बुटवल, ३० भदौ । लायन्स क्लव अफ बुटवल युथले ५६ औं बाल दिवसको अवसरमा आत्मशान्ति अनाथ आश्रम मणिग्राम रुपन्देहीका बालबालिकालाई खाद्यान्न, शैक्षिक सामाग्री र खेलकुदका सामाग्री प्रदान गरेको छ ।
समाजमा रचनात्मक, मानविय र सामाजिक कार्य गर्ने उद्देश्यले स्थापित लायन्स क्लव अफ बुटवल युथले सामाजिक उत्तरदायित्व बहन गर्दै बाल दिवसको अवसरमा बालबालिका लक्षित कार्यक्रम गरेको हो ।
क्लवका अध्यक्ष दिपक प्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व डिष्ट्रिक गभर्नर महेन्द्रनारायण श्रेष्ठ, डिष्ट्रिक को चिफ एडभाईजर शुरेस रत्न बज्राचार्यलगायतले अनाथ आश्रममा आश्रीत अनाथ बालबालिकाहरुलाई खाद्यान्न, शैक्षिक तथा खेलकुदका सामाग्री प्रदान गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै उहांहरुले सेवा गर्छु भन्ने भावनाले खोलिएको लायन्स क्लव अफ बुटवल युथले अनाथ बालबालिकाहरुलाई उनीहरुको आवश्यक्ता र परिस्थितिलाई बुझेर अन्तर मनदेखि सहयोग गरेको भन्दै क्लवका पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक शुरेस केसीले स्वागत गरेको कार्यक्रममा डिष्ट्रिक चिफ पुरुषोत्तमभक्त प्रधानाङ्ग, ए ओ जी अर्जुन कार्की, रिजन चियर पर्शन जाकिर हुसेन, विष्नु काफ्लेलगायतले बोल्दै अनाथ बालबालिकाहरुलाई सहयोग गर्नु सबैको साझा दायित्व र कर्तबय हो भन्दै आगामी दिनमा पनि यस्तै रचनात्मक र मानविय काम गर्न क्लवलाई सुझाव दिनुभयो ।
सो अवसरमा आत्मशान्ति अनाथ आश्रमका संस्थापक मैनादेबी भण्डारीले सबैको सहयोग र सदभावले आश्रम संचालन भएको भन्दै सहयोगका लागि क्लव, कलवका पदाधिकारी र सदस्यहरु प्रति आभार सहित धन्यवाद ज्ञापन गर्नुभयो ।

