बुटवल, ३० भदौ । नेपाली काँग्रेस रुपन्देहीले दिन दाहाडै गोली हानी हत्या गरिएका ओमसतिया गाँउपालिका ५ का महेन्द्र कुर्मीका हत्यारा पत्ता लगाइ तत्काल कारबाही गर्न माग गरेको छ ।
काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बिज्ञप्ती जारी गर्दै दिन दाहाडै भएको व्यक्ति हत्याको घटनाले स्थानीयमा त्रास फैलिएको भन्दै शान्ति सुरक्षाको प्रत्याभुति गर्न माग गर्नु भएको हो । घटनाको घोर भ्रत्सना गर्दै सभापति रज्जाकले अपराधीलाइ कडा सजाय दिलाउन र पीडित परिवारलाइ उचित क्षतिपुर्तीको व्यवस्था गर्न समेत माग गर्नु भएको छ ।
भैरहवा स्थित हिमालयन बैंकबाट पैसा झिकेर घर फकर्दै गरेका कुर्मीको आइबार दिउसो करिब साढे २ बजेको समयमा रोहिणी पुल नजिकै अज्ञात समुहले गोली हानी हत्या गरेका थिए ।
