Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेण्टर स्थापना
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेण्टर स्थापना

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0
बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेण्टर स्थापना
70
SHARES
ShareTweet


बुटवल, १२ असोज । छाला रोगको उपचार गर्ने गरी रुपन्देहीको बुटवलमा लुम्बिनी स्कीन एण्ड लेजर सेन्टर स्थापना गरिएको छ । छाला, कपाल, यौनरोग लगायत छालासंग सम्बन्धित रोगहरुको उपचार गर्ने उद्वेश्यले लेजर सेन्टरको स्थापना गरिएको सञ्चालक हिमलाल ज्ञवालीले जानकारी गराउनुभयो ।
बुटवलको रामनगरमा सञ्चालन गरिएको लेजर सेण्टरको आइतबार प्रदेश पाँचका सामाजिक विकास मन्त्री शुदर्शन बरालले एक कार्यक्रमबीच उद्घाटन गर्नुभयो । सोही कार्यक्रममा बोल्दै मन्त्री बरालले स्वास्थ्य सेवाको पहुंचलाई दुरदराजमा पुराएर जनताको सेवा गर्नुपर्ने बताउनुभयो । उहांले चिकित्सा विज्ञानले सफलता हासिल गरेको उल्लेख गर्दै स्वास्थ्यसेवालाई नाफासंग जोड्न नहुनेमा जोड दिनुभयो ।


स्वास्थ्य सेवालाई सहज तथा सर्वशुलभ बनाउन प्रदेश सरकार प्रतिवद्व भएको उल्लेख गर्दै मन्त्री बरालले स्वास्थ्य सेवाका लागि सरकारले नीजि क्षेत्रसंग सहकार्य गर्ने बताउनु भयो ।
प्रदेश सांसद माधव शर्मा र भोजप्रसाद श्रेष्ठले मानिसको सबै भन्दा ठूलो र महत्वपुर्ण कुरा स्वास्थ्य भएकाले स्वास्थ्य सेवाका लागि प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
कार्यक्रममा डाक्टर विक्रम ज्ञवाली, डाक्टर जश्मान शाक्य, डाक्टर नन्दा गुरुङ लगायतले बोल्दै लेजर सेण्टर खोल्नु कमाउने उद्वेश्य मात्र नभइ सेवा दिने उद्वेश्य रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ रुपन्देही उपाध्यक्ष निरु गौतम, पत्रकार वालकृष्ण चापागाई, वरिष्ठ अधिवक्ता तेजप्रसाद कडेल, पुनाराम पोखरेल लगायतले बोल्दै गुणस्तरीय सेवा दिन आग्रह गर्नुभयो । यमबहादुर थापाको अध्यक्षता र ऋषि आजादको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

दशैंको अवसरमा दुर्गा पूजा महोत्सव शुरु

Next Post ≫

संविधान संशोधन नभए सडक आन्दोलन : अशोक राई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क