Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मुलुकमा लगानीको वातावरण नहुँदा उद्योगी व्यवसायी चिन्तित
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुलुकमा लगानीको वातावरण नहुँदा उद्योगी व्यवसायी चिन्तित

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0
मुलुकमा लगानीको वातावरण नहुँदा उद्योगी व्यवसायी चिन्तित
70
SHARES
ShareTweet


सरकारलाई नीजि क्षेत्रको सहकार्य जरुरी: मन्त्री गिरी
बुटवल ६ असोज
मुलुकमा लगानीको सम्भावना भएपनि वातावरण नहुँदा लगानीकर्ताहरु निरुत्साहित हुनु परेको उद्योगी व्यबसायीहरुले गुनासो गरेका छन् । सरकारले नीजि क्षेत्रलाई हेर्ने दृष्टिकोण प्रष्ट नभएको र यही तरिकाबाट सरकार अंगाडी बढ्ने हो भने सरकारले लिएको ‘समृद्ध मुलुक सुखी जनता’ नारा नारामै सिमित हुने उनीहरुको दावी छ ।
बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको सोमबार बुटवलमा सम्पन्न ६६ औं वार्षिक साधारण सभाको उद्घाटन समारोहमा बोल्ने अधिकांस वक्ताहरुले सरकारले लगानी आह्वान गरिरहेपनि लगानीमैत्री वातावरण बनाउन नसकेको औंल्याएका थिए । उनीहरुले मुलुकमा लगानी प्रवद्र्धन गर्ने ऐन कानुन बनाउन र अन्य वातावरण पनि सुदिृढ गर्न सरकारलाई आग्रह गरको छन ।

कार्यक्रममा बोल्दै प्रदेश पाँचका उद्योग पर्यटन बन तथा वाताबरण मन्त्री लिला गिरीले परिवर्तित राजनीतिक व्यबस्थालाई संस्थागत गर्ने काममा केही समय लागेको बताउँदै सरकारले नीजि क्षेत्रसंगको सहकार्य खोजेको बताउनु भयो । उहाँले नीजि, सामुदायिक र सहकारी क्षेत्रको साझेदारीमा समृद्धिको अभियान अंगाडी बढाउन खोजिएको बताउँदै देशलाई अग्रगतिमा गएको देख्न नचाहनेहरुले अनावश्यक हल्ला गरेर वातावरण विथोल्ने प्रयास गरेको टिप्पणी गर्नुभयो ।
यहाँको नीजि क्षेत्रबाट सरकारलाई पूर्ण सहयोग भएको औंल्याउँदै मन्त्री गिरीले प्रदेश सभा तथा सरकार स्थापनाकालागि नीजि क्षेत्रका संस्थाहरु उद्योग बाणिज्य संघ लगायतले आफ्ना कार्यालय रहेका भवनहरु सरकारलाई प्रदान गरेर उल्लेखनीय सहयोग गरेको बताउनु भयो । नीजि क्षेत्रको बिकासकै लागि सरकारले प्रदेश पाँचमा रुपन्देहीको मोतिपूर र बाँकेमा औद्योगिक क्षेत्र निर्माणको काम अंगाडी बढाएको बताउँदै मन्त्री गिरीले दाङ् र कपिलबस्तुको कृष्णनगरमा पनि औद्योगिक कोरिडोर निर्माण गर्ने प्रदेश सरकारको चाहना रहेको उल्लेख गर्नुभयो । उहाँले बुटवल धागो कारखाना पुरानौ टेक्नोलोजीमा सञ्चालन हुन नसक्ने र नयाँ टेक्नोलोजीमा सञ्चालनकालागि संघीय सरकारको साथ माग्नु भयो ।

