Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवलकी पुष्पा नृत्य प्रतियोगिता छमछमीको टप ७ मा
बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता

बुटवलमा चौथो लुम्बिनी प्रदेश स्तरीय...

अर्थ खेलकुद पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलकी पुष्पा नृत्य प्रतियोगिता छमछमीको टप ७ मा

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0
बुटवलकी पुष्पा नृत्य प्रतियोगिता छमछमीको टप ७ मा
80
SHARES
ShareTweet


बुटवल, ५ असोज । बुटवलकी पुष्पा घिमिरे क्षेत्री नेपाल टेलिभिजनबाट प्रशारण हुने राष्ट्रियस्तरको नृत्य प्रतियोगिता ‘छमछमी’–४ को उत्कृष्ट ७ जनामा पुग्न सफल भएकी छन् । पुष्पाले दर्शकबाट सबैभन्दा धेरै मत पाएर उत्कृष्ट ७ जनामा आफ्नो स्थान सुरक्षित बनाएकी हुन् । गत हप्ता उत्कृष्ट ८ जनामध्येबाट दर्शकबाट कम भोट पाएका धनगढीका थमन टक्की बाहिरिएका थिए । यो हप्ता भने सातजनामध्ये कोही पनि बाहिरिएनन् । अर्को हप्ता दर्शकबाट कम भोट पाउने दुई जना बाहिरिने छन् र फाइनलमा पुग्ने उत्कृष्ट पाँच जनाको नाम घोषणा हुने छ ।
नेपाल टेलिभिजनमा हरेक शनिबार राति ९ बजेदेखि प्रशारण शुरु हुने ‘छमछमी’ कार्यक्रमका प्रतियोगीलाई कार्यक्रम सकिएपछि सोही राति १० बजेदेखि बिहीबार बिहान १० बजेसम्म भोटिङ गर्न सकिने नियम छ । दर्शकबाट सबैभन्दा कम भोट पाउने प्रतियोगी बाहिरिंदै जांदा सबै भन्दा बढी भोट पाउने नै विजेता बन्ने नियम छ । प्रतियोगितामा ६० प्रतिशत अंक निर्णायकको र ४० प्रतिशत अंक भोटिङका आधारमा जोडिने नियम छ ।
हालसम्म पुष्पाले दर्शकबाट सर्वाधिक भोट पाउंदै आएको र अब उपाधिका लागि पनि यसरी नै भोट गरिदिन पुष्पा जिताऔं अभियानका प्रचारप्रसार संयोजक नारायण सारुले आग्रह गर्नुभयो । पुष्पा बुटवल वडा नंं ११ सिरानगाउँ मजुवाकी बासिन्दा हुन् । घरको आर्थिक अवस्था कमजोर रहेकी पुष्पालाई जिताउन उनका साथीभाइ, छिमेकी र देश विदेशका शुभेच्छुकहरु लागिपरेका छन् ।


नृत्य प्रतिभा एकदमै राम्रो हुंदाहुंदै पनि घरको कमजोर आर्थिक अवस्थाले अघि बढ्न बाधा–अवरोध भएकाले छमछमीमा जिताउन उनका शुभेच्छुकहरुले प्रचारप्रसार र आर्थिक संकलन अभियान संचालन गरेको पुष्पाकी फुपु सीता पौडेलले बताउनुभयो ।
कक्षा ५देखि नै नृत्य प्रतियोगिताहरुमा भाग लिंदै उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आएकी पुष्पा लगनशील र संघर्षशील प्रतिभा हुन् । सरकारी विद्यालय बुटवल माविबाट कक्षा १० र सामुदायिक क्याम्पस सिद्धार्थ गौतम क्याम्पसबाट १२ कक्षा उत्तिर्ण गरेकी पुष्पा स्थानीय एक कला केन्द्रमा नृत्य प्रशिक्षकको रुपमा काम गर्दै आएकी छन् । ‘पुष्पाले नृत्यमा केही गरेर देखाउन चाहन्छिन्,त्यसका लागि उनलाई सबैको भोटिङ र साथको खांचो छ’–पुष्पाकी फुपु सीता पौडेलले भन्नुभयो ।
पुष्पालाई जिताउन चाहनेले मोबाइलको म्यासेज बक्समा गई अंग्रेजी अक्षर सी टाइप गरी स्पेस शुन्य ६ टाइप गरी ३१००९ मा पठाउनुपर्ने पुष्पा जिताऔं अभियानका प्रचारप्रसार संयोजक नारायण सारुले बताउनुभयो । पुष्पासंगै उत्कृष्ट सातजनामा झापाकी दिलमाया लिम्बु, पोखराकी सपना थापा, हेटौंडाकी सन्ध्या आचार्य, काठमाडौंका सुदन खड्का र दाङका आकाश विक उपाधि जित्ने प्रतिस्पर्धामा छन् ।

≪ Previous Post

रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गरिने

Next Post ≫

लेखापढि ब्यवसायीद्वारा रक्तदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क