Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको समापन आज
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको समापन आज

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0
नेपाली काँग्रेसको राष्ट्रिय जागरण अभियानको समापन आज
70
SHARES
ShareTweet

रुपन्देही काँग्रेसले भैरहवामा विरोध प्रदर्शन सहित सभा गर्ने



बुटवल, ७ असोज । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले देश ब्यापी रुपमा संचालन गरेको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आज समापन गरिदै छ । जननायक बिपी कोइरालाको १०६ औँ जन्मजयन्तीको अवसर पारेर भदौ २४ गतेबाट देशभर एकसाथ शुरु भएको जागरण अभियान आज जिल्लामा विरोध सभा गरेर समापन गर्न लागिएको हो ।
विपीको जन्मजयन्तीको अवसरमा सबै प्रदेशसभा निर्वाचन क्षेत्रका तोकिएको स्थानमा १०६ बिरूवा रोपेर जागरण अभियानको शुभारम्भ गरिएको थियो । देशका ३ सय ३० वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको जागरण अभियानमा खटिएका केन्द्रिय प्रतिनिधिहरुले सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधि पार्टीको आगामी रणनीतिका बारेमा कार्यकर्ताहरुलाई वडास्तरमा भेला गरेर जानकारी गराएका थिए ।


जागरण अभियान अन्तर्गत नेपाली काँग्रेस तिलोत्तमा नगर समिति रुपन्देहीले सोमबार मंगलापुर स्थित राम जानकी मन्दिरमा सामाजिक संवाद कार्यक्रम सम्पन्न गरेको छ ।
जागरण अभियान अन्तर्गत गरिएको कार्यक्रममा बोल्ने नेपाली काँग्रेसका नेताहरुले बढ्दो महङ्गी, भ्रष्टाचार, महिला हिंसा, बलात्कार र हत्या, जनतामा करको बोझ, देशमा नेकपाको दुई तिहाईको सरकार वनेपछि मौलाउदै गएको विकृति, विसंगती र अत्याचारका विषयमा धारणा राखेका थिए ।
नगर सभापति हरिलाल पाण्डेको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति अब्दुल रज्जाकले दुई तिहाईको दम्भका साथ सरकार अगाडि बढेको र गरिव, किसान र ब्यापारी माथि कर आतंक मच्चाएको आरोप लगाउनु भयो ।


उहांले मुलुकमा भ्रष्टाचार मौलाउदै गएको, शान्ति सुरक्षाको अवस्था नाजुक रहेको र सरकार विधिको शासन र संविधानको मर्म विपरित चलेकाले मुलुकमा विधिको शासन स्थापन गर्न र सरकारका जनविरोधि गतिविधिको भण्डाफोर गर्न काँग्रेसले जागरण अभियान चलाएको वताउनु भयो ।
नगर कोषाध्यक्ष जगत पौडेलको स्वागत र सचिव शिव गैरेको संचालनमा भएको कार्यक्रममा प्रदेशसभा सदस्य निर्मला क्षेत्री, याकुव अन्सारी, केन्द्रिय प्रतिनिधि माधव नेपाल, काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणलगायतले बोल्दै प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा चरम भ्रष्टाचार भएको, मुलुकमा विकृति र विसंगतिले जरा गाडेको, अन्याय अत्याचार, बलात्कार र हत्याका घटनाहरु बढेको भन्दै सरकारका जनविरोधी कार्यका विरुद्ध सडक संघर्ष गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरु सदस्य निर्मला क्षेत्री, याकुव अन्सारी र माधव नेपाललाई पार्टीको तर्फबाट सम्मान पत्र प्रदान गरिएको थियो ।


यसैबिच नेपाली काँग्रेस रुपन्देहीले भैरहवामा विरोध प्रदर्शन सहित दोस्रो चरणको राष्ट्रिय जागरण कार्यक्रमको समापन गर्दैछ ।
सरकारले राष्ट्रियतामा आँच आउने काम गरेको, महंगी, भ्रष्टाचार र अनियमितता बढेको तथा महिला हिंसा, हत्याका विरुद्ध बिरोध प्रदर्शन गर्न लागिएको हो । यसलाई नेपाली काँग्रेसले शक्ति प्रदर्शनका रुपमा अगाडी बढाएको काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
भैरहवाको बुद्धचोकबाट सुरु हुने बिरोध प्रदर्शन मिलनचोक पुगेर बिरोध सभा गरिने छ । उक्त बिरोध प्रदर्शन कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य तथा पूर्व राज्यमन्त्री सीता गुरुङ् आउने कार्यक्रम छ । त्यस्तै उक्त कार्यक्रममा प्रदेश निर्वाचन क्षेत्रमा खटिएको केन्द्रीय प्रतिनीधिहरु, पार्टीका नेताहरु सहभागि हुने छन् ।

≪ Previous Post

ट्रक र कार ठक्कर खाँदा पूर्वी नवलपरासीमा पाँच जनाको मृत्यु

Next Post ≫

प्रदेश समन्वय परिषद्को तेस्रो बैठक: ग्रामिण ईलाकामा बम र आगजनिका घटनाले सूरक्षा चुनौती बढेको गुनासो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क