Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दुर्घटनामा ज्यान गुमाएकाको मुक्तिकालागि सिद्धबाबामा नारायणवली पाठ
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दुर्घटनामा ज्यान गुमाएकाको मुक्तिकालागि सिद्धबाबामा नारायणवली पाठ

संसारपोस्ट संवाददाता · २४ आश्विन २०७६ · 0
दुर्घटनामा ज्यान गुमाएकाको मुक्तिकालागि सिद्धबाबामा नारायणवली पाठ
70
SHARES
ShareTweet


बुटवल, २४ असोज । सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अन्तर्गत पर्ने पाल्पाको तिनाउ गाउँपालिका दोभान स्थित सिद्धबाबा मन्दिर आसपासको सडकमा दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको आत्माको मुक्तिकालागि श्रीमद्भागवत पाठ पारायण सहित लक्ष्य दीप प्रज्वलन गरिने भएको छ ।
गुल्मीको रुरु गाउँपालिका वडा नं. ५ पागा निवासी कृष्णप्रसाद ज्ञवालीको एकल प्रयासमा बुटवल–पाल्पा सडक निर्माणको समयदेखि हालसम्म सवारी दुर्घटनामा परेर ज्यान गुमाउनेहरुको आत्माको मुक्तिको लागि नारायणबली, श्रीमद्भागवत पाठ पारायण तथा प्रार्थना र पितृ शान्तिकालागि लक्ष्य दीप प्रज्वलन गर्न लागिएको हो ।
कोजाग्रत पुर्णीमाको अंघिल्लो दिन अर्थात शनिबार गर्न लागिएको उक्त धार्मिक कार्यक्रममा त्यस सडकमा आफन्त गुमाएका, बौद्धिक, समाजसेवी तथा धार्मिक व्यक्तिहरुलाई आमन्त्रण गरिएको छ । यस कार्यक्रमको बारेमा जानकारी गराउनकालागि शुक्रबार बुटवलमा गरिएको पत्रकार सम्मेलनमा कार्यक्रमका कर्ता ज्ञवालीले चिडियाखोलादेखि दोभान सम्मको सडकमा भएका विभिन्न दुर्घटनामा परेर ज्यान गुमाएकाहरुको आत्माको मुक्तिका लागि नारायणवली पाठ गर्न लागिएको बताउनु भयो ।


‘दुर्घटनामा परेर हुने मृत्युलाई अकाल मृत्युको रुपमा लिईन्छ । त्यसरी मृत्यु भएको व्यक्तिको आत्माले मुक्ति नपाएको पनि हुन सक्ने र त्यसैको कारणले पनि त्यस क्षेत्रमा बारम्बार दुर्घटना भैरहेको अवस्थालाई मध्येनजर गरेर नारायणवली पाठ गर्न लागिएको र यो पाठले त्यसरी मृत्यु भएकाहरुको आत्माको मुक्ति पनि हुने र संस्कृतिको समेत संरक्षण हुने उहांले बताउनु भयो ।
एक दिने उक्त कार्यक्रममा १५ जना ब्राह्मणले पाठ पारायण गर्नेछन् । उक्त कार्यक्रमकालागि करिव १ लाख रुपैंया लाग्ने र त्यो खर्च आफैले व्यहोर्ने ज्ञवालीले जानकारी गराउनु भयो । यद्यपी त्यस क्षेत्रमा दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिका परिवारले सहयोग गर्न खोजेमा भने त्यो सहयोग स्वीकार गर्ने पनि उहाँले जानकारी गराउनु भयो ।

≪ Previous Post

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको सँख्या १२ पुग्यो

Next Post ≫

पश्चिमाञ्चल यातायात व्यवसायी समितिद्धारा मृतक कर्मचारी परिवारलाई २ लाख राहात प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क