Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अन्तर्वार्ता ≫ धर्म–संस्कृतिमाथि भएको प्रहार सहन सकिँदैन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

धर्म–संस्कृतिमाथि भएको प्रहार सहन सकिँदैन

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
धर्म–संस्कृतिमाथि भएको प्रहार सहन सकिँदैन
50
SHARES
ShareTweet

हरिबोल भट्टराई
(अध्यक्ष, नेपाली कांग्रेस (विपी))
हरिबोल भट्टराई नेपाली कांग्रेस (विपी) का अध्यक्ष हुनुहुन्छ । जिवनको धेरै समयसम्म नेपाली कांग्रेसको राजनीति गर्नुभएका उहाँ अहिले आफैं पार्टी खोलेर नयाँ राजनीतिक अभियानमा लाग्नुभएको छ । २०४३ सालमा काठमाडौं महानगरपालिकाको मेयर भइसक्नुभएका उहाँले २०४८ र २०५१ सालको प्रतिनिधिसभाको निर्वाचनमा हार व्यहोर्नुभयो । पछिल्लो समय उहाँ हिन्दुधर्मको पक्षमा अभियान चलाउँदै आउनुभएको छ ।

राजनीतिक दलका नेताले नै हिन्दु धर्म र संस्कृतमाथि प्रहार गरेको भन्ने उहाँ सनातन संस्कृति समाज नेपालको पनि अध्यक्ष हुनुहुन्छ । समाजले आज आइतबार काठमाडौँको रत्नपार्कमा हिन्दुराष्ट्र पुनस्र्थापनाको लागि कोणसभा गर्ने भएको छ । पूर्वराजा ज्ञानेन्द्रसँग केही समयअघि भेट गर्नुभएका भट्टराइसँग गरेको समसामयिक कुराकानी–

अहिलेको देशको अवस्था कस्तो छ ?
देशको लागि मैले नै ठेक्का लिएको छु भनेर दावी गर्नेहरुले देश बेचेर खाए । अहिले जनता एकदम निराश छन् । यो पार्टीले गर्ला भन्ने नै लाग्न छोडिसकेको छ उनीहरु अब सही विकल्पको खोजीमा छन् । नेताहरुमा राजनीतिक धर्म र ईमान्दारिता भएन । देश र जनताको माया भइदिएको भए यसरी देश असहज अवस्थामा हुँदा टुलुटुलु हेरेर बस्दैनथे ।

मुख्य कुरा उनीहरुमा सद्बुद्धि नै आएन, जबसम्म त्यो बुद्धि पलाउँदैन हुनेवाला केही छैन । उनीहरुले धर्म, संस्कृति र परम्परा बेचेका छन् । कुन शक्तिबाट कसरी चल्छन् त्यो भनिरहनु पर्दैन । हामी त सधैं हिन्दुराष्ट्र हुनुपर्छ भन्ने अभियानमा छौं तर रातारात हिन्दु धर्म पनि मास्ने काम भयो, देशी विदेशीको कुरा बढी सुनेर राष्ट्रियतामा घात गरेका छन् हामी हिन्दुराष्ट्र फर्काउने अभियानमा छौं ।

तपाइको अभियान कहाँ पुग्यो, अनि जति आन्दोलन गरे पनि सुनुवाई नहुनुको कारण के होला ?
अभियान चलाउँदै जाने हो, आफ्ना विचार राख्दै जाने हो । हामी देशलाई बेचेर राजनीति गर्न जान्दैनौं । अरु कसैको बुद्धिबाट पनि चल्दैनौं त्यसैले जे भन्छौं र त्यो गर्छौ पनि ।

झट्ट हेर्दा सानो समूह देखेर नपत्याउनुभएको होला तर विचार अरुभन्दा कम छैन । समाजले उठाएको विषय अत्यन्त महत्वपूर्ण छन् । जातजाति र धर्ममा प्रहार गर्नु भनेको अन्तर्राष्ट्रिय बेइज्जत हो । अरु मुलुकले हिजो नेपालले विश्वको नेतृत्व गर्छ भनेर पत्याउँथे तर आज देश नै लथालिङ्ग पारेपछि न त स्वदेशीले पत्याउँछन् न त छिमेकीले नै । अहिले आफूलाई ठूला राजनीतिक दल र तिनका नेताहरु भन्ने बिकेका छन् त्यसैले एकपछि अर्को समस्या थपिँदैछ ।

हामीले आज सनातन संस्कृति समाज नेपालको सक्रियतामा अरु पनि हिन्दुवादी संघ संगठनको सहयोगमा बिहान ११ बजे भद्रकालीमा भेला भएर न्यूरोड, असन, ईन्द्रचौक हुँदै रत्नपार्कमा भेला भएर आमसभासँगै समाजमा चेतान बाँड्ने भएका छौं । यो सबैको साझा अभियान भएकाले प्रतिवद्धता जनाउन आग्रह गर्दछौं ।

धर्ममाथि कसरी र किन प्रहार भयो ?
संविधानमा पनि धर्म निरपेक्षता लेखियो । २०६३ जेष्ठ ४ गते धर्ममाथि प्रहार भयो, यो दुर्भाग्य हो । आफ्नो मौलिक संस्कृतिमाथि प्रहार गरेर माथि जान सकिन्छ भन्ने होइन । यसबाट हामी दिनैपिच्छे पछाडि परिरहेका छौं ।

जिवनको महत्वपूर्ण समय कांग्रेसको राजनीतमा दिनुभयो तर अहिले किन गलत बाटो लिनुभयो र नयाँ पार्टी खोल्नुभयो ?
तपाइको प्रश्न ठीक हो तर मैले होइन नेपाली कांग्रेसले गलत बाटो लिएको छ । पार्टी जसरी चल्नुपर्ने हो त्यो चलेन । कांग्रेसप्रति जनताको ठूलो आशा र विश्वास थियो तर उसले बाटो बिराएपछि अहिले संकट उत्पन्न भएको छ । मलाई अध्यक्ष भएर ठूलो मान्छे बन्ने रहर होइन ।

हाम्रो अभियानले कांग्रेसले सही ट्रयाक लिओस् भन्ने हो । वीपी कोइरालाले अवलम्बन गर्नुभएको विचार र सिद्धान्तलाई नेपाली कांग्रेसले बेचेर खायो । मैले पनि पार्टीका लागि भनेर धेरै तयाग गरें तर अहिले विरक्त लागेर अर्को बाटो लागेको हुँ त्यसमा मलाई कुनै चिन्ता छैन । भर्खरैमात्र स्थापना भएको पार्टी भएकाले देशव्यापी सञ्जाल बनाउन सकेका छैनौं ।

खुशीको कुरा त के भने कांग्रेसमा लागेर जिवन नै बिताएका मजस्ता साथीहरुले हामीलाई समर्थन जनाउनुभएको छ । हामी अहिले जिल्ला समिति बिस्तारका क्रममा छौं, जहाँ गएर आफ्नो कुरा राखेका छौं सबैबाट सकारात्मक ‘रेस्पोन्स’ आएको छ । कांग्रेसले पनि बाटो बिराएको छ । उसले कार्यकर्ताको मूल्यांकन गर्न सकेको छैन । मानिसहरु असन्तुष्टि हुँदाहुँदै पनि कांग्रेसमै बस्न वाध्य थिए हिजोका दिनमा तर आज विकल्प छ हाम्रो पार्टीमा आउन आग्रह गर्दछु ।

खोई तपाइले जतिसुकै कुरा गरेपनि निर्वाचनमा परिणाम आउन सकेन ?
निर्वाचनमा परिणाम आएन त्यो सत्य हो । तर समस्या के छ भने समर्थन छ, सँगै छौं भन्छन् अरु पार्टिलाई गाली पनि गर्छन् तर तपाइको विचार ठीक छ भन्दाभन्दै पनि मतदान नगर्नुचाँही दुर्भाग्य हो । एकपटक हाम्रो पार्टीलाई पनि मतदान गरेर काम गर्ने अवसर दिनुहोस् अनि पनि गर्न सकेनौं अरु पार्टीजस्तै खराव भयौं भने फेरि मतदान नगरे हुन्छ तर एकपटक त काम गर्ने अवसर दिनुप¥यो नि ।

नेपाली कांग्रेस (विपी) कांग्रेसको विरोधी पार्टी हो ?
कसले कसरी बुझ्छ त्यो बेग्लै पाटो हो । हामी निश्चित लक्ष्य लिएर अघि बढेका छौं , बाटो प्रष्ट छ । गलत बाटोमा गएर अलमलिनुभन्दा सही बाटोमा आएर भविष्य खोज्न आग्रह गर्दछु । अहिले झट्ट हेर्दा सानो पार्टी छ भन्ने लाग्ला आगामी दिनमा सधैं यस्तै रहँदैन । गोप्य कुरा भन्ने हो भने कांग्रेसमा रहेका धेरै पुराना नेताहरुले पछि सहयोग गरौंला भनेका छन्, हेर्दै जानुहोला अनि थाहा हुन्छ ।

पोखरामा पूर्वराजा ज्ञानेन्द्रलाई केही समय अघि भेट्नुभयो, अरु एजेण्डा केही नभएर राजाको मुद्धा उठाउने हो ?
भेट्नै नहुने कोहीसँग बोल्नै नहुने भन्ने हुँदैन । झण्डै १ घण्टा समसामयिक विषयमा छलफल भयो । उहाँले देशमा बिग्रिएको राजनीतिक र सामाजिक अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभयो । राजसंस्था हुँदा देश बिग्रियो भन्ने र राजसंस्था नै बिकासको बाधक हो भन्नेले पनि अहिले गरेको देखिएन, भएको व्यवस्था पनि ध्वस्त पारेका छन्, जनजीविकामाथि घात भएको छ त्यसैले अब जनताले नयाँपन खोजेका छन् त्यो हामीसँग छ ।

≪ Previous Post

आत्मीयता र आक्रोशको सम्बन्ध

Next Post ≫

प्रियंका कार्की बनिन् 'कान्स फिल्म फेस्टिभल' मा सहभागी हुने पहिलो नेपाली अभिनेत्री

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क