Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ मारवाडी महिला मन्चद्वारा सहयोग तथा सम्मान
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मारवाडी महिला मन्चद्वारा सहयोग तथा सम्मान

संसारपोस्ट संवाददाता · १० आश्विन २०७६ · 0
मारवाडी महिला मन्चद्वारा सहयोग तथा सम्मान
60
SHARES
ShareTweet

बुटवल, १० असोज । सामाजिक सेवाामा अग्रसरता बढाउने उद्देश्यका साथ मारवाडी महिला मन्च रुपन्देहीले बुटवल ८ बेसक्पाम्प स्थित जनता माध्यमिक विद्यालयमा बिद्यार्थी सम्मान तथा सहयोग कार्यक्रम सम्पन्न गरेको छ । मारवाडी महिला मन्च रुपन्देहीकी अध्यक्ष रेखा मालपानीको जन्मदिनको अवसरमा उक्त सामुदायिक बिद्यालयमा अध्ययन गर्ने बालबालीकाहरुलाई भोजन गराउनुका साथै एसईई उत्तिर्णलाई सम्मान तथा उपहार प्र्रदान आदी कार्यक्रम गरिएको हो ।
सो अवसरमा बोल्दै बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष जेबि गुरुङ्गले शिक्षाको गुणस्तर बृद्धिका लागि सबैको सहयोग आवश्यक रहेको चर्चा गर्दै सहयोगि हातहरु अपरिहार्य रहेको बताए । बिद्यालयकी प्रधानाध्यापक आशा थापा बस्नेतले बिद्यालयको बिकास र गुणस्तररिय शिक्षाका लागि समुदायको भुमिका महत्वपुर्ण हुने धारणा ब्यक्त गरेकी थिईन । कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी महिला संगठनकी केन्द्रिय सचिव समेत रहेकी रेखा मालपानीले बिगतदेखि बिद्यालयलाई प्रदान गरिँदै आएको सहयोग निरन्तर जारी राखिने प्रतिबद्धता जनाउनु भयो ।
अध्यक्ष मालपानीका अनुसार बिगतमा बिद्यालयमा रहेको खानेपानी समस्या समाधानका लागि २ लाख रुपैयाँको लगानीमा खानेपानी ट्यांकी निर्माण गरिएको थियो । बिद्यालयको आग्रहमा बिद्यार्थीहरुका लागि डेस्क बेन्च, स्टेशनरी लगाएतका शैक्षिक समाग्री समेत प्रदान गरिएको बताउदै केन्द्रिय सचिव मालपानीले निकट भविष्यमै बिद्यालय परिसरमा सरस्वतीको मन्दिर निर्माण गरि बिद्यालयलाई हस्तान्तरण गरिने पनि जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा उपाध्यक्ष सजना मित्तल, सचिव प्रिती अग्रवाल, सदस्यहरु सुनन्दा मालपाली, रतिका जाजोदिया, रुपम महेश्वरी, पुनम पोदार, सुमिता रुङ्गटा लगाएतले मारवाडी समुदायले सामाजिक क्षेत्रमा पुराएको योगदानको चर्चा गर्दै शिक्षा क्षेत्रमा थप सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन ।

≪ Previous Post

मोटरसाईकल चोरीमा संलग्न ३ जना पक्राउ

Next Post ≫

सिमलीद्वारा अक्ष्यकोष स्थापना र स्वासथ्य शिविर आयोजना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क