Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ खेलकुद ≫ तेक्वान्दो महासंघका अध्यक्ष धमलालाई इन्टरनेसनल अवार्ड
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तेक्वान्दो महासंघका अध्यक्ष धमलालाई इन्टरनेसनल अवार्ड

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0
तेक्वान्दो महासंघका अध्यक्ष धमलालाई इन्टरनेसनल अवार्ड
60
SHARES
ShareTweet


बुल्गेरियावाट दिपक न्यौपाने

अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले नेपाल आइटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलालाई इन्टरनेसनल इस्ट्रक्टरको अवार्ड प्रदान गरेको छ ।
बुल्गेरियाको होटल ग्रान्डमा सोमबार सम्पन्न भब्य कार्यक्रमका बिच अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ आइटिएफको २७ औं कंग्रेसले धमलालाई अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।
आइटिएफ महासंघले विभिन्न राष्ट्रका पदाधिकारी तथा प्रशिक्षकबाट उत्कृष्ट ब्यक्तित्वलाई छनोट गरि आइटिएफ तेक्वान्दोमा उच्च योगदान गरेबापत प्रत्येक दुर्ई–दुई वर्षमा सम्मान गदै आएको छ ।
यस बर्ष भने एसिया प्रान्तबाट नेपालका धमलाले बाजी मारेका छन । आइटिएफमा निकै महत्वपूर्ण मानिने अवार्ड धमलालाई आइटिएफका अध्यक्ष रि योङ सुनले अवार्ड प्रदान गरेका हुन ।
२७ औं महाधिवेशनको अवसरमा सम्मान ग्रहण गरेपछि धमलाले खुसी ब्यक्त गर्दै यो अवार्ड आफ्नो लागि मात्र नभई समग्र नेपाली खेलकुद विकासको लागि महत्वपूर्ण रहेको बताए । उनले आफ्नो अनुभव, सीप र कौशललाई इमान्दार खेलकर्मीको हैसियतले खेलकुदको विकास र विस्तारमा समर्पित रहिरहने प्रतिवद्धता ब्यक्त गरेका छन् ।
‘मेरा लागि यो अवार्ड काम गर्न अझै उत्प्रेरित बनाउने माध्यम बनेको छ,’ धमलाले भने, ‘आगामी दिनमा नेपाली आइटिएफलाई अझै विकास गर्नका लागि नयाँ योजना बनाएर अगाडि बढ्नेछु ।’
एक समय आइटिएफ तेक्वान्दोका राष्ट्रिय खेलाडी हाल नेपालका अध्यक्ष तथा दक्षिण एसियाली आइटिएफका वरिष्ठ उपाध्यक्षसमेत हुन् । उनी करिब दुई दशकदेखि यो खेलमा सक्रिय छन् ।
वि सं २०५४ सालदेखि डब्लुटिएफ तेक्वान्दोबाट आफ्नो खेल करियर आरम्भ गरेका धमलाले पछि आइटिएफ खेलाडी हुँदा त्यसको नेतृत्व समालेका थिए । उनकै नेतृत्वमा २२ राष्ट्र सम्मिलित एसियन आइटिएफ तेक्वान्दो च्याम्पियनसिप नेपालमा सम्पन्न भएको थियो । धमलाले नेपालका विभिन्न जिल्लामा आइटिएफ तेक्वान्दो खेल विकास गर्न महत्वपूर्ण भूमिका समेत खेलेका छन् ।
साथै दुर्गम क्षेत्रबाट खेलाडीलाई अन्तर्राष्ट्रिय सहभागिताका लागि प्रोत्साहन गर्दै आइरहेका छन् । त्यसैले उनको सोही योगदानलाई कदर गर्दै दुई वर्ष अगाडि बुल्गेरियामा सम्पन्न विश्व आइटिएफको अधिवेशनमा उनलाई उच्च सम्मान गर्दै मेडल र प्रमाणपत्र प्रदान गरेको थियो । त्यसपछि उनी विश्व आइटिएफका साथै दक्षिण एसियाली राष्ट्रमा राम्रो छबि बनाउन सफल भए ।
जसको कारणले उनी दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघको वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएका थिए । बुल्गेरियामा सोमबार सम्पन्न कंग्रेसले आगामी २२औं विश्व च्याम्पियनसिपमा २०२१ मा चीनमा गर्ने निर्णयसमेत गरेको छ । २०२३ को विश्व च्याम्पियनसिप भने इटालीले मतदानमार्पmत पाएको छ । जसमा भारत पराजित भएको थियो । सम्मेलनमा ८४ राष्ट्रका प्रतीनिधिहरुको सहभागीत रहेको थियो । सोही दौरान बुल्गेरियामा अगस्ट ३१ सम्म सञ्चालन हुने २१ औं संस्करणको विश्व च्याम्पियनसिपमा नेपालका १४ खेलाडीले प्रतिस्पर्धासमेत गर्दैछन् ।

≪ Previous Post

पाँच लाख धरौटी बुझाएर रवि लामिछाने रिहा

Next Post ≫

सडकको बारले पेट्रोलियम ब्यवसाय संचालनमा समस्या

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क