बुटवल, २२ भदौ । मदिरा व्यवसायी संघ रुपन्देहीको छैठौं अधिवेशनबाट अध्यक्षमा शम्भुप्रसाद भट्टराई निर्वाचित हुनुभएको छ । मणिग्राममा सम्पन्न अधिवेशनबाट अध्यक्षसहित सबै पदाधिकारी र सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् । संघको प्रथम उपाध्यक्षमा कृष्ण गौतम, द्वितीय उपाध्यक्षमा पदमराज घिमिरे, महासचिवमा हिमालय भुसाल, सचिवमा बाबुराम ज्ञवाली र कोषाध्यक्षमा भागिरथ पाण्डे निर्वाचित हुनुभएको छ ।
कार्यसमिति सदस्यहरुमा सुजन श्रेष्ठ, जीवन पाण्डे, रामप्रसाद पन्थी, किशोर पन्थी, यादव पोखरेल, प्रकाश भुजेल, मुकुन्द पोखरेल, लोकराज भारती र गोविन्द भण्डारी सर्वसम्मत निर्वाचित भएका निर्वाचन समितिका संयोजक अर्जुन कार्कीले जानकारी दिनुभयो ।