Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रोटरी क्लबको १२७९ औं बैठक सम्पन्न
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रोटरी क्लबको १२७९ औं बैठक सम्पन्न

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0
रोटरी क्लबको १२७९ औं बैठक सम्पन्न
60
SHARES
ShareTweet


बुटवल, १२ असोज । रोटरी क्लब अफ बुटवलको नियमित बैठक शनिवार बुटवलमा सम्पन्न भएको छ । १२७९ औं सो बैठकमा विभिन्न विषयमा छलफल भएको जनाइएको छ ।
क्लबका कार्यबाहक अध्यक्ष प्रा. डा. ताराप्रसाद उपाध्यायको अध्यक्षतामा बसेको बैठकले आइतवार परेको विश्व मुटु दिवशका अवसरमा बुटवलमा आयोजना हुने प्रभातफेरी लगायतका कार्यक्रममा विषेश महत्व दिदै सम्पूर्ण रोटरियनहरुलाई सहभागिताका लागि लागि अनुरोध गरेको छ ।
आइतवार विश्व मुटु दिवशका अवसरमा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालबाट प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ ।
यसैगरि बैठकमा विजनेश एजेण्डामा विशेष अतिथिका रुपमा बोलाइएका रुपन्देही उद्योग संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उद्योगको विकास र प्रवद्र्धन गर्दै इमान्दारिताका साथ काम गर्न आग्रह गर्नु भयो ।
सो अवसरमा रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष तथा मुटु अस्पतालका सञ्चालक वोनिन पियाले अस्पतालका बारेमा जानकारी गराउनु भएको थियो । मुटु अस्पतालमा रोटरी क्लब अफ बुटवलको पहलमा करिव ६ करोड बराबरको क्याथ ल्याब सामाग्री व्यवस्थापन गरिएको छ ।
बैठकमा क्लबका निर्वतमान अध्यक्ष डा. नारायण पन्त, मणीरत्न पाण्डे र सावि विष्टले शिक्षा सम्बन्धमा गरिएका कार्यक्रमको समिक्षा गर्दै जानकारी गराउनु भएको थियो । बैठकमा स्वागत मन्तव्य शारदा ज्ञवालीले तथा धन्यवाद ज्ञापन निर्मल प्रसाद लाकौलले गर्नु भएको थियो ।

यस्तै रोटरी क्लब अफ बुटवलको बार्षिक कार्यक्रम अन्तरगत सैनामैना नगरपालिकाको भाटामा शिक्षक क्षमता अभिवृद्धि सेमिनार सम्पन्न भएको छ ।
रोटरी इन्टरनेशनलको साक्षरता अभियानलाई अगाडी बढाउने लक्ष्यसहित आयोजित एक दिने गोष्ठिमा शिक्षालाई गुणस्तरिय बनाउन शिक्षकहरुले निर्वाह गर्नुपर्ने भूमिकाका बारेमा छलफल भएको थियो ।
कार्यक्रममा गोष्ठिका संयोजक राजेन्द्र बहादुर जिसीले शिक्षक पेशालाई उत्प्रेरण जगाउने विषयमा प्रस्तुति राख्नु भएको थियो । कार्यक्रममा डा. नारायण प्रसाद पन्थले प्रभावकारी शिक्षण विधिका विषयमा जानकारी गराउनु भएको थियो ।
रोटरी क्लब अफ बुटवलका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षता दया भण्डारीको स्वागत र कावा सचिव शिव कुमार ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा शिक्षा पेशामा लामो अनुभव संगाल्नु भएका न्यू होराइजनका प्राचार्य लोकनाथ उपाध्यायले आफ्नो अनुभवका बारेमा जानकारी गराउदै शिक्षण पेशालाई कसरी चुस्त, दुरुस्त र प्रभावकारी ढंगले अगाडी बढाउने भन्ने सम्बन्धमा प्रस्तुती राख्नु भएको थियो । कार्यक्रममा सो क्षेत्रका १५ जना शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।

≪ Previous Post

मसलन्द उद्योग संघद्वारा शैक्षिक सामाग्री वितरण

Next Post ≫

जागृति र हाम्रो सगरमाथा सहकारी एकीकरण हुंदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क