Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन

संसारपोस्ट संवाददाता · ६ आश्विन २०७६ · 0
बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन
40
SHARES
ShareTweet


बुटवल, ६ असोज । लुम्बिनी बौद्ध विश्व विद्यालयले यसै शैक्षिक सत्रदेखि बुटवलमा शुरु गरेको बिएएलएलबी कक्षा सञ्चालनमा आएको छ । बिएएलएलबीसंगै विविटिटिएमको नयाँ कक्षा समेत आईतबारबाट शुरु गरिएको छ ।
लुम्बिनी बौद्ध विश्व विद्यालयले पछिल्लो तीन वर्षमा सञ्चालनमा ल्याएका यी महत्वपूर्ण कार्यक्रम हुन । बुटवलस्थित कान्ति माविको भवनमा विश्व विद्यालयका दुई शैक्षिक कार्यक्रम शुरु गरिएको हो । विएएलएलबी सहित विविटिटिएमको कक्षा विश्व विद्यालयका रजिष्टार तिलक आचार्यले उद्घाटन गर्नुभयो ।
सो अवसरमा बोल्दै उहांले लुम्बिनी बौद्ध विश्व विद्यालयका कार्यक्रमहरु विस्तारै बढ्दै जाने बताउनुभयो । विएएलएलबी प्रदेश सरकारको समन्वयमा शुरु गरिएको भन्दै यसलाई अझै विस्तार गरिने उहांले बताउनु भयो । लुम्बिनी र बुटवलमा सञ्चालनमा भएका कार्यक्रमले नयाँ प्रकृतिका जनशक्ति उत्पादन गर्ने उहांले बताउनु भयो ।
सो अवसरमा बोल्दै विश्व विद्यालयका मानविकी तथा समाजिक विज्ञान अध्ययन संकायनका डीन प्रा.डा.वेद गिरीले विएएलएलबी कक्षा बुटवलमै सञ्चालनमा आउनुले विद्यार्थीहरुलाई सहज भएको बताउनुभयो । कानुन विषयलाई बौद्ध दर्शनसंग जोड्नु अझै महत्वपूर्ण रहेको उहांले बताउनु भयो ।
बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यले बौद्ध विश्वविद्यालयले सञ्चालन गरेका शैक्षिक कार्यक्रमको विषयमा जानकारी गराउनु भयो ।
सो अवसरमा दुबै कार्यक्रमतर्फका विद्यार्थीलाई स्वागत गरिएको विविटिटिएम कार्यक्रमका संयोजक वलवहादुर पाण्डेले जानकारी दिनुभयो । यी दुबै कक्षा विहानीसत्रमा सञ्चालन हुने उहांले बताउनु भयो । यसअघि जानकीनगरमा सञ्चालन भएको बिबिटिटिएम कार्यक्रम समेत यो सत्रसंगै कान्ति स्कूल परिसरमा सरेको हो । विएएलएलबीमा ८० जना र विविटिटिएममा ३० जना विद्यार्थी भर्ना भइसकेको विश्व विद्यालयले जनाएको छ ।
यसैबिच लुम्बिनी बौद्ध विश्व विद्यालयमा मानविकी तथा समाजिक विज्ञान अध्ययन संकायतर्फको डीनमा प्रा. डा. बेद गिरी नियुक्त हुनुभएको छ । अमेरिकाको भर्जिनिया युनिभर्सिटीबाट विद्यावारिधी गरेका गिरीले अमेरिकामै १८ वर्ष प्राध्यापन गर्नुभएको हो । विश्व विद्यालयले पहिलो पटक यो संकायमा डीन नियुक्त गरेको हो ।

≪ Previous Post

मुलुकमा लगानीको वातावरण नहुँदा उद्योगी व्यवसायी चिन्तित

Next Post ≫

२०७६ साल असोज ७ गते मंगलवारको राशिफल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क