रामकुमार श्रेष्ठ
नवलपरासी, २३ असोज । नवलपरासीको कावासोती १६ डण्डामा बुधबारराति बस र बोलेरो जिप एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौंबाट पश्चिमका लागि हिडेको ना ७ ख ५८१५ नं. को बस र नवलपरासीको गोपीगञ्जबाट केरा लिएर नारायणगढतर्फ जांदै गरेको लु २ च ६०७० नम्बरको बोलेरो जिप ठक्कर खाँदा बलेरो चालकको निधन भएको हो ।
बोलेरो चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा बोलेरो चालक पश्चिम नवलपरासीको साविक जमुनिया गाविस ४ निवासी २५ बर्षीय बलिराम सुनार रहेका छन् । सुनारको शब जिप भित्रै च्यापिएकाले निकाल्न समेत कठिन भएको प्रहरीले जनाएको छ ।

राति साढे १०ः३० बजे दुर्घटना भएको भए पनि मृतकको शव राति सवा १ बजेतिर मात्र बोलेरोबाट निकालिएको घटना स्थलमा खटिएका ट्राफिक प्रेम श्रेष्ठले बताए ।
बोलेरोमा एक जना, बस चालक र बसका एक जना महिला यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बस डण्डामा रहेको छ । बस चालक र बसका यात्रु महिला दुबै जना उपचार पछि घर फर्किएका छन् ।