त्यस अवसरमा नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष तथा बिशिष्ट सदस्य चण्डीराज ढकालले सरकारले कानुन तर्जुमा गर्दा नीजि क्षेत्रसंग प्रयाप्त छलफल नगर्ने गरेका कारण कायान्वयनमा समस्या भएको औंल्याउनु भयो ।
उहाँले बिकास र समृद्धिकालागि नीजि क्षेत्रसंग संवाद भन्दा पनि सरकारले ससक्त आन्दोलन खोजेको बताउँदै त्यसतर्फ तयार हुन आम उद्योग व्यबसायीलाई आह्वान गर्नुभयो ।
उहाँले सरकारले नीजि क्षेत्रसंग सहकार्य गर्न चाहन्छ भने बुदागत रुपमा आउन पनि सरकारलाई आग्रह गर्नुभयो । उत्तर दक्षिणमा भएको आर्थिक बिकासको अवसरबाट नेपाल वञ्चित भएको उल्लेख गर्दै सार्क चेम्बरका उपाध्यक्ष समेत रहनु भएका ढकालले प्रदेश पाँच सम्भावना पूर्ण प्रदेश भएकाले लगानीमैत्री कानुन र वातावरण बनाउने हो भने लगानी र पर्यटक ओईरिने दावी गर्नुभयो । ‘सरकारले गरेको लगानी सम्मेलनमा लगानीको प्रतिवद्धता नभएको होईन, तर अहिलेसम्म एउटा पनि परियोजना अंगाडी बढ्न सकेको छैन ।’ तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलन प्रति ईंगित गर्दै उहाँले भन्नुभयो–‘लगानीको वातावरण, त्यही अनुसारको कानुन र उनीहरुले खोजेका कुरामा प्रतिवद्धता गर्न सकिएन भने लगानी सम्मेलनको कुनै औचित्य रहँदैन, खर्च गर्ने काम मात्रै हुन्छ ।’
त्यस्तै नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले भैरहवाको गौतमबुद्ध बिमानस्थल सुचारु भएपछि यस क्षेत्रको औद्योगिक तथा पर्यटकीय बिकासमा नयाँ आयाम आउने बताउँदै त्यसलाई लक्षित गरेर लगानीको वातावरण बनाउन प्रदेश सरकार तथा स्थानी तहहरुलाई आग्रह गर्नुभयो । उहाँले लुम्बिनी लगायतका स्थानमा आउने पर्यटकको बसाई र उनीहरुको खर्च बढाउने गरी संरचना सुधार गर्न उहाँले आग्रह गर्नुभयो । उहाँले लगानी आकर्षण गर्नेगरी कानुन निर्माण गर्न आग्रह गर्दै अझै पनि निर्यात बढाउन नसकिए आउने दिनमा डरलाग्दो चित्र देखिएको उल्लेख गर्नुभयो । वरिष्ठ उपाध्यक्ष गोल्छाले सरकारले १२ वटा निर्यात गर्ने बस्तु पहिचान गरेपनि त्यसभित्रका समस्यामा ध्यान नदिएका कारण निर्यात बढ्नुको साटो झन् घट्दै गएको उल्लेख गर्नुभयो । उहाँले बैंकको चर्को व्याजदर, जग्गा, कानुन लगायतका कारण लगानी कर्ता आकर्षित हुन नसकेको उल्लेख गर्नुभयो ।
महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले कानुन तर्जुमा गर्नकालागि सुझाव लिँदा सुझाव लिने भन्दा पनि साक्षि मात्रै राख्ने गरेको बताउँदै श्रमिकको योगदामा आधारित सामाजिक सुरक्षा ऐन र ढुवानीमा अनलाईन ट्रेकिङ् प्रणाली त्यसको ज्वलन्त उदाहरण भएको उल्लेख गर्नुभयो ।
नेपाली काँग्रेस प्रदेश सभाकी सचेतक निर्मला क्षेत्रीले प्रदेशमा लगानीको प्रयाप्त सम्भावना भएपनि सरकारले सम्भावनाको पहिचान गरेर लगानीकर्तालाई उत्साहित गर्ने काममा निश्कृय रहेको आरोप लगाउनु भयो । उहाँले लुम्बिनी भ्रमण वर्षको नाममा करोडौं रकम सकपनि त्यसको उपलब्धि शुन्य रहेको उल्लेख गर्नुभयो । अर्का प्रदेश सभा सदस्य कृष्ण न्यौपानेले परिवर्तित व्यबस्था सुदृण भएपनि लगानीकालागि प्रयाप्त वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले यस क्षेत्रका व्यबसायिक समस्या प्रस्तुत गर्दै समाधानकालागि सरकारलाई आग्रह गर्नुभयो । उहाँले प्रदेशको स्थायी राजधानी र नामाकरणकालागि प्रदेश सरकारको ध्यानाकर्षण गराउँदै प्रदेशको राजधानी बुटवल र प्रदेशको नाम लुम्बिनी राख्न आग्रह गर्नुभयो । उहाँले सरकारले गत साउनदेखि लागु गरेको सामाजिक सुरक्षा ऐन र ढुवानीमा अनलाईन ट्रेकिङ् प्रणाली कार्यान्वयन सम्भव नभएको औंल्याउँदै सरकारलाई पुनर्बिचार गर्न आग्रह गर्नुभयो । उहाँले लुम्बिनी प्रादेशिक अस्पताल परिषरका सटर टेण्डर गरेर लिजमा लगाएको दुई महिना नबित्दै पुन खाली गराउने सरकारको निर्णय गलत भएको बताउँदै लिज सम्झौता पुरा नहुँदै लिईएको उक्त निर्णय अव्यबहारिक भएकाले उक्त निर्णय फिर्ता गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघ प्रदेश पाँचका अध्यक्ष गुणनिधी तिवारी, प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठ, संघका पूर्व अध्यक्ष तथा सल्लाहकार नवराज श्रेष्ठ, नेपाली काँग्रेस रुपन्देहीका उपसभापति फणेन्द्र शर्मा, परासी उद्योग बाणिज्य संघका अध्यक्ष केशव भण्डारी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी लगायतले लगानी मैत्री कानुन निर्माण गरेर नीजि क्षेत्रको लगानी प्रवद्र्धन गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।
त्यस अवसरमा संघका प्रेस सल्लाहकार स्वर्गीय डायलसन अधिकारीलाई कदर पत्र सहित सम्मान गरिएको छ । उद्योग पर्यटन बन तथा वातावरण मन्त्री गिरी र संघका अध्यक्ष हमालले स्वर्गीय अधिकारीकी धर्मपत्नी चन्दा अधिकारीलाई ५ लाख ५ हजार ५५५ रुपैंया सहित कदर पत्रले सम्मान गर्नुभएको हो । त्यस्तै संघमा काम गरि सेवा निबृत्त भएका कर्मचारीहरु र संघलाई सहयोग गर्ने सहयोगदाताहरुलाई समेत सम्मान गरिएको थियो ।
संघका अध्यक्ष खिमबहादुर हमालको अध्यक्षतामा वरिष्ठ उपाध्यक्ष उज्जवल कसवुको धन्यवाद मन्तव्य तथा महासचिव दिनेशप्रसाद श्रेष्ठको सञ्चालनमा कार्यक्रम भएको थियो ।

≪ Previous Post

प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुरक्षा विधेयक प्रमाणिकरण

Next Post ≫

बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क