रेष्ठ, क्लवका संस्थापक अध्यक्ष लायन जाकिर हुसेन, पूर्व अध्यक्ष लायन जमिल खान, डिष्ट्रिक को चिफ एडभाईजर लायन सुनिल श्रेष्ठ बजिमय, डिष्ट्रिक को चिफ एडभाईजर लायन शुरेस रत्न बज्राचार्य, डिष्ट्रिक एडभाईजर लायन पुरुषोत्तम झक्त प्रधानाङ्ग, कार्यक्रम संयोजक लायन विष्णु काफ्ले, लायन मनमोहन लाल गुभाजु, आम्दा अस्पतालका प्राविधिक सहयोगि खेमराज अर्याल, लायन हरिविक्रम कुवँर लगायतले बोल्दै क्लवले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदे जानुपर्नेमा जोड दिनुभयो ।


लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दिपक प्रसाद श्रेष्ठले क्लवले सामाजिक क्षेत्रमा विभिन्न रचनात्मक कार्यक्रम गर्दै आईरहेको र अहिले विश्व मधुमेह दिवसको अवसरमा मधुमेह परिक्षण सप्ताह अन्तर्गत विभिन्न ठाउंमा निशुल्क स्वास्थ्य परिक्षण क्याम्प संचालन गरेको जानकारी गराउनु भयो ।

≪ Previous Post

राप्रपा संयुक्तको रथ यात्रा नवलपुरमा

Next Post ≫

काँग्रेस नेता प्रकाशमान सिंह अमेरिका भ्रमणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क