बुटवल, ७ कार्तिक । राष्ट्रिय सरसफाई अभियान अन्तर्गत लायन्स क्लव अफ बुटवल युथले बुटवल नगर क्षेत्रमा सरसफाई तथा डेंगु रोग सम्वन्धी जनचेतनामुलक कार्यक्रम गरेको छ ।
क्लवका अध्यक्ष लायन दिपक प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको सरसफाई अभियान तथा जनचेतनामुलक कार्यक्रमको शुभारम्भ गर्दै बुटवल उपमहानगरपालिकाका उपप्रमुख गुमादेबी आचार्यले यस्ता अभियानले बुटवल नगरलाई सफा र स्वच्छ राख्न तथा जनस्वास्थ्य सम्वन्धमा नगर वासीलाई सचेत वनाउन टेवा पुर्याउने बताउनु भयो । नगरलाई सफा र सुन्दर वनाउने अभियान संचालन गरेर लायन्स क्लव अफ बुटवल युथले उदाहरणीय काम गरेको भन्दै उपप्रमुख आचार्यले यस्ता अभियानमा उप महानगरपालिकाको पुर्ण साथ र सहयोग रहने बताउनु भयो ।

लायन्स क्लव अफ बुटवल युथको आयोजना र ज्योती नगर क्षेत्र विकास युवा क्लवको सह आयोजनामा बुटवल ट्राफिकचोक देखि पाल्पा रोडसम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रम गरिएको कार्यक्रम संयोजक लायन मनमोहन लाल गुभाजुले जानकारी दिनुभयो ।
सो अभियानमा राष्ट्रिय सरसफाई अभियानका कान्छा अभियन्ता १९ बर्षीय के पी खनालको पनि सहभागिता रहेको थियो ।


कार्यक्रममा डिष्ट्रिक ३२५ वी टु का को चिफ एडभाईजर लायन अर्जुनमान सैजु, डिष्ट्रिक चिफ एडभाईजर लायन पुरुषोत्तम भक्त प्रधानाङ्ग, संस्थापक अध्यक्ष लायन जाकिर हुसेन, निवर्तमान अध्यक्ष लायन अशोक गुरुङ्ग, क्लवका सचिव लायन विष्णु काफ्लेलगायतले बोल्दै समाजिक कार्य गर्ने उद्देश्यले स्थापित यस क्लवले सामाजिक उत्तरदायितव अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आईरहेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदै जानुपर्ने भनाई राख्नु भएको थियो ।


