Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ रुपन्देहीमा वड्की अत्तवार (आईतबार) पर्व मनाइयो
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा वड्की अत्तवार (आईतबार) पर्व मनाइयो

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0
रुपन्देहीमा वड्की अत्तवार (आईतबार) पर्व मनाइयो
60
SHARES
ShareTweet

अनिता चौधरी



बुटवल, २२ भदौ । रुपन्देहीको सैनामैना–८ भड्छामा “वड्की अत्तवार” पर्व २०६७ मनाइएको छ । रुपन्देहीमै पहिलो पटक थारु काल्याणकारिणी सभा सैनामैना नगर समितिको आयोजनामा आईतबार एक कार्यक्रम गरी वड्की अत्तवार मनाइएको हो । थारु भेषभुषामा सजिएर आएका थारु युवती तथा महिलाहरुले विभिन्न थारु समुदायको गित तथा संगितमा नृत्य प्रदर्शन गर्दै हर्षेल्लासकासाथ वड्की अत्तवार पर्व मनाएका हुन् ।
कार्यक्रममा प्रदेश नं ५ का भौतिक योजना तथा पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले थारु संस्कार र संस्कृतिको जगेर्ना गर्न आग्रह गर्दै नयाँ पुस्तामा शिक्षाको पहुँच वढाउन आवश्यक भएको बताउनु भयो । उहांले थारु पर्वलाई एकरुपता ल्याउन थारु बुद्धिजिवी, पत्रकार लगायत थारु बौद्धिक समुदायविच बहास र छलफल आवश्यक रहेको बताउनु भयो । थारु समुदायमा भाषा, धर्म र चाड पर्वहरुमा पनि एकरुपता हुन नसक्दा थारु समुदायको पर्वहरु ओझेलमा परेको भन्दै मन्त्री चौधरीले थारु संस्कृतिको संरक्षणमा जोड दिनुभयो ।
कार्यक्रममा प्रदेशसभा सदस्य पुष्पा चौधरीले हरेक क्षेत्रमा थारु समुदाय पछि परेको उल्लेख गर्दै शिक्षालाई प्राथमिकतामा राखेर अधिकार प्राप्तिका लागि राजनीतिमा आउन आग्रह गर्नुभयो ।
सो अवसरमा थारु कल्याणकारी सभाका केन्द्रिय उपसभापति देवी प्रसाद चौधरी, कल्याणकारी सभाका पार्षद द्वय रामवली चौधरी, खुशिराम चौधरी लगायतका थारु अगुवाले वोल्दै संस्कार र सस्कृतिको जगेर्ना सँगसँगै यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम थारु कल्याणकारिणी सभा सैनामैना नगर समितिका अध्यक्ष दुल बहादुर थारुको अध्यक्षतामा भएको थियो ।


“वड्की अत्तवार” पर्व गत आईतवार बाँके, बर्दिया र दाङमा मनाइएको थियो भने रुपन्देही, कपिलवस्तु र परासी लगायतका जिल्लाहरुमा आज मनाइएको हो । यस पर्वलाई थारु समुदायको महत्वपूर्ण पर्वको रुपमा समेत लिने गरिन्छ ।

≪ Previous Post

काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान

Next Post ≫

आफ्नै भवन बनाउने तिलोत्तमा वडा नं. ९ पहिलो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क