Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ मुख्य समाचार ≫ काले डाँका : एसपीलाई नै बन्धक बनाएर डकैती गर्थे
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काले डाँका : एसपीलाई नै बन्धक बनाएर डकैती गर्थे

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
काले डाँका : एसपीलाई नै बन्धक बनाएर डकैती गर्थे
90
SHARES
ShareTweet

६ जेठ, काठमाडौं । सोमबार विहानै टोखामा गोली चल्यो, प्रहरीले खुट्टामा गोली हानेर सिन्धुपाल्चोक, मेलम्चीका विष्णु लामालाई पक्राउ गर्‍यो ।

३३ वर्षीय विष्णुलाई अपराधको दुनियाँमा चिनिने नाम भने ‘काले डाँका’ हो । १३ वर्षकै उमेरदेखि अपराधको दुनियाँमा प्रवेश गरेका उनले चोरी तथा डकैतीलाई ‘पेशा’ नै बनाएका थिए ।

उनी प्रहरीको आँखा छल्न अनेक जुक्ति लगाउँथे । एक/दुई दिनको अवधिमा नम्बर प्लेट परिवर्तन गर्दै हिँड्ने भएकाले उनलाई भेट्टाउन प्रहरीलाई पनि गाह्रो हुने गरेको अनुसन्धान अधिकारी बताउँछन् ।

काले आफ्नो समूह लिएर हातहतियारसहित मानिसहरुको घरमा पुग्थे । घरभित्र छिरेपछि उनी पेस्तोल देखाएर परिवारका सदस्यलाई एकठाउँमा थुन्छन् र सुनचाँदी, गरगहना र नगद चारी गर्छन् ।

काले त्यस्ता डाँका हुन्, जसले प्रहरी अधिकारीहरुकै घरलाई समेत निशाना बनाएका छन् । उनको ट्याक रेकर्ड हेर्दा ६ चैत ०६६ मा चपलीमा तत्कालीन एसपी जयबहादुर चन्दको घरमा उनले डकैती गरेका थिए । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट अवकाश पाएका चन्द त्यतिवेला नेपालगञ्जमा थिए । यो घटनामा चन्दको परिवारलाई काले समूहले बन्धक बनाएर डकैती गरेको थियो ।

चन्दको घरमा डकैती भएकै महिना (२८ गते) उनले अर्का एसपी विश्वराज सिंहको घर फोडे । यो घटनामा उनको समूहले एसपी विश्वराजलाई नै बन्धक बनाएको थियो । सिंले प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट अवकाश पाइसकेका छन् ।

अनुसन्धान अधिकारीहरुका अनुसार प्रारम्भमा एसपी चन्दको घरमा डकैती गर्दासम्म उनलाई त्यो प्रहरीको घर हो भन्ने भेउ पाएका थिएन । जब थाहा पाए, काले समूहको आतंक झन बढ्यो ।

निरन्तरको प्रयासपछि ४ वैशाख ०६७ मा महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई पक्राउ गरेको थियो । अदालतलाई ६ वर्ष जेल सजाय सुनायो । उनी जेलमा गएसँगै उनको आतंक हट्यो ।

६ भदौ ०७२ मा केन्द्रीय कारागार, सुन्धाराबाट जेलमुक्त भएका उनले पुनः चोरी धन्दा सुरु गर्न सक्ने अनुसन्धान अधिकारी सशंकित थिए । नभन्दै भइदियो त्यस्तै, पछिल्लो समय काले समूहकै शैलीको चोरी र डकैती काठमाडौं र ललितपुरमा बढेको थियो ।

अनुसन्धान अधिकारीको आशंका उनीमाथि नै थियो । उनी भने उपत्यकामा देखिएनन् । जेलबाट छुटेलगत्तै भारततिर गएको सीडीआरले देखायो । भारतबाट फर्किएपछि भने चोरी डकैतीमा संलग्न भए । भारतबाट आएर ७ वटा चोरी तथा डकैती मुद्दामा संलग्न भएको पाइएको प्रहरीले बताएको छ । तर, कहिले जोरपाटी त कहिले कपन र सामाखुशीतिर ठाउँ फेरिफेरि बस्थे ।

अपराध महाशाखाका एसपी सामेन्द्रसिंह राठौर भन्छन्, ‘धेरै घटनामा संलग्न देखिएपछि खोजी गरिरहेका थियौं, त्यसक्रममा सोमबार उनी टोखामा भेटिए ।’

प्रहरीले पक्राउ गर्न खोज्दा उल्टै आक्रमण गर्न खोजीपछि गोली हानेर नियन्त्रणमा लिएको राठौर बताउँछन् । उनका अनुसार कालेको साथबाट कट्टा पेस्तोल र ३ नट थ्रीको ५ वटा गोली पनि बरामद भएको छ ।

उनको वीर हस्पिटलमा उपचार भइरहेको छ । उपचारपछि उनमाथि थप अनुसन्धान र बयान लिइने महाशाखाले जनाएको छ ।

≪ Previous Post

प्रियंका कार्की बनिन् 'कान्स फिल्म फेस्टिभल' मा सहभागी हुने पहिलो नेपाली अभिनेत्री

Next Post ≫

भारत निर्वाचन : विपक्षी दलद्वारा एक्जिट पोलको नतिजा अस्वीकार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क