Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ प्रदेश समन्वय परिषद्को तेस्रो बैठक: ग्रामिण ईलाकामा बम र आगजनिका घटनाले सूरक्षा चुनौती बढेको गुनासो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्रदेश समन्वय परिषद्को तेस्रो बैठक: ग्रामिण ईलाकामा बम र आगजनिका घटनाले सूरक्षा चुनौती बढेको गुनासो

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0
प्रदेश समन्वय परिषद्को तेस्रो बैठक: ग्रामिण ईलाकामा बम र आगजनिका घटनाले सूरक्षा चुनौती बढेको  गुनासो
160
SHARES
ShareTweet

बुटवल,७ असोज
प्रदेश समन्वय परिषद्को तेस्रो बैठकले २६ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ ।

बैठकले चालू आर्थिक बर्षमा प्रदेश तथा स्थानीय तहहरुले निर्धारण गरेका नीति कार्यक्रम तथा वजेटको कार्यान्वयन गर्दा प्रदेशका कार्यालयहरु तथा स्थानीय तहहरुबीच पर्याप्त समन्वय सहकार्य गरी आर्थिक अनुशासन र कामको गुणस्तर कायम गर्ने गरी सालबसाली प्रकृतिका आयोजनाको हकमा आर्थिक बर्षको जेठ मसान्त सम्म सम्पन्न गर्ने,कृषि उत्पादनमा बृद्धि गर्न आवस्यक रोग किराको नियन्त्रण,बीउ,मलको व्यवस्थापनबीउ बैंकको स्थापना,बिशेषज्ञ सेवा, कृषि तथा पशु पंक्षीजन्य उत्पादनको गुणस्तर नियमन जस्ता बिषयहरुमा सहकार्यका लागि प्रदेश र स्थानीय तहले समन्वय गर्न स्थानीय तहमा संयुक्त संयन्त्र निर्माण गर्ने,स्थानीय तहहरुसँग समन्वयका लागि प्रदेश सरकारका सबै मन्त्रालयका सम्पर्क व्यक्तिहरुबीचको समन्वयको कार्य मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले गर्ने,प्रदेश सरकार र स्थानीय सरकारले योजना तथा कार्यक्रम निर्माण गर्दा भौतिक विकासका अतिरिक्त सिमान्तकृत समुदाय,जेष्ठ नागरिक,अपाङ्गता भएका व्यक्ति,एकल महिला,बालबालिका,द्धन्द प्रभावित र बेपत्ता व्यक्तिहरुका परिवारहरुका लागि सेवा प्रवाहको बिशेष व्यवस्था गरी सहज र सरल रुपमा सेवा उपलब्ध गराउने लगायत २६ बुँदे निर्णय गरेको हो ।

मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयको आयोजनामा भएको बैठकमा सहभागिहरुले उठाएका प्रश्नहरुको जवाफ दिदै मुख्यमन्त्री शंकर पोखरेलले आगामि बैठकमा यस अघिका बैठकले गरेका निर्णयहरु कार्यान्वयनको अवस्थाका बारेमा समिक्षा गरिने बताउनु भयो ।

मुख्यमन्त्री पोखरेलले बैठकले गरेका निर्णयहरु कार्यान्वयन गर्ने तर्फ सम्बन्धित निकाय जिम्मेवार हुनुपर्नेमा जोड दिनु भयो ।

बैठकमा सहभागिहरुले प्रदेश सरकार,स्थानीय तह र संघीय सरकारबीच समन्वय र सहकार्य नहुदा कतिपय कुरामा अन्यौलता छाएको भन्दै संबिधानमा व्यवस्था गरिएको तिन तहका सरकारहरुबीच सहमति सहकार्य र सह अस्थित्वको कुरा व्यवहारमा लागु गर्न आग्रह गर्नु भएको छ ।

बैठकमा बोल्ने अधिकांस गाउपालिकाका प्रमुखहरुले ग्रमिण स्थानमा अहिले बम र आगजनिका घटनाले सूरक्षा चुनौती बढेको भन्दै राजनीतिक रुपमा समस्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए ।

त्यस्तैगरी बैठकमा कृषि प्रधान मुलुक नेपालका किशानहरुले समयमा मल खाद नपाउने गुनासो गरेको भन्दै पर्याप्त मलखाद र बीउ बिजनको व्यवस्था मिलाउन आग्रह गरेका थिए ।

≪ Previous Post

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको समापन आज

Next Post ≫

नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा कारमा सवार मृत्यु भएका पाँचै जनाको सनाखत

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क