Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मसलन्द उद्योग संघद्वारा शैक्षिक सामाग्री वितरण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मसलन्द उद्योग संघद्वारा शैक्षिक सामाग्री वितरण

संसारपोस्ट संवाददाता · १२ आश्विन २०७६ · 0
मसलन्द उद्योग संघद्वारा शैक्षिक सामाग्री वितरण
60
SHARES
ShareTweet

बुटवल, १२ असोज । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ ५ नं. प्रदेश समिति तथा बुटवल क्षेत्रिय समितिको आयोजनामा पाल्पाको तिनाउ गाउँपालिका वडा नं. २ बडहरेमा रहेको बालज्योती प्रा. वि. मा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
उद्योग संघको पहलमा सो विद्यालयमा अध्ययनरत ५२ गरिव विद्यार्थीहरुलाई झोला, कपी, पेन, पेन्सील तथा अन्य सामाग्री वितरण गरिएको हो । विद्यालय हातामा आयोजित एक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष ओम बहादुर घर्तीले ती सामाग्री विद्यार्थीहरुलाई वितरण गर्नु भएको थियो ।
त्यस अवसरमा बोल्दै अध्यक्ष घर्तीले ग्रामीण क्षेत्रमा रहेका विद्यालयहरुमा अध्ययन गर्ने वालवालीकाहरु शैक्षिक सामाग्रीहरुको अभावमा शिक्षा आर्जन गर्न विवस भएको अवस्थामा सानो सहयोगको रुपमा प्राप्त सामाग्रीेले ठूलो राहात प्रदान गर्ने विश्वास व्यक्त गर्नु भयो । उहाले गाउँका विद्यालयहरुको स्तरबृद्धिका लागि गाउपालिकाले सक्दो प्रयास गरेको बताउदै त्यसमा संघसंस्थाहरुले हातेमालो गरिदिन आग्रह गर्नु भयो ।
कार्यक्रममा नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघका केन्द्रीय सदस्य मेघनाथ अधिकारीले व्यवसायीहरु नाफा कमाउनेतर्फ मात्र नलागेर सामाजिक उत्तरदायित्वमा समेत सहभागि हुदै आएको बताउदै स्कूललाई सानो सहयोग दिन पाएकोमा गर्व महसुस भएको धारणा राख्नु भयो ।


नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघ बुटवलका अध्यक्ष नारायण न्यौपानेको अध्यक्षता संघका प्रदेश सचिव कमल नेपालको संचालन तथा केन्द्रीय सदस्य लक्ष्मण न्यौपानेको स्वागतमा भएको कार्यक्रममा गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद मल्ली, विद्यालयका प्रधानाध्यापक राजकुमार गाहा लगायत बोल्नु भएको थियो ।
त्यस अवसरमा नेपाल मुद्रण महासंघका केन्द्रीय सदस्य राजु गैरेले विद्यालयलाई खेलकुद सामाग्रीहरु प्रदान गर्नु भएको थियो । संघले करिव १ लाख मुल्य बराबरको शैक्षिक सामाग्री विरतण गरेको जनाएको छ ।

≪ Previous Post

पब्लिक स्पिकरको उपाधी सिद्धार्थका सुभासलाई

Next Post ≫

रोटरी क्लबको १२७९ औं बैठक सम्पन्न

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क