Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पताल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पताल

संसारपोस्ट संवाददाता · १३ आश्विन २०७६ · 0
बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पताल
50
SHARES
ShareTweet

तिनाउ ईन्टरनेशनल हस्पिटलको सेवा शुरु



बुटवल, ८ असोज । प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा प्रदेशकै पहिलो ट्रमा अस्पतालको रुपमा तिनाउ इन्टरनेशनल हस्पिटल प्रा.लि.ले सेवा शुरु गरेको छ । बुटवल सुख्खानगरमा आफ्नै भवनमा अस्पतालले सोमबारदेखि प्रारम्भिक सेवा शुरु गरेको हो ।
अस्पतालको यहि असोजको अन्तिम साता औपचारिक उद्घाटन गर्ने तयारी गरिएको अस्पतालका अध्यक्ष करुण खनालले जानकारी गराउनु भयो ।
यस क्षेत्रका बिभिन्न पेशा व्यबसायमा रहेका युवाहरुको १६ करोड लगानीमा अस्पताल सेवा सुरु गरिएको उहाँले जानकारी गराउनु भयो । यस क्षेत्रमा न्यूरो र ट्रमाको स्तरीय सेवा नभएकाले र यहाँका जनताको आधारभूत आवश्यकता पूरा गर्नकालागि न्यूरो र ट्रमालाई लक्षित गरेर बिशेषज्ञ सेवा सुरु गरिएको हो ।
‘बुटवल तथा आसपासका जनता सामान्य उपचारकालागि पनि काठमाण्डौ या बिदेश जानुपर्ने बाध् यता रहेको र घरआँगनमै सेवा दिन सकियो भने छिटो छरितो स्वास्थ्य सेवा र बाहिर लैजाँदा हुने फजुल खर्च समेत रोक्न सकिने भएकाले यहिका जनताको सेवाकालागि अस्पताल सञ्चालन गरिएको हो ।’ अध्यक्ष खनालले भन्नुभयो ।
विशेषज्ञ सेवा प्रदान गर्नेगरी सञ्चालनको तयारी गरिएको उक्त अस्पतालमा हाडजोर्नी तथा ट्रमा, नसा तथा स्पाईनल सर्जरी, न्यूरो सर्जरी, स्त्री रोग तथा प्रसुती, जनरल तथा न्यूरो सर्जरी, नाक कान घाँटी, म्याक्सीयोफेसीयल सर्जरी, वाल रोग तथा फिजियोथेरापी सेवा प्रदान गरिने उहाँले बताउनु भयो । त्यस्तै अस्पतालले इमर्जेन्सी सेवा, आईसीयु, प्रसुती, फार्मेसी, एम्बुलेन्स लगायतका सेवा २४ सै घण्टा प्रदान गर्ने जनाएको छ ।

≪ Previous Post

थप परियोजनाका लागि लगानी सम्भाव्यता खोजिँदै

Next Post ≫

चीनको आर्थिक विकासमा देशभक्ति मुख्य आधारस्तम्भ : मन्त्री गिरी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क