Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ जागृति र हाम्रो सगरमाथा सहकारी एकीकरण हुंदै
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जागृति र हाम्रो सगरमाथा सहकारी एकीकरण हुंदै

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0
जागृति र हाम्रो सगरमाथा सहकारी एकीकरण हुंदै
70
SHARES
ShareTweet


बुटवल, १२ असोज । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर दुईमा सञ्चालित जागृति बचत तथा ऋण सहकारी संस्था लिमिडेट र हाम्रो सगरमाथा सहकारी एकीकरण हुने भएका छन् ।
दुवै सहकारीले आफ्नो वार्षिक साधारणसभा मार्फत एकीकरणमा जाने प्रस्ताव पारित गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर दुईमा सञ्चालित जागृति बचत तथा ऋण सहकारी संस्था लिमिडेटको आईतवार भएको १५ औं वार्षिक साधारणसभाले हाम्रो सगरमाथा सहकारीसंग एकता तथा एकीकरण गर्ने प्रस्ताव पारित गरेको छ ।
जागृति बचत तथा ऋण सहकारी संस्थाको साधारणसभाले चालु वर्ष शैक्षिक तथा अन्य रचनात्मक कार्यक्रमलाई निरन्तरता दिने, शेयर सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गर्ने लगायतका प्रस्ताव पारित गरेको अध्यक्ष बेलप्रसाद शर्माले जानकारी दिनुभयो ।
सोही कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालिका सहकारी प्रमुख माधव पोखरेलले आयमूलक क्षेत्रमा सहकारीहरुले लगानी बढाउनु पर्ने बताउनुभयो । सहकारीले क्रमस आर्थिक रुपमा आत्मनिर्भर बन्न सहयोग गर्ने भएकाले हरेक मानिसलाई सहकारीमा आवद्व गर्नुपर्नेमा उहांले जोड दिनुभयो । सहकारीलाई राज्यले तीन खम्बे अर्थनीतिको रुपमा अंगीकार गरेकाले आर्थिक विकासमा सहकारीको भूमिका महत्वपूर्ण रहने उहांले बताउनु भयो ।
कार्यक्रममा जनजागृति माध्यामिक विद्यालयका प्रधानाध्यापक टंकप्रसाद पौडेल, हाम्रो सगरमाथा सहकारीका अध्यक्ष गुरुप्रसाद पौडेल, टाकुरा सहकारीका अध्यक्ष रमेश ज्ञवाली, सल्लाहाकार लोकनाथ पाण्डे, यादवनाथ आचार्यलगायतले बोल्नुभएको थियो ।
साधारणसभाले अध्यक्ष बेलप्रसाद शर्माले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष मनिराम भट्टराईले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको छ ।
दुवै सहकारीको वार्षिक साधारण सभाले दुई सहकारी संस्था एकिकरण गर्ने प्रस्ताव पारित गरेकाले एकिकरण गर्नेगरी तयारी गरिने सहकारीका लेखा समिति संयोजक विष्णु गैरेले जानकारी गराउनु भयो ।

≪ Previous Post

रोटरी क्लबको १२७९ औं बैठक सम्पन्न

Next Post ≫

दशैंको अवसरमा दुर्गा पूजा महोत्सव शुरु

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क