Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा
३५ औं झरना कप फुटबल : लिस्नुलाई पराजित गरी भूपू सैनिक क्लव सालघारी अघिल्लो चरणमा

३५ औं झरना कप फुटबल...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ : उद्योगी ब्यवसायीले भने ट्रंकलाइनको बक्यौता तिर्दैनौ

विद्युत प्राधिकरणको ट्रंकलाइन विलिङ :...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा

संसारपोस्ट संवाददाता · ६ जेष्ठ २०७६ · 0
प्रदेश– १ को राजधानी बहसः निजी क्षेत्र पनि विराटनगरको पक्षमा
100
SHARES
ShareTweet

प्रदेश–१ को स्थायी राजधानी र नाम तोक्ने विषयमा प्रदेश सरकार र प्रदेशसभामा रहेका दलहरुबीच बाक्लो छलफल चलिरहेका बेला निजी क्षेत्र भने विराटनगरको पक्षमा उभिएको छ । प्रदेश–१ को राजधानी विराटनगर, धनकुटा, धरान, इटहरी, मोरङको गोठगाउँमध्ये कहाँ बनाउने भन्ने विषयमा सत्तारुढ दलबीच नै मतभेद देखिएको छ । सांसदहरुको आ–आफ्नै राय आएको छ ।

अधिकांश सांसद राजधानी विकेन्द्रिकृत गर्नुपर्ने पक्षमा छन् । सत्तारुढ दलका सांसदहरुले भने इटहरीलाई बनाउने हस्ताक्षर अभियान नै सञ्चालन गरेका छन् । दलहरुबीच देखिएको विवादले कतै विराटनगरबाट राजधानी फुत्किने त होइन भन्ने विषयमा निजी क्षेत्र चिन्तित देखिएको छ । विराटनगर प्रदेश–१ को अस्थायी राजधानी हो । सरकारले स्थायी राजधानीका रुपमा विराटनगरलाई स्वीकार गरिसकेकाले अब स्थायी पनि विराटनगरलाई नै बनाउनुपर्ने पक्षमा निजी क्षेत्र देखिएको छ ।

उद्योग संगठन र मोरङ व्यापार संघले संयुक्त विज्ञप्ति जारी गरेर विराटनगरलाई स्थायी राजधानी तोक्न माग गरेका हुन । उहाँहरुले मुलुकको आर्थिक र राजनीतिक क्रान्तिमा विराटनगरको महत्वपूर्ण योगदान रहेकाले स्थायी राजधानीका लागि विराटनगरको विकल्प खोज्नु दुखद भएको बताउनु भएको छ । अध्यक्ष भीम घिमिरे र पवनकुमार सारडाले हस्ताक्षरित विज्ञप्तिमा “विराटनगरले मुलुकको आर्थिक, राजनैतिक, सामाजिक, शैक्षिक, स्वास्थ्यलगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ भने यहाँ बहुजाति, धर्म–संस्कृति, भाषा–भाषी सम्प्रदायबीच सद्भावना कायम रहनुका साथै दलीय र जातीय समन्वय उत्कृष्ट रही विराटनगर मुलुकको राजधानी काठमाडौंपछिको ठूलो महानगरका रुपमा स्थापित हुन सफल भएको भनिएको छ ।

यस सहरले पौराणिक र ऐतिहासिक महत्व बोक्नुका साथै मुलुककै पुरानो औद्योगिक–व्यवसायिक केन्द्रको रुपमा आफ्नो पहिचान बनाई मुलुकको अर्थतन्त्रमा विशेष योगदान पु¥याउँदै आएको सर्वविदितै छ ।” उद्योग संगठन र मोरङ व्यापार संघले स्थायी राजधानी हुने थुप्रै आधार प्रस्तुत गरेका छन् । कैयौं सरकारी कार्यालयहरु, प्रदेश नम्बर १ का प्रदेश प्रमुख, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, ७ वटा मन्त्रालय, संसद भवन, उच्च अदालत, राजस्व न्यायाधीकरणको कार्यालय, प्रदेश प्रहरी कार्यालय, तीसभन्दा बढी सार्वजनिक संस्थानका कार्यालय, ६० भन्दा बढी गैरसरकारी संस्था, प्रचुर मात्रामा सरकारी खाली जग्गा, सयौं उद्योगहरुको कर्पोरेट कार्यालय, ५० भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरु, २० भन्दा बढी अस्पताल, अन्तर्राष्ट्रियस्तरीय आँखा अस्पतालका साथै सबै प्रकारका सामग्री उपलब्ध हुने बजार, सपिङ कम्प्लेक्स, डिपार्टमेण्ट स्टोरसमेत रहेको उहाँहरुको भनाइ छ ।

