नवलपरासी, २ मंसिर । पुर्वी नवलपुरको कावासोती नगरपालिका वडा नं.१६ तिन घरे चोकबाट लागुऔषध सहित दूई जनालाई नवलपुर प्रहरीले प्रकाउ गरेको छ ।
नवलपरासीको गैडाकोट नगरपालिका बस्ने १५ वर्ष २७ को सुरज शर्मा र सोही स्थान बस्ने वर्ष २६ को डिल्लीराम महत्तोलाई प्रहरीले चेक चाँजको क्रममा नियन्त्रणमा लिएको छ ।
उनीहरुको साथबाट डाईजेपाम २ सय ५० एम्पुल, नुफिन २ सय ५० एम्पुल, फेनार्गन २ सय ५० एम्पुल लागुऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
