बुटवल ७ असोज
नवलपुरको कावासोतीमा सोमबार राती ट्रकले कारलाई ठक्कर दिँदा ज्यान गुमाएका ५ जनाको सनाखत भएको छ ।
सोमबार राती कावासोती नगरपालिकाको खरकट्टा जङ्गलस्थित पूर्वपश्चिम राजमार्गमा लु १ ख ८५३२ नंको ट्रक र बा २१ च ६४०९ नं को कार एकापसमा ठोक्किँदा कारमा सवार पाँच जनाको मृत्यु भएको थियो ।
मृत्यु हुनेमा देबचुली नगरपालिका वडा नम्वर १ केउरेनीका ३५ बर्षीय दिपक भन्ने पूर्णबहादुर बिश्वकर्मा, देबचुली ५ बस्ने दिल बहादुर ढेगाँ मगर, देबचुली नगरपालिका वडा नम्वर १० पृथ्वीनगरका दिपेश राना र हिरा राना र कैलालीका सुरज रानामगर रहेको प्रहरी नायब उपरीक्षक अर्जुन रानाभाटले बताउनु भयो । ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको र घटना बारे थप अनुसन्धान भैइरहेको प्रहरीले जनाएको छ ।