स्थायी राजधानी जारी हिउदे अधिवेशनबाटै टुंगो लगाउने सरकारले तयारी गरिरहदा राजधानी र नामको प्रस्ताव पेश गर्ने मिति शुक्रबारसम्म तोकिएको थियो । तर, सरकार र दलहरुबीच सहमति नजुटेपछि संसद बैठक नै नबसी आइतबारसम्मका लागि स्थगित गरिएको छ । प्रदेश १ को नाम र राजधानीको टुंगो तत्काल नलाग्ने भएपछि प्रस्ताव हाल्ने समयावधि थप गर्ने सर्वदलीय सहमति बनेको छ ।

विराटनगरस्थित बिग होटलमा बसेको सर्वदलीय बैठकले प्रदेशको नाम र राजधानीको प्रस्ताव दर्ता गर्ने समय २२ गतेसम्मलाई बढाउने निर्णय गरेको बैठकमा सहभागी कांग्रेस संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले बताए । बैठकमा सबै दलको सहमतिको आधारमा नाम र राजधानी तोकेर जाने र आज दिनभर कसैले पनि प्रस्ताव दर्ता नगर्ने सहमति भएको कार्कीको भनाइ छ । बैठकमा सहभागी संघीय लिम्बूवान राष्ट्रिय मञ्चकी नेतृ तथा सांसद विष्णुमाया तुम्बाहाम्फेले मुख्यमन्त्री शेरधन राईले प्रदेशको राजधानी विराटनगर राख्ने विषयमा प्रष्ट कुरा राखेको भएपनि नामको विषयमा स्पष्ट नभनेको बताइन ।

बैठकमा मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता शेरधन राई, नेपाली कांग्रेस संसदीय दलका नेता राजिव कोइराला, प्रमुख सचेतक केदार कार्की, संघीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता जयराम यादव, संघीय लिम्बूवान राष्ट्रिय मञ्चका तर्फबाट विष्णुमाया तुम्बाहाम्फे र राप्रपा नेपालकी इन्दिरा राईको सहभागिता थियो । प्रदेशको नाम र राजधानीको विषयमा नेकपा टुंगोमा पुग्न नसक्दा छलफल लम्बिने भएको हो ।

राजधानी विकेन्द्रिकरण गर्न सांसदहरुको हस्ताक्षर संकलन
यसैबीच नेकपाका नेता तथा भोजपुरका सांसद राजेन्द्रकुमार राईले दलका नेता तथा पार्टीको माथिल्लो निकायको ध्यानाकर्षण गराउनका लागि राजधानीका लागि आफूहरुले हस्ताक्षर अभियान चलाएको बताएका छन । सांसदहरुले चलाएकको हस्ताक्षर अभियानमा इटहरीमा प्रदेशसभा सचिवालय राख्नुपर्ने, मोरङको गोठगाउँमा मन्त्रिपरिषद्को कार्यालय राख्नुपर्ने र प्रदेश प्रमुखको कार्यालय विराटनगरमा राख्नुपर्ने लविङ गरिएको बताइएको छ ।

यद्यपि यस खालको विषय राम्रो नभएको भन्दै बैठकमा सहभागी नेकपाका केन्द्रीय सदस्य महेश रेग्मीले राज्यका संरचना विकेन्द्रीकरण गर्ने कुरा गर्नै नहुने बताउनु भयो । यसअघि प्रदेश सरकारले धरान, इटहरी, विराटनगरलगायतका १८ वटा स्थानीय तहलाई मिलाएर वृहत विराट क्षेत्र निर्माण गरेको थियो । संसदबाट उक्त विषयमा कानून समेत बनिसकेको छ ।

≪ Previous Post

बालश्रमिक नभएका घरमा हरियो झण्डा

Next Post ≫

आत्मीयता र आक्रोशको सम्बन्ध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क