बुटवल, १५ असोज । नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ (काउन) रुपन्देहीले आज (बुधबार) विजया दशमीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ ।
संघको कार्यालय बुटवल कालिकानगरमा भएको शुभकामना आदान प्रदान कार्यकममा बोल्ने वक्ताहरुले दशैं, तिहार र छठ जस्ता पर्वलाइ भड्किलो नबनाई समाजमा आपसी सदभाव तथा भाइचाराको सम्बन्ध स्थापित गर्ने पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै काउनका केन्द्रिय अध्यक्ष जेवि गुरुङले पछिल्लो समय चाडपर्वहरु भड्किलो बन्दैजाँदा त्यसले श्रमिक तथा मजदुर बर्गलाइ समस्यामा पारेको बताउनुभयो ।
स्वस्थ र सभ्य तरिकाले चार्डपर्वहरु मनाउनु पर्नेमा जोड दिदै अध्यक्ष गुरुङले श्रमिक बर्गको उत्थान र हक अधिकारका पक्षमा काउनले सदैब आवाज उठाउने बताउनुभयो ।
कार्यक्रममा काउनका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ओमप्रकाश चौधरी, ट्रेड युनियन काँग्रेस प्रदेश ५ का बरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बेलबासे, काउनका जिल्ला अध्यक्ष बिर बहादुर लामा, ट्रेड युनियनका जिल्ला कोषाध्यक्ष तथा काउन बुटवलका अध्यक्ष सूर्यदेव दास, प्रेस युनियन रुपन्देहीका सभापति रेखा भुसाल, काउन जिल्ला सचिव हिरा थापा, सहसचिव नरसिंह राव, भागमनी चौधरी, देवबहादुर थापा, लगायतले बोल्दै दशैं, तिहार र छठ जस्ता पर्वको साँस्कृति महत्वलाइ जोगाउंदै पर्वहरुलाइ सभ्य रुपमा मनाउनु पर्नेमा जोड दिनुभयो ।