Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राप्रपा संयुक्तको रथ यात्रा नवलपुरमा
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राप्रपा संयुक्तको रथ यात्रा नवलपुरमा

संसारपोस्ट संवाददाता · २ मंसिर २०७६ · 0
राप्रपा संयुक्तको रथ यात्रा नवलपुरमा
50
SHARES
ShareTweet


नेकपा र काँग्रेसले धर्मनिरपेक्षता लादेर नेपाल र नेपालीलाई धोका दिएको आरोप


नवलपरासी, २ मंसिर । नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्यले राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले शुरु गरेको धार्मिक जागरण रथ यात्रा नवलपुर आइपुगेको छ । सोमबार विहान रथ यात्रा कावासोती आइपुगेको थियो ।
सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दु राष्ट्र नेपाल र नेपाली आधारशीला रहेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले जनकपुरबाट धार्मिक जागरण यात्रा शुरु गरेको हो । यात्रा मंसिर ४ गते लुम्बिनी पुगेर सकिने छ ।
सोमबार विहान कावासोती आइपुगेको धार्मिक यात्रालाई कावासोतीमा सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का केन्द्रिय अध्यक्ष पशुपति शम्शेर जबराले नेपालीको पहिचान हिन्दुराष्ट्र भएकोले नेपाललाई हिन्दु राष्ट्र बनाउन सबै लागि पर्नु पर्नेमा जोड दिनुभयो ।
जबराले नेकपा र नेपाली काँग्रेसले संविधानमा धर्मनिरपेक्षता लादेर नेपाल र नेपाली जनतालाई धोका दिएको आरोप लगाउनुभयो ।
कार्यक्रममा राप्रपा संयुक्तका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेले धार्मिक यात्रा पछिको आन्दोलन निर्णयक हुने दावी गर्नुभयो । कोण सभा राप्रपा संयुक्तका नवलपुर अध्यक्ष दाताराम पाण्डेको अध्यक्षतामा भएको थियो ।

≪ Previous Post

नवलपुरमा लागुऔषध सहित दूई जना पक्राउ

Next Post ≫

विश्व मधुमेह दिवसमा लायन्स क्लव युथको निशुल्क स्वास्थ्य परिक्षण

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क