Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ दशैं सस्तो बजारमा सामान किन्ने र नयाँ नोट साट्नेको भिड
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

दशैं सस्तो बजारमा सामान किन्ने र नयाँ नोट साट्नेको भिड

संसारपोस्ट संवाददाता · १५ आश्विन २०७६ · 0
दशैं सस्तो बजारमा सामान किन्ने र नयाँ नोट साट्नेको भिड
100
SHARES
ShareTweet

एकैदिन १५ लाखको कारोवार, सबै स्टलमा सरदर ५० हजारको विक्री



बुटवल, १५ असोज । बुटवल उद्योग बाणिज्य संघले संघ परिसर बुटवल बालमन्दिरमा सञ्चालन गरेको दशैं सस्तो बजारमा बुधबार १५ लाखको कारोवार भएको छ । दशैं सस्तो बजारमा ३० वटा स्टल रहेको र ती स्टलमा सरदर ५० हजार रुपैंयाँका दरले सामान खरिद बिक्री भईरहेको दशैं सस्तो बजार समितिका सदस्य तथा बुटवल उद्योग बाणिज्य संंघका कार्यसमिति सदस्य बसन्तप्रसाद ढकालले जानकारी गराउनु भयो । उहांका अनुसार बुधबार मात्र ५ हजार उपभोक्ता दशैं बजारमा आए ।
दशैं सस्तो बजारमा विशेषगरी दैनिक उपभोग्य बस्तुमा उपभोक्ताको भिड छ । त्यस्तै नयाँ नोट साट्नकालागि पनि सर्वसाधारणको भिड बढेको छ । नेपाल राष्ट्र बैंकको सहयोगमा बुटवल उद्योग बाणिज्य संघले नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ । संघले दैनिक प्रतिव्यक्ति ५ हजार ५ सय रुपैंयाँका दरले २ सय जनालाई नयाँ नोट सटहीको व्यबस्था मिलाएको छ भने बुधबार ३ सय जनालाई नयाँ नोट सटही गरिएको संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो । नयाँ नोट सटहीकालागि ग्लोवल आईएमई बैंकले सस्तो बजारमा स्टल राखेर सहयोग गरेको छ ।
दशैं सस्तो बजारमा मंगलबारदेखि छपियाको माछा बिक्री वितरण गरिएको छ भने बुधबारदेखि जुम्लाको स्याउ समेत बिक्री वितरण गरिएको छ । त्यस्तै लोकल कुखुरा, टर्की, कुखुराको अण्डा समेत सुलभ मुल्यमा बिक्री वितरण गरिएको छ ।
दशैं सस्तो बजारमा साल्ट ट्रेडिङ्ले चिनी र नुन, डिडिसीले दुग्धजन्य उत्पादन तथा अन्य स्टलहरु मार्फत तेल, चिया, साबुन, मसला लगायतका दैनिक उपभोग्य बस्तुहरु सुलभ मुल्यमा उपलब्ध गराईएको बुटवल उद्योग बाणिज्य संघका कोषाध्यक्ष बिमलराज भट्टराईले जानकारी दिनुभयो । उहाँले दशैं सस्तो बजारमा राखिएका सामग्रीहरु सस्तो मात्रै नभएर गुणस्तरीय पनि भएकाले संघले सञ्चालन गरेको बजारको फाईदा लिन सबैलाई आग्रह गर्नुभयो ।
यहि असोज १२ गते घटस्थापनादेखि सुरु भएको दशैं सस्तो बजार असोज १७ गतेसम्म सञ्चालन गरिने छ ।

≪ Previous Post

काउन रुपन्देहीमा शुभकामना आदान प्रदान

Next Post ≫

२०७६ साल असोज १६ गते बिहिवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क