काठमाडौँ २३ असोज।
निर्वतमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ। ब्लड प्रेसरमा समस्या देखिएपछि सभामुख महरालाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो ।
केहि दिन अघि संसद सचिवालयका कर्मचारी रोशनी शाही माथि बलात्कारको प्रयास गरेको आरोपमा महरालाई निवासबाटै प्रहरीले पक्राउ गरेको थियो । महरालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको थियो ।विहिवार सरकारी वकिलको कार्यालयमा वयान लिए पछि महरालाई अस्पताल लगिएको हो ।