Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0
काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान
70
SHARES
ShareTweet

बुटवल, २२ भाद्र
नेपाली काँग्रेस रुपन्देहीले मुलुकको नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको छ । नेपाली काँग्रेस रुपन्देहीको शनिबार र आईतबार बसेको जिल्ला समितिको बैठकले जिल्लाको ५ संघीय निर्वाचन क्षेत्र र १० प्रदेश निर्वाचन क्षेत्रमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान गरेको हो ।
जस अन्तरगत संघीय संरचना अनुसार क्षेत्र नं. १ को सभापतिमा हिराबहादुर खत्री, क्षेत्र नं. २ को सभापतिमा हरि लम्साल, क्षेत्र नं. ३ को सभापतिमा मात्रिकाप्रसाद यादव र सहसभापतिमा प्रेमबहादुर फौदार, क्षेत्र नं. ४ को सभापतिमा मुकेश यादव र क्षेत्र नं. ५ को सभापतिमा वसिउल्लाह मुसलमानलाई सर्वसम्मत रुपमा जिम्मेवारी प्रदान गर्ने निर्णय गरिएको नेपाली काँग्रेस रुपन्देहीका सचिव रामकृष्ण खाँणले जानकारी दिनुभयो ।
त्यस्तैगरी प्रदेश सभा तर्फ क्षेत्र नं. १ को (क) मा लालबहादुर चौधरी (ख) मा गोरखनाथ चौधरी, क्षेत्र नं. २ को (क) मा माधवलाल देवकोटा, (ख) मा परशुराम ढकाल, क्षेत्र नं. ३ को (क) मा पुरनप्रसाद श्रेष्ठ, (ख) मा कृष्णबहादुर विष्ट, क्षेत्र नं. ४ को (क) मा रमाकान्त केवट, (ख) मा सन्तराम हरिजन र क्षेत्र नं. ५ को (क) मा रामबहादुर थापा तथा (ख) मा दुर्गाप्रसाद उपाध्यायलाई सभापतिको जिम्मेवारी प्रदान गरिएको छ । सर्वसम्मत रुपमा निर्णय गरिएको र बाँकी संरचना पार्टीको कार्यबिधि अनुसार हुने पनि सचिव खाँणले बताउनु भयो ।
नेपाली काँग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकको सभापतित्वमा बसेको बैठकमा केन्द्रीय प्रतिनीधि प्रदिपकुमार यादवको रोहवरमा उक्त निर्णय गरिएको हो । बैठकले जिल्लामा डेंगुले महामारिको रुप लिन खोज्दा समेत प्रदेश तथा स्थानीय सरकारले डेंगु नियन्त्रणकालागि कुनै प्रयास नगरेको निश्कर्ष निकाल्दै तत्काल पहलकदमी उठाउन र नागरिकको स्वास्थ्य प्रति गम्भिर बन्न सरकारलाई ध्यानाकर्षण गराएको छ । त्यस्तै काँग्रेसले पार्टी कार्यकर्तालाई समेत डेंगु नियन्त्रणमा सहभागि हुन तथा जनचेतना जगाउने एवं डेंगु सार्ने लामखुट्टे नियन्त्रणका काममा सहभागि हुन आह्वान गरेको छ ।

≪ Previous Post

बिकासको सम्भावनाका क्षेत्रमा लगानीका लागि आकर्षण घट्दो : उपाध्यक्ष गौतम

Next Post ≫

रुपन्देहीमा वड्की अत्तवार (आईतबार) पर्व मनाइयो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क