Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सडकको बारले पेट्रोलियम ब्यवसाय संचालनमा समस्या
बुटवलमा बजार अनुगमन : ७१२ रुपैयां प्रतिकिलोको जिरा मसला १३ सयमा विक्री

बुटवलमा बजार अनुगमन : ७१२...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता

प्रधानमन्त्री प्रचण्डको निर्देशन पछि पेट्रोलियम...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
तिलोत्तमामा ३५ औं झरना रनिङ शिल्ड फुटबल शुरु : उद्घाटन खेलमा सम्पूर्ण युवा क्लब विजयी

तिलोत्तमामा ३५ औं झरना रनिङ...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

सडकको बारले पेट्रोलियम ब्यवसाय संचालनमा समस्या

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0
सडकको बारले पेट्रोलियम ब्यवसाय संचालनमा समस्या
60
SHARES
ShareTweet

पम्पलाई खुला राख्ने वातावरण मिलाउन आयल निगमलाई आग्रह



भैरहवा, ९ भदौ । रुपन्देहीका पेट्रोलियम ब्यवसायीहरुले बुटवल भैरहवा ६ लेन सडक निर्माणसंगै सडक किनारामा लगाईएको बारले ब्यवसाय चौपट भएको गुनासो गरेका छन् ।
पम्पलाई छेक्ने गरी सडकको दुबै किनारामा फलामको बार लगाईएको छ, गाडीहरु छिर्ने ठाउँ छैन, गाडी नछिरे ईन्धन विक्री हुंदैन, ईन्धन बिक्री नभए ब्यवसाय चल्दैन भन्दै ब्यवसायीहरुले पम्प अगाडीको बार हटाएर पम्पलाई खुला राख्ने वातावरण मिलाउन आयल निगमलाई आग्रह गरेका छन् ।
पेट्रोलियम ब्यवसायी निगमका आधिकारिक विक्रेता भएको र राज्यले निर्धारण गरेका सबै मापदण्ड पुरा गरेर स्थापना भएका पेट्रोल, डिजल पम्पहरुलाई विस्थापित गर्नेगरी सडक विभागले लगाएको बार हटाउन आयल निगम र पेट्रोलियम डिलर्स एशोसिएसनले पहल गर्नुपर्नेमा ब्यवसायीहरुले जोड दिएका छन् ।
आर्थिक बर्ष २०७५÷७६ मा भएको पेट्रोलियम पदार्थको बिक्री बितरणको समिक्षा, २०७६÷७७ को रणनीति तर्जुमा तथा जिल्लागत ब्यवसायीहरुका समस्या बुझ्न र सुझाव संकलनका लागि आयल निगम र पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले सोमबार भैरहवामा आयोजना गरेको भेलामा सहभागि रुपन्देहीका पेट्रोलियम ब्यवसायीहरुले यस्तो आग्रह गरेका हुन् । यस अघि कपिलवस्तु र नवलपरासीमा अन्तरक्रियात्मक भेला सम्पन्न भैसकोको एशोसिएसनले जनाएको छ ।
पेट्रोलियम ब्यवसायीहरुले आयल निगम भलवारीले पेट्रोलियम पदार्थको आपुर्ति ब्यवस्थापनमा सहज र सरल वनाउन खेलेको भूमिकाको प्रशंसा गरेका छन् । ब्यक्तिको नियत राम्रो र काम गर्ने इक्षाशक्ति भए राम्रो काम गर्न सकिने रहेछ भन्ने उदाहरण निगमको वर्तमान नेतृत्वले देखाएको भन्दै ब्यवसायीहरुले वितरण प्रणालीमा भएको सुधारलाई निरन्तरता दिदै लसको मात्रालाई घटाउने तर्फ ध्यान दिन निगमको ध्यानाकर्षण गराएका छन् ।
विगतमा ईन्धन झार्न राती ११÷१२ बजेसम्म कुर्नुपर्ने वाध्यताको अन्त्य भई अहिले अपरान्ह ३÷४ बजे भित्रै तेल आएको छ भन्दै ब्यवसायीहरुले यसलाई अझ सहज र सरल वनाउन डिमाण्ड प्रक्रियालाई अनलाइन प्रणालीमा लैजान निगम संग आग्रह गरेका छन् ।
कार्यक्रममा नेपाल आयल निगम ५ नम्वर प्रदेश प्रादेशिक कार्यालय भलवारीका प्रमुख ईन्जिनियर सूरज शाहले निगमको मुख्य चुनौतीका रुपमा रहेको पेट्रोलियम पदार्थको पर्याप्त भण्डारण क्षमताको अभावका बावजुद ब्यवसायीहरुलाई सहज आपुर्तिको ब्यवस्थापनमा आफु र आफ्नो टिम लागिपरेको बताउनु भयो ।
निगमसँग पर्याप्त मात्रामा भण्डारण क्षमता नहुँदा समस्या आउने गरेको अवस्थालाई मध्येनजर गरेर छिटै पेट्रोलका लागि ५ वटा अण्डर ग्राउण्ड ट्याँकी राख्ने पहल भैरहेको भन्दै प्रमुख शाहले निगमको आन्तरिक समस्या समाधान गर्नेतर्फ पनि ध्यान केन्द्रित भएको जानकारी गराउनु भयो ।
इन्धन ढुवानीमा देखिएका विगतका अवरोधलाई परास्त गर्दै उपभोक्तामुखी ब्यवसायलाई मर्यादित, ब्यवस्थित र प्रतिस्पर्धात्मक बजारमा खरोरुपमा उतार्न ब्यवसायीको माग अनुसार ईन्धनको आपुर्ति ब्यवस्थापनलाई निरन्तरता दिन आफु र आफ्नो टिमले कुनै कसर बाँकी नराख्ने प्रमुख शाहले बताउनु भयो ।
निगमका प्रबन्धक शैलेन्द्र भुसालले आर्थिक बर्ष २०७५÷७६ मा भएको पेट्रोलियम पदार्थको बिक्री बितरणको अवस्था र आर्थिक बर्ष २०७६÷७७ मा ब्यवसायीहरुले दिएका सुझावका आधारमा पेट्रोलियम पदार्थको सहज आपुर्ति ब्यवस्थापनका लागि निगम लागिपर्ने बताउनु भयो ।
निगमको वितरण प्रणालीमा विगतमा भन्दा धेरै सुधार भएको बताउदै प्रबन्धक भुसालले ईन्धन नपाएर ब्यवसायीहरुले गुनासो गर्ने र निरास हुने अवस्था आउन नदिने प्रतिवद्धता जनाउनु भयो । निगम भित्र र ब्यवसायीका बिचमा रहेका समस्या समाधानका लागि हातेमालो गरेर अगाडी बढ्न निगम तयार रहेको उहांले बताउनु भयो ।


कार्यक्रममा एशोसिएसनका अध्यक्ष प्रेम न्यौपानेले जिल्ला जिल्लाका ब्यवसायीका समस्या बुझ्न, उनीहरुका सुझाव संकलन गर्न र सबै जिल्लामा निगमको नेतृत्व पुग्नुपर्छ भन्ने मान्यताले जिल्लागत भेलाको आयोजना गरिएको बताउनु भयो । उहांले पश्चिमाञ्चल पेट्र«ोलियम डिलर्स एशोसिएसनमा आवद्ध ८ जिल्लाका ब्यवसायीका समस्या र मागलाई समेटेर निष्कर्ष निकालिने र निष्कर्ष सहितको माग सम्बोधनका लागि केन्द्रमा पहल गरिने बताउनु भयो । उहांले ब्यवसायीले अहिले पाईरहेको कमिसन कम रहेकाले कमिसन बृद्धिका लागि एशोसिएसनको केन्द्रीय समितिले समिति नै वनाएर पहल गरेको जानकारी समेत गराउनु भयो ।
एशोसिएसनका रुपन्देही जिल्ला प्रतिनिधि प्रेम गैरेको अध्यक्षता र महासचिव हरिराम कशौधनको संचालनमा भएको भेलामा सहभागि ब्यवसायीहरुले बैंक ग्यारेण्टीको आधारमा ईन्धन उपलब्ध गराउन, ओभर टपिङ्गको ब्यवस्था गर्न, मूल्य समायोजन गर्दा समय निश्चित गर्न, खेती पातिको समयमा मर्चवार क्षेत्रमा ईन्धनको मात्रा बढाउन माग गरेका छन् ।
कार्यक्रममा एशोसिएसनका केन्द्रीय सदस्य चक्रपाणि आचार्य, पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनका बरिष्ठ उपाध्यक्ष हिमाल गैरे, पूर्व अध्यक्ष राजेन्द्र गुप्ता, एम के मिया, पूर्व बरिष्ठ उपाध्यक्ष अशोक गुरुङ्ग, उपाध्यक्ष योगेन्द्र गुप्ता, कोषाध्यक्ष बिशाल गैरे, सह कोषाध्यक्ष निरजनारायण श्रेष्ठ, भिष्मदेव भारी, अभिषेक भारी, रत्ना काउचा, पुर्व कोषाध्यक्ष एकलाख अहमद, अविनासचन्द्र जैसवाल, गौरिशँकर गुप्ता, महेन्द्र कार्कीलगायतले सबै ब्यवसायीका समस्या साझा भएकाले साझा रुपमै समाधान गर्न ब्यवसायी एकतामा जोड दिनुभएको थियो । उहांहरुले निगमको वितरण प्रणाली र गुणस्तरमा धेरै सुधार आएको भन्दै परिमाणलाई पनि चुस्त दुरुस्त राख्न ध्यान जानुपर्ने बताउनु भयो ।

≪ Previous Post

तेक्वान्दो महासंघका अध्यक्ष धमलालाई इन्टरनेसनल अवार्ड

Next Post ≫

आजको राशिफल ( १० भदौ २०७६ मंगलवार)

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क