बुटवल, १५ असोज । आज अन्तर्राष्ट्रिय अहिंसा दिवस । अन्तर्राष्ट्रिय अहिंसा दिवस विभिन्न कार्यक्रम गरि विश्वभर मनाईदैछ ।
विश्वभर अशान्ति, आतङ्कवाद र हिंसा बढ्दै गएको सन्दर्भमा सन् २००७ को संयुक्त राष्ट्रसंघको महासभाले सर्वसम्मतिले महात्मा गान्धीको जन्म जयन्तीको अवसर पारेर प्रत्येक बर्षको अब्टोबर २ लाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रुपमा मनाउने घोषणा गरेको थियो ।
सन २००८ देखि नेपालसहित राष्ट्र संघका १ सय ९३ सदस्य राष्ट्रले अहिंसा दिवस मनाउन सुरु गरेका हुन् । यो दिवस नेपालमा पनि सन् २००८ देखि नै मनाउन थालिएको हो ।
आजैको दिनलाई भारतमा गान्धी जयन्तिको रुपमा मनाउने गरिन्छ । अहिंसावादी नेता गान्धीकै सक्रियतामा भारत औपनिवेशवाट स्वतन्त्र भएको थियो । गान्धीको जीवन यात्राले विश्व जगत्लाई अहिंसाका लागि प्रेरित गरेको छ ।