Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ पाँच लाख धरौटी बुझाएर रवि लामिछाने रिहा
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाँच लाख धरौटी बुझाएर रवि लामिछाने रिहा

संसारपोस्ट संवाददाता · ९ भाद्र २०७६ · 0
पाँच लाख धरौटी बुझाएर रवि लामिछाने रिहा
70
SHARES
ShareTweet


चितवन, ९ भदौ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेसहित ३ जना रिहा भएका छन् । उनीहरुलाई चितवन जिल्ला अदालतले सोमबार धरौटीमा छाड्न आदेश दिएको हो ।
जिल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता कार्की (रुकु) लाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।
अदालतको आदेशपछि अदालतले तोकेको धरौटी रकम बुझाएर लामिछाने र कँडेल सोमबार नै रिहा भएका हुन् । रवि र युवराजले अब धरौटीमा बसेर मुद्दाको पुर्पक्ष गर्नेछन् ।
पत्रकार शालिकराम पुडासैनीको आत्महत्याका लागि दुरुत्साहन गरेको अभियोगमा रविसहित तीनैजनालाई चितवन र काठमाडौं प्रहरीको संयुक्त टोलीले गएको साउन ३० गते काठमाडौंबाट पक्राउ गरेको थियो ।
पत्रकार पुडासैनीले आत्महत्याअघि अस्मिता, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेलमाथि प्रहरीले १० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।
पुडासैनीले भिडियोमा कार्की, लामिछाने र कँडेलले आफूलाई फसाउन खोजेकाले आत्महत्याका लागि विवश बनाएको बताएका छन् । उनी साउन २० गते चितवनको होटल कांगारुमा आत्महत्या गरेको अवस्थामा फेला परेका थिए । टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछाने पक्राउ परेदेखि नै उनका समर्थकले चितवनमा प्रदर्शन जारी राखेका थिए । प्रदर्शनकै क्रममा भएका झडपमा केही घाइते भएका थिए । सोमबार पनि प्रदर्शन र झडप हुनसक्ने सम्भावनालाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय, चितवनले चार किल्ला तोकेर निषेधाज्ञा जारी गरेको थियो ।

≪ Previous Post

बुटवलमा स्नातक तहमा कानुन विषय पढाई हुने

Next Post ≫

तेक्वान्दो महासंघका अध्यक्ष धमलालाई इन्टरनेसनल अवार्ड

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क