Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रोत्साहित गर्न ४१ वटा हरित गृह निर्माण
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रोत्साहित गर्न ४१ वटा हरित गृह निर्माण

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७६ · 0
प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रोत्साहित गर्न ४१ वटा हरित गृह निर्माण
110
SHARES
ShareTweet

बुटवल ७ असोज
बुटवल उपमहानगरपालिकाले प्राङ्गारिक तरकारी खेतीमा किसानलाई प्रेरित गर्न प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । नगरका खेतीयोग्य ठाउँमा किसानलाई तरकारी वाली लगाउने तरिका सिकाउनुका साथै अनुदानसमेत उपलव्ध गराइएको छ ।
प्राङ्गारिक तरकारी खेतीका लागि प्रशिक्षणका साथै पहिलो चरणमा ४१ वटा हरित गृह निर्माण गर्दै अभियान अगाडि बढाइएको बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले बताउनु भयो ।
प्राङ्गारिक तरकारीका लागि स्वस्थ वाली उत्पादन गरी दैनिक उपभोग गर्नुका साथै व्यवसायिकरण गर्ने उद्देश्यले गत आवदेखि नै यस्तो कार्यक्रमको शुभारम्भ गरिएको नगर प्रमुख सुवेदीले बतााउनु भयो ।
बुटवलको वडा नं. ११, १२, १३, १४, १५ , १६ र १८ का गरि ४१ जना किसानका लागि हरितगृह निर्माण गरि प्राङ्गारिक तरकारी खेतीमा प्रोत्साहन गरिएको छ । उपमहानगरमा प्रस्ताव पेश गरेका इच्छुक किसानहरुलाई छनौट गरेर पहिलो चरणको कार्यक्रममा समावेश गरिएको थियो ।
पुस्तौंदेखि चल्दै आएको प्राङ्गारिक खेती प्रणाली नै नेपालका लागि उत्तम विकल्प रहेको विज्ञहरूले बताइरहेका बेलामा बुटवलका केही वडाहरुबाट यस्तो अभियानको सुरुवात गरेको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताउनु भयो ।
वातावरणीय क्षेत्रको ह्रास हुने काममा मानवीय क्रियालाप नै पहिलो कारक बन्दै आएकाले यसलाई नियन्त्रण गर्नेखालका कार्यक्रम बुटवलमा सुरु गरिएको उहाँको भनाइरहेको छ ।
जस्तोसुकै मौसममा पनि फलाउन सकिने तरकारीको अध्यय्न गरि त्यसैको पकेट क्षेत्र बनाउने र संगसंगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख सुवेदीले बताउनु भयो । विषादीको बढ्दो र अव्यवस्थित प्रयोगलाई कम गर्दै प्राङ्गारिक खेती प्रवद्र्धन गर्न पनि बुटवलले जोड दिंदै आएको छ ।

सिजनल उत्पादन गरी रहेको अवस्थामा अव बेमौषमी तरकारी उत्पादन गरी आयआर्जनमा थप टेवा पुग्ने विश्वास गरिएको बुटवल ११ का किसान आत्माराम सापकोटाले बताउनु भयो ।
हरितगृह निर्माणका लागि बुटवल उपमहानगरपालिकासंग प्रदेश सरकारले पनि सहकार्य गरेको छ । यो कार्यक्रममा किसानहरुको पनि सामान्य लागत सहभागिता रहेको छ ।
४१ वटा हरित गृह अर्थात् ग्रीन हाउस निर्माणका लागि ५० लाख ११ अजार चार सय ३२ रुपैयाँ बजेट लगानी भएको छ । जस्मा प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने सबै किसानहरुको गरेर १३ लाख ७७ जहार आठ सय ५८ रुपैयाँ लगानी भएको छ । यो दुई आवको बजेट कार्यक्रम हो ।
बुटवलका वडा नं. १५ र १६ मा मात्रै १६ वटा हरितगृह निर्माण भएका छन् । यस्तै ११ मा दुई, वडा नं. १२ मा तीन, वडा नं. १३ मा एक, वडा नं. १४ मा तीन र वडा नं १८ मा पाँच वटा हरितगृह निर्माण भएको उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिनु भयो ।

≪ Previous Post

नवलपरासीको कावासोतीमा भएको दुर्घटनामा कारमा सवार मृत्यु भएका पाँचै जनाको सनाखत

Next Post ≫

तिलोत्तमा लगानी सम्मेलन : पाँचसय बढीलाई रोजगारी दिने परियोजनालाई १५ वर्ष कर छुट

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क