Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ पर्यटन ≫ रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गरिने
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गरिने

संसारपोस्ट संवाददाता · ४ आश्विन २०७६ · 0
रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गरिने
70
SHARES
ShareTweet


बुटवल ४ असोज
नेपाल मत्स्य व्यवसायी संघ रुपन्देहीको दोस्रो साधारण सभा तथा अधिवेशनबाट दिवाकर भुषाल (दिपु) को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वमम्मत चयन भएको छ ।
शनिवार भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा प्रेम पन्थी, उपाध्यक्षमा पार्वती बुढाथोकी, सचिव धनपती खरेल(भुपती), सह सचिव प्रेम अधिकारी र कोषाध्यक्षमा धनिराम चौधरी निर्वाचित हुनु भएको हो । त्यस्तै सदस्यहरुमा दिलीप मौर्या, ज्ञानु खड्का, हेम कुमार कुर्मी, ज्ञानेन्द्र खनाल, कविता थारु र किशोर चौधरी हुनुहुन्छ । नव निर्वाचित अध्यक्ष दिपु भुषालले रुपन्देहीलाई मत्स्य पर्यटन केन्द्रका रुपमा विकास गर्ने गरि योजना बनाएको बताउनुभयो । सबै किसानको सहयोगमा व्यापार सँगसगै अब पर्यटनका रुपमा समेत आफ्नो व्यवसायलाई स्तरउन्नती गरी पर्यटकलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने उहाँले बताउनुभयो । लुम्बिनी आउने पर्यटकलाई आकर्षित गर्न माछा पोखरीमा माछा मार्ने व्यवस्था, पौडी खेल्ने, र्याप्टिङ्ग लगायतको प्याकेज बनाएर पर्यटन व्यवसायीसँग सहकार्य गर्ने भुषालको भनाई थियो । साधारण सभामा बोल्दै निवर्तमान अध्यक्ष पुण्य चौधरीले नेपालको माछा उत्पादनले नेपालको बजारमै अपुग रहेको बताउनुभयो । त्यसको लागि उत्पादन बढाउनुपर्ने उहाँले बताउनुभयो । परम्परागत तरिकाले गरिदै आएको माछा पालनलाई सुधार गर्दै आधुनिकिकरण गर्न अहिलेको आवश्यकता रहेको चौधरीले बताउनुभयो । बिशिष्ट अतिथी प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना मत्स्य सुपर जोनका प्रमुख मकबुल अलीले किसानहरुले उत्पादन गरेको माछाबाट लागत अनुसारको मुनाफा लिन नसकेको बताउनुभयो । शुरुमा किसानहरु व्यवसायी बन्न जरुरी छ त्यसका लागि उनीहरुले साना पोखरीहरु चक्लाबन्दी गरी ठूलो बनाउनुपर्ने उहाँले बताउनुभयो । ठूलो क्षेत्रफमा प्रविधियुत्त माछा पालन गरे उत्पादकत्व बढ्ने र फाइदा बढी लिन सकिने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथी केन्द्रिय अध्यक्ष अम्बिका प्रसाद अधिकारीले भारतीय माछासँग प्रतिस्पर्धा गर्न नेपाली माछाले नसकेको गुनासो गर्नुभयो । भारतबाट १५, २० दिन अघि मारेका माछा फर्मालिन प्रयोग गरेर नेपालमा आयात हुँदा समेत नेपाल सरकारले गुणस्तर ठिक भनेर भित्राउँदै आएको आरोप लगाउनुभयो । सरकारले मरेका गुणस्तरहिन माछा आयातमा रोक लगाई नेपाली उत्पादनलाई बढवा दिनुपर्ने बताउनुभयो । नेपाली बजारमा अपुग माछालाई पुर्याउन सरकारले नर्या उन्नत जातका भुरा उपलब्ध गराउने, गुणस्तरको दानको व्यवस्था, सरकारी अनुदान बढाउने जस्ता कार्यक्रम आवश्यक रहेको मत्स्य व्यवसायी संघका केन्द्रिय अध्यक्ष अधिकारीले बताउनुभयो ।

≪ Previous Post

बुटवलमा वृहत मोटिभेसनल सेमिनार

Next Post ≫

बुटवलकी पुष्पा नृत्य प्रतियोगिता छमछमीको टप ७ मा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क