Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बिकासको सम्भावनाका क्षेत्रमा लगानीका लागि आकर्षण घट्दो : उपाध्यक्ष गौतम
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बिकासको सम्भावनाका क्षेत्रमा लगानीका लागि आकर्षण घट्दो : उपाध्यक्ष गौतम

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0
बिकासको सम्भावनाका क्षेत्रमा लगानीका लागि आकर्षण घट्दो : उपाध्यक्ष गौतम
100
SHARES
ShareTweet

बुटवल, २२ भाद्र
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. ईश्वर गौतमले आर्थिक बिकासका सम्भावना भएका क्षेत्रहरुमा लगानी आकर्षण घट्दै गएको बताउँदै त्यसलाई कसरी माथि उठाउने हो भन्ने कुरा लगानी बोडले पनि सोंच्नु पर्ने बेला आएको औल्याउनु भयो ।
उहाँले हाईड्रोमा लगानी आकर्षण उच्च हुँदाहुँदै अहिले ह्वात्त आकर्षण घटेको बताउँदै उर्जा बिकासको सम्भावना बोकेको हाईड्रोको लगानी आकर्षण घट्यो भने त्यसले बिकासमा समेत प्रभाव पार्ने उल्लेख गर्नुभयो ।
नेपाल धितोपत्र बोर्ड र बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको संयुक्त आयोजनामा आईतबार बुटवलमा पुँजीबजार सम्बन्धि प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम उहाँले शेयर ब्रोकरको संख्या कम भएको भन्दै ब्रोकरको संख्या बढाउन धितोपत्र बोर्डलाई आग्रह गर्नुभयो ।
उहाँले शेयर बजार निश्चित व्यक्तिको हातमा रहँदा त्यसको भ्यालु पनि उसले बढाउन चाहँदा बढ्ने र घटाउन चाहँदा घट्ने भएकाले दायरा बढाउन र नियमन गर्न पनि सुझाव दिनुभयो । उहाँले पुँजीबजार सम्बन्धि प्रशिक्षणलाई स्थानीय तहसम्ममा पु¥याउन पनि आग्रह गर्नुभयो । प्रदेश योजना आयोगका उपाध्यक्ष गौतमले प्रदेश सरकारले आगामी ५ वर्षको योजना तर्जुमा गरेर सार्वजनिक गरिएको उल्लेख गर्दै त्यसमा नीजि क्षेत्रबाट २ तिहाई योगदानको अपेक्षा सरकारले राखेको जानकारी गराउनु भयो ।
त्यस अवसरमा रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले पुँजी बजारका बारेमा उपत्यका बाहिरका अधिकांस मानिस अनविज्ञ रहेको उल्लेख गर्दै जनचेतनामुलक कार्यक्रम फलदायी हुने बताउनु भयो ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले प्रदेश पाँचको राजधानी बुटवल औद्योगिक तथा व्यापारिक हिसावले महत्वपूर्ण रहेको उल्लेख गर्दै बुटवलमा ६ वटा ब्रोकरको शाखा सञ्चालनमा रहेको र अब बैंकलाई समेत ब्रोकरको लाईसेन्स दिने तयारीमा रहेकाले पुँजीबजारको बारेमा जनचेतना अभिबृद्धि गर्न अपरिहार्य रहेको बताउनु भयो ।
पुँजी बजार घटेर अहिले ४०÷५० करोडमा झरेको उल्लेख गर्दै नेपाल धितोपत्र बोर्डका प्रमुख कार्यकारी निर्देशक निरज गिरीले बढेको बेला २÷३ अर्वसम्म पुग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाल धितोपत्र बोर्डका निर्देशक निरञ्जय घिमिरेले पुँजी बजार सम्बन्धि कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पुँजी बजारमा लगानी गर्न चाहने लगानी कर्ताहरु भएपनि त्यसको ज्ञानको अभावमा लगानी गर्न हिचकिचाईरहेका व्यक्तिहरुलाई लक्षित गरेर त्यस बिषयमा जनचेतना अभिबृद्धि गर्नकालागि नेपाल धितोपत्र बोडसंग समन्वय गरेर कार्यक्रम आयोजना गरिएको बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी गराउनु भयो ।

≪ Previous Post

नेपालमै पहिलो तिलोत्तमा नगरपालिकामा रियलस्टेट कम्पनीलाई कित्ताकाट खुल्ला

Next Post ≫

काँग्रेस रुपन्देहीमा नयाँ संरचना अनुसार जिम्मेवारी प्रदान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क