Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ समृद्ध राष्ट्र निर्माणको लागि निजामति कर्मचारीको अठोट र योगदान जरुरी : मुख्य मन्त्री पोखरेल
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

समृद्ध राष्ट्र निर्माणको लागि निजामति कर्मचारीको अठोट र योगदान जरुरी : मुख्य मन्त्री पोखरेल

संसारपोस्ट संवाददाता · २२ भाद्र २०७६ · 0
समृद्ध राष्ट्र निर्माणको  लागि निजामति कर्मचारीको  अठोट र योगदान जरुरी : मुख्य मन्त्री पोखरेल
160
SHARES
ShareTweet


बुटवल २२भाद्र

प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले निजामति सेवा दिवस—२०७६ को अवसरमा समस्त निजामति कर्मचारीवर्गमा सुख, शान्ति र सुस्वास्थ्यको हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ।
मुख्य मन्त्री पोखरेलले आईतवार जारी गर्नु भएको शुभकामना सन्देशमा संविधान निर्माणपछि अहिले मुलुक नयाँ युगमा प्रवेश गरेको छ । एकात्मक र केन्द्रीकृत शासन प्रणालीको अन्त्य गर्दै मुलुकमा विधिवत रुपमा संघीय शासन प्रणाली स्थापित भएको छ । राज्य पुनःसंरचना अनुसार कर्मचारी समायोजनको काम भएपछि अहिले तीनै तहको सरकारमा प्रशासनिक संरचना आधारभूत रुपमा खडा भएको छ । कर्मचारी समायोजनले प्रदेश र स्थानीय सरकारले आवश्यक जनशक्ति प्राप्त गरेका छन् । प्रदेश र स्थानीय तहमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि प्रदेश लोकसेवा आयोग गठन भई आवश्यक काम अघि बढेको छ । अब जनशक्तिको अभावमा प्रदेश र स्थानीय तहमा कामकाज प्रभावित हुने छैन् ।
लामो द्वन्द्व, शान्तिप्रक्रिया, संविधानसभा हुँदै नयाँ संविधान जारी भएपछि मुलुक विकास र समृद्धिको चरणमा प्रवेश गरेको छ । अव छिटो भन्दा छिटो रोग, भोक, अशिक्षा र बेरोजगारी अन्त्यगर्दै विकसित र समृद्ध नेपाल निर्माण गर्नुपर्ने छ । प्रदेशको विकास र समृद्धिका माध्यमवाट समृद्ध राष्ट्र निर्माणको महाअभियानमा जुट्न संकल्पित छौ । यो अभियानमा समस्त निजामति कर्मचारी वर्गको उत्साहपूर्ण सहभागिता, अठोट र योगदानको अपेक्षा छ ।
सक्षम निजामति प्रशासन ः विकास, समृद्धि र सुशासन, यस वर्षको निजामति दिवसको नारा रहेको छ । निजामति दिवसको यो नारालाई मुलतः व्यवहारमा कार्यान्वयन गर्ने प्रमुख काम समस्त राष्ट्रसेवक कर्मचारीवर्गको हो । सुशासनयुक्त निजामति प्रशासन मार्फत सेवा प्रवाह प्रभावकारी रुपमा अघि बढाएर नागरिकमा सकारात्मक सन्देश प्रवाह गर्न सकिन्छ । सरकारप्रति नागरिकको विश्वास र भरोसा बढाउन सकिन्छ । मुलुकमा भएको राजनैतिक परिवर्तनसगैं चुलिएका नागरिकका अपेक्षा पूरा गर्न राजनैतिक नेतृत्वको योजना कार्यान्वयन गर्न निजामति प्रशासनको दरिलो साथ र सहयोग आवश्यक पर्छ । त्यसका निम्ति निजामति प्रशासनलाई चुस्त,छरितो र नागरिकमाझ अझै विश्वसनीय बनाउन राष्ट्रसेवक कर्मचारीवर्ग एकजुट भई अघि बढौं ।
निजामति सेवा दिवस—२०७६ को अवसरमा सबै निजामति कर्मचारी वर्गमा हार्दिक मंगलमय शुभकामना ।

≪ Previous Post

शँकरनगर खानेपानी संस्थाले छ लेन सडकमा सार्वजनिक शौचालय बनाउने

Next Post ≫

आजको राशिफल ( २२ भदौ २०७६ आइतवार )

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क