Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ काँग्रेस नेता प्रकाशमान सिंह अमेरिका भ्रमणमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस नेता प्रकाशमान सिंह अमेरिका भ्रमणमा

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
काँग्रेस नेता प्रकाशमान सिंह अमेरिका भ्रमणमा
60
SHARES
ShareTweet


“वीर गणेशमान” च्यारिटो शो प्रदर्शन तथा पारिवारिक र राजनैतिक भेटघाटमा ब्यस्त


बुटवल, २ मंसिर । नेपाली काँग्रेसका पुर्व महामन्त्री तथा नेपाल सरकारका पुर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह ऐतिहासिक चलचित्र “वीर गणेशमान” च्यारिटो शो प्रदर्शन तथा पारिवारिक र राजनैतिक भेटघाटका लागि अमेरिका भ्रमणमा हुनुहुन्छ ।
अमेरिका स्थित काँग्रेस प्रवास संगठन जन सम्पर्क समिति न्युयोर्क च्याप्टरदेखि क्यालिफोर्निया च्याप्टरसम्मले आयोजना गरेका झन्डै आधा दर्जन अन्तर्कृया र आफ्नै पिता लौह पुरुष गणेशमान सिंहको बायोपिक चलचित्र “वीर गणेशमान” प्रदर्शनी कार्यक्रममा नेता सिंह ब्यस्त हुनुहुन्छ ।
अमेरिकाका विभिन्न स्टेटमा आयोजित अन्तरक्रिया तथा त्यहां रहेका नेपालीहरु संगको भेटमा नेता सिंहले जनताको बलिदानी र मेहनत बाट निर्माण भएको नेपालको संबिधानलाई संस्थागत गर्न र संघियता, लोकतन्त्र र समाबेसिताको भावनाप्रति दुई तिहाई बहुमत सरकारको ध्यान केन्द्रित हुनु नसकेको टिप्पणी गर्नुभएको छ । नेता सिंहले कानूनहरु निर्माण गरेर सिंहदरबारको अधिकार गाँउगाउँसम्म पु¥याएर जनताको संमृद्दिका लागि सरकार गम्भिर हुनु पर्नेमा त्यो नभएर गाँउ पुगेको अधिकारलाई समेत कुण्ठित गरेर प्रधानमन्त्री ओलीले एक दलिय कम्युनिष्ट राज्य निर्माण गर्न खोजेको हो कि भन्ने अवस्था सिर्जना भएको भन्दै चिन्ता ब्यक्त गर्नुभएको छ ।


नेपालको सरकारको आलोचना गर्दै नेता सिंहले भन्नुभयो¬ –“२१ औं शताब्दिमा पनि बलात्कार र हत्या जस्ता जघन्य अपराधमा संलग्नहरुलाई सरकार आफैले खोजी कारवाही गर्नुपर्नेमा यसका ागि पनि राज्यलाई घच्घच्याउनु पर्ने अनि उल्टै अपराधीलाई कारबाही गर सरकार भन्दै आन्दोलन गर्न वाध्य हुनु पर्ने दिन आए ।”
तिन हप्ताको अमेरिका भ्रमणको क्रममा नेता सिंहले नेपाली मुलका किरण सिटौला उपमेयर रहेको मेरिल्याण्ड राज्यस्थित “ईन्डियन हेड टाऊन” पुगेर उपमेयर सिटौलासँग अमेरिकी बिकास, शिक्षा, स्वास्थ र अमेरिकी प्रशासनको कार्यशैली लगायतका बिबिध बिषयमा रुचीपूर्वक जानकारी समेत लिनुभएको छ ।


सिंहले डि सि मेरिल्याण्ड भ्रमणका क्रममा अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्कीसँग पनि लन्च मिटिङ गर्नुभएको थियो ।
विश्वभर बिस्तार हुँदै गएको कांँग्रेस प्रवास संगठन जनसंपर्क समितिका कतिपय पदाधिकारीले नेपालको नयाँ संबिधानले अन्य मुलुकको नागरिक भै सकेका नेपाली नागरिकलाई नेपालमा राजनीति गर्न रोकेको र यसलाई कसरी ब्यबस्थापन गर्न सकिन्छ भनेर नेता सिंह संग जिज्ञासा राखेका थिए ।
उनीहरुको जिज्ञासा मेटाउदै नेता सिंहले कोही पनि ब्यक्ति वा राजनीतिक दल संबिधान भन्दा माथि हुन नसक्ने भन्दै नेपालको संबिधानले अर्को देशको नगरिकता लिएको ब्यक्तिले नेपालमा राजनीति गर्न नपाउने कुरा प्रष्टसँग ब्यवस्था गरिसकेकोले बिदेशी नागरिकता लिएका कुनै पनि नेपाली काँग्रेसको महासमिति सदस्य, महाधिबेशन प्रतिनिधि वा कुनै पनि पदाधिकारी बन्न नमिल्ने र यो यो कानुन बिपरित हुने जानकारी गराउनु भयो ।


नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराका सम्बन्धमा भारत सरकारले बिबादस्पद नक्सा प्रकाशित गरेको प्रति आपत्ति जनाउदै नेता सिंहले यसको समाधानका लागि सरकारले कुटनीतिक पहल गर्न नसकेको टिप्पणि गर्र्नुभयो ।
अमेरिका भ्रमणमा आउने अधिकांश नेताहरु अमेरिकी राष्ट्रपति निवास ह्वाईट हाऊस बाहिरै घुमेर फर्किने परम्परालाई तोड्दै काँग्रेस नेता सिंहले अवलोकन गर्ने अग्रिम ब्यबस्थापन गरेर ह्वाईट हाऊसको समेत अवलोकन गर्नुभएको छ ।


जनसंपर्क समिति न्युयोर्क च्याप्टर, मेरिल्यान्ड च्याप्टर, भर्जिनिया च्याप्टर, टेक्ससस्थित अस्टिन च्याप्टर, टेक्सस स्थित डालस च्याप्टर र नर्दन क्यालिफोर्निया च्याप्टरद्वारा नेपालको बर्तमान राजनीतिक परिस्थितिको बारेमा आयोजित अन्तर्कृया तथा स्वागत कार्यक्रममा नेता सिंह सहभागि हुनुभएको थियो । यसका साथै कतिपय राज्यमा नेता सिंहकै सहभागितामा लौह पुरुष गणेशमान सिंहको बायोपिक चलचित्र “वीर गणेशमान” समेत प्रदर्शन गरिएको थियो ।
नेता सिंह कांग्रेस भित्रको दोश्रो पुस्ताका नेता मध्ये निकै कम बिदेश भ्रमण गर्ने नेताको रुपमा समेत चिनिनुहुन्छ । हाल लस एन्जलसमा रहनु भएका काँग्रेस नेता सिंह यही मंसिर ७ गते शनिबार न्युयोर्कबाट नेपाल फर्किने कार्यक्रम रहेको छ ।
(यो समाचार गणेशमान सिंह स्मृति पुस्तकालय सैनामौना रुपन्देहीका अध्यक्ष तेज प्रसाद लामिछानेको सहयोगमा तयार गरिएको ।)

≪ Previous Post

विश्व मधुमेह दिवसमा लायन्स क्लव युथको निशुल्क स्वास्थ्य परिक्षण

Next Post ≫

२०७६ साल मंसिर ३ गते मंगलवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क