Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ आफ्नै भवन बनाउने तिलोत्तमा वडा नं. ९ पहिलो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

आफ्नै भवन बनाउने तिलोत्तमा वडा नं. ९ पहिलो

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0
आफ्नै भवन बनाउने तिलोत्तमा वडा नं. ९ पहिलो
80
SHARES
ShareTweet


तिलोत्तमा, २२ भदौ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ९ को नवनिर्मित भवन उद्घाटन गरिएको छ ।
केवलानीमा निर्मित सो भवनको आइतबार उद्घाटन गर्दै कार्यवाहक नगर प्रमुख दुर्गाप्रसाद पाण्डेयले एकल वडा कार्यालय सञ्चालन गर्ने नीतिअनुसार वडा नं. ९ ले आफ्नै कार्यालय भवन बनाएको बताउनुभयो । उहाँले दुई वर्षभित्र नगरका सबै वडा कार्यालय सुविधासम्पन्न आफ्नै भवनबाट सञ्चालन गर्नेगरी कामअघि बढेको जानकारी दिनुभयो । फरक प्रसंगमा कार्यवाहक नगर प्रमुख पाण्डेयले तिलोत्तमा लगानी सम्मेलनको तयारी तीव्रताका साथ अघि बढेको बताउँदै लगानी सम्मेलनले नगरको विकासमा नयाँ आयाम थप्ने बताउनुभयो ।
सात वटा गाविस मिलेर बनेको तिलोत्तमामा साविकका गाविस भवनबाहेक आफ्नै भवन बनाउने वडा नं. ९ पहिलो बनेको छ । अन्य वडा कार्यालय भवनहरु निर्माणको क्रममा रहेका छन् ।
उद्घाटन कार्यक्रममा वडाअध्यक्ष नारायण न्यौपानेले सबैको सहयोगले छोटो समयमैं भवन निर्माण सम्पन्न गर्न सफल भएको बताउनुभयो । नयाँ भवनबाट सेवा प्रवाह थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

यसअघि वडा नं. ९ को वडा कार्यालय भाडाको भवनमा सञ्चालन भएको थियो ।
सो अवसरमा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गंगाराम आचार्य, नेपाली कांग्रेसका जिल्ला सदस्य गणेश न्यौपाने, नेपाल कम्युनिष्ट पार्टीका वडा इञ्चार्ज नेत्र वन, जनमुक्ति पार्टीका वडा अध्यक्ष भेलबहादुर थापालगायतले बोल्नुभएको थियो । वडा सदस्य अन बहादुर थापाको स्वागत तथा वडा सचिव कृष्णप्रसाद भट्टराईको सञ्चालनमा कार्यक्रम भएको हो ।

≪ Previous Post

रुपन्देहीमा वड्की अत्तवार (आईतबार) पर्व मनाइयो

Next Post ≫

मदिरा व्यवसायी संघमा भट्टराई

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